×

NMB BANK
NIC ASIA

सल्यानीलाई सरकारसँग आशैआश, पिउने पानीका लागि मुहानमै बास !

मंसिर २३, २०७५

NTC
Premier Steels

सुर्खेतसल्यान जिल्लाको वनगाड कुपिण्डे नगरपालिका वडा नं. ३ का बासिन्दा पिउने पानीको चरम अभाव झेलिरहेका छन् । उक्त वडाका खानीगाउँ, मेल्टाकुरा, किम्टाकुरा र खेतगाराका बासिन्दा पानीको अभावमा कष्टकर जीवन व्यतित गरिरहेका हुन् ।

Muktinath Bank

यस क्षेत्रमा १२० भन्दा बढी घरधुरी छन् । घरमा पालेका गाईबस्तुलाई पानीको जोहो गर्न त परै जाओस्, पिउने पानी समेत पाउन सकेका छैनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जताततै सुख्खा मात्र छ । खानेपानी समस्या भएको सबै नेतालाई थाहा छ, तर कसैले पनि समस्या समाधानका लागि पहल नगरेको स्थानीयको गुनासो छ । 


Advertisment
Nabil box
Kumari

खेतगाराका स्थानीय नहकुल बुढाले लोकान्तरसँग भने, ‘कसैले खानेपानीको योजना पारिदिए हामीलाई सहज हुने थियो ।’ 

Vianet communication

‘न तरकारी खेती गर्न सकिन्छ, न त बस्तुभाउ पाल्न नै,’ उनले थपे, ‘सुख्खा भएका कारण दुई घण्टा भन्दा बढी समय पानी लिन जान आउन र लाइनमा बस्नमै बित्छ ।’

बुढाका अनुसार उक्त गाउँमा २०३८ मा इन्सेकको सहयोगमा १० किलोमिटर टाढा बाँझकोटबाट पानी ल्याइएको थियो । उक्त स्थानमा पानीको मुहान सुकेका कारण विगत केही वर्षदेखि पानीको चरम अभाव छ । तर गाउँको मुनिबाट अवलबेसीको मुलाखोला बगिरहेको छ । स्थानीयहरू खोलामा बगेको पानी हेर्दै खानेपानीका पोखरीमा लाइन लाग्छन् ।

'कहिलेकाहीँ त दुई घण्टापछि मात्रै पानी भर्ने पालो आउँछ,' स्थानीय रमिता पुनले भनिन्, हामीलाई अन्य सुविधा भन्दापनि खानेपानी ल्याइदिए  जयजयकार गर्ने थियौं ।’

उनले कहिलेकाहीँ त मुहानमा पालो नआएर मुहानमा बास नै बस्नुपरेको बताइन् । म नै कतिपटक वैशाखको महिनामा खानेपानी लिन जाँदा मुहानमै बसेको छु राति १२ बजेसम्म । उनले भनिन्, तर अब प्रदेश सरकार आएको छ । सरकारले खानेपानीको समस्या समाधान गर्न सहयोग गर्ला भन्ने आशा मनमा छ ।

‘गाउँमा पानी नभएपछि किसानले तरकारी खेती पनि गर्दैनन् । उनीहरू चाहेजति बस्तुभाउ पनि पाल्दैनन्,’ रमिताले भनिन्, भैंसीलाई पानी खुवाउन सकिँदैन । तैपनि एक भैसी पालेकै छौं ।’

वडाध्यक्ष टेकबहादुर पुनले अब तत्काल खानेपानी समस्याको समाधानका लागि प्रदेश सरकार वा अन्य संस्थासँग कुराकानी गर्ने बताए । 

‘नगरपालिकासँग स्रोत छैन,’ उनले भने, मैले अन्य संस्थासँग कुरा गरेको छैन । तर अब भोलिदेखि नै खानेपानी समस्या समाधानका लागि सबैसँग कुराकानी गर्छु । ’

उनले गाउँमा सोलारबाट पानी लिफ्ट गर्ने योजना सुनाए ।

‘हामीले त्यहाँको खानेपानी समस्या समाधान गर्न नजिकै रहेको खोलाबाट पानी लिफ्ट गर्ने योजना बनाएका छौं,’ वडाअध्यक्ष पुनले भने, ‘बिजुली पुग्न अझै एक वर्ष लाग्ने भएका कारण सोलारमा कसैले सहयोग गरिदिए चाँडै वडाका जनताले खानेपानी पाउने थिए । त्यसका लागि प्रदेश सरकारसँग सहयोग गर्न आग्रह गर्नेछु ।’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x