माघ १५, २०८०
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
नेपाली कांग्रेसमा पछिल्लो सयम हिन्दू राष्ट्रको मुद्दा पेचिलो बन्दै जान थालेको छ । कांग्रेसमा हिन्दू राष्ट्रको मुद्दा पेचिलो बन्दै गइरहेको तथ्य कांग्रेस महामन्त्री डा शंशाक कोइरालाले सार्वजनिक समारोहमा व्यक्त गरेको अभिव्क्तिबाट पनि प्रष्ट हुन्छ । उनले सार्वजनिक कार्यक्रमहरुमा नै हिन्दू राष्ट्रको पक्षमा खुलेर अभिव्यक्ति दिएका छन् ।
महामन्त्री डा. कोइरालाले सोमबार भरतपुरमा गणेश धामनिर्माणर्थ आयोजित बृहत महायज्ञमा बोल्दै नेपाल हिन्दूराष्ट्र हुनुपर्ने बताएका छन् । उनले यसका लागि जनमत संग्रह गर्नुपर्ने उल्लखे गरेका छन् ।
संविधान विपरित हिन्दूराष्ट्र पुनस्थापनाको कुरा गरेको भन्दै केन्द्रीय समितिको बैठकमा महामन्त्री कोइरालाको आलोचना पनि भयो । तर पनि उनले संविधानबाट धर्मनिरपेक्ष शब्द हटाउनु पर्ने र हिन्दूराष्ट्र कायम गर्नुपर्ने आवाज उठाउन छाडेका छैनन् । आगामी महाधिवेशनमा पार्टी सभापतिका लागि उम्मेदवारी दिने संकेत गरेका कोइरालाले हिन्दूधर्मको पक्षमा लिएको अडानलाई राजनीतिक रुपमा निकै अर्थपूर्ण रुपमा लिइएको छ ।
काग्रेस भित्र हिन्दूराष्ट्रको मुद्दा उठाउने व्यक्ति महामन्त्री कोइराला मात्र होइनन् । पार्टीका स्वर्गीय नेता खुमबहादुर खड्काको निधन पछि सार्वजनिक समारोहदेखि पार्टीको केन्द्रीय कार्यसमिति सम्म सशक्त ढंगले आवाज उठाउने पार्टीका केन्द्रीय सदस्य एवं पूर्व मन्त्रीशंकर भण्डारी पनि रहेका छन् । सार्वजनिक समारोह होस् या पार्टीका केन्द्रीय कार्य समिति बैठक, पूर्वमन्त्री भण्डारीले नेपाललाई हिन्दूराष्ट्र घोषणा नगर्ने हो भने मुलकको अस्तित्व नै खतरामा पर्ने तर्क अगाडि सार्दे आइरहेका छन् ।
नेपाललाई हिन्दूराष्ट्र नबनाउने सनातनदेखि चलिआएको नेपाली धर्म,सस्कृति र रीति रिवाजमाथि ठूलो प्रहार हुने र अन्ततः नेपाली राष्ट्रियता माथि नै प्रहार हुने पूर्व मन्त्री भण्डारीको तर्क छ । त्यसमा पनि पछिल्लो समय त हिन्दू धर्मलाई सिध्याउनका लागि सरकार समेत मतियार बनेको पूर्वमन्त्री भण्डारीको ठम्याई रहेको छ । त्यसकारण हिन्दु धर्मको मुद्दालाई काग्रेसले आगामी महासमिति बैठकमा कुनै पनिहालतमा व्यूताउँनुपर्ने भण्डारीको तर्क रहेको छ ।
हिन्दू धर्मको मुद्दाको विषयमा पार्टीका महामन्त्री कोइराला,केन्द्रीय सदस्यएवं पूर्वमन्त्री भण्डारीले मात्र होइन अन्य नेता कार्यकर्ताहरुले पनि नेपाली कांग्रेसले हिन्दूत्वको मुद्दा उठाउनुपर्ने बताउने गरेका छन् ।
नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने आवाज सशक्त ढंगले उठाउने महामन्त्री कोइराला, भण्डारीमात्र होइनन् । कयौं नेता कार्यकर्ताले नेपाललाई हिन्दूराष्ट्र बनाउनु पर्ने मत राख्छन् तर खुलेर बोल्न सक्ने अवस्थामा भने उनीहरु देखिएका छैनन् ।
नेपाली कांग्रेसकै शीर्ष नेताहरुको हकमा हेर्ने हो भने काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले केही समय अगाडि छिमेकी भारतको प्रसिद्ध हिन्दु धर्मसँग सम्बन्धित धार्मिक स्थलहरुको यात्रा गरेका छन् । त्यहाँ उने पूजाअर्चनादेखि धार्मिक अुनष्ठानहरु गरेका छन् ।
यद्यपी वरिष्ठ नेता पौडेलले हिन्दू राष्ट्रको पक्षमा खुलेर अभिव्यक्ति भने सार्वजनिक गरेका छैनन् ।
तै पनि हिन्दु धर्मसँग सम्बन्धित धार्मिक स्थल र हिन्दु धर्म गुरुहरुसंगको भेटघाटबाट के स्पष्ट हुन्छ भने वरिष्ठ नेता पौडेल पनि नेपाललाई हिन्दूराष्ट्र बनाउनु पर्छ भन्ने मानसकितामा छन् । तर त्रासका कारण नेत ापौडेलले हिन्दूराष्ट्रको पक्षमा खुलेका छैनन् ।
काग्रेसका सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेता पौडेल लगायतका नेता तथा कार्यकर्ताहरु नेपाललाई हिन्दूराष्ट्र बनाउन पर्छ भन्ने अवस्थामा केही समयभित्र आउने छन् । त्यसपछि हिन्दूराष्ट्रको पक्षमा माहोल बनाउन नेपाली कांग्रेसले सडकमा आन्दोलनको नेतृत्व प्रदान गर्नेछ ।
हिन्दूधर्म र नेपाली राजनीतिको पाटोलाई नजिकबाट नियालेर हेर्ने हो भने विगतदेखि नै हिन्दूधर्मको मुद्दालाई कमल थापा नेतृत्वको राप्रपा नेपालले उठाइरहेको छ । जुन मुद्दा काग्रेसले उठाउँदै गर्दा काग्रेस राप्रपा नेपालको पिछलग्गु भएको जस्तो देखिन्छ । जसका कारण यो मुद्दालाई कांग्रेसको शीर्ष नेतृत्वले सशक्त ढंगले उठाउन डराइरहेको अवस्था छ ।
शुक्रवार देखि कांग्रेसको महासमिति बैठक बस्दैँछ । काग्रेसको महासमिति बैठकमा यो मुद्दा पेचिलो मुद्दा बन्ने धेरैको अनुमान छ । नेपाललाई हिन्दूराष्ट्र बनाउनु पर्छ भनि कांग्रेस महामन्त्री डा. कोइरालाले उठाएको मुद्दाले काग्रेसको महासमिति बैठकमा कुन स्थान पाउँछ त्यो थाहा पाउनलाई महासमिति बैठकलाई नै कुर्नु पर्ने छ ।
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...