मंसिर १५, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
काठमाडौं–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा देखिएको संकटलाई सामना गर्नका लागि एकता गर्नुपर्ने बताएका छन् ।
आजबाट राजधानीमा शुरु भएको नेपाली कांग्रेसको महासमिति बैठकको उद्घाटनसत्रमा आफ्ना धारणा राख्दै वरिष्ठ नेता पौडेलले रियालिस्टिक बनेर एकता गर्नुपर्ने, इस्यु र कार्यशैलीमा एकता गर्नुपर्ने बताए ।
भाषण गर्ने अधिकांश नेताले सभापति शेरबहादुर देउवा र पौडेल एक भएर अघि बढ्नुपर्ने बताएका थिए । त्यसको जवाफमा नेता पौडेलले भने,‘किन नहुने हामी भर्खरै जुँगाको रेखी बसेको बेलामा जेलका कालकोठारीहरुमा सँगसँगै एउटै दुख भोगेका एउटै लक्ष्य लिएर हिँडेका, सँगै जवानी दिएका व्यक्तिहरुका बीचमा एकता किन नहुने मेल किन नहुने ? ’
उनले यसो भनिरहँदा महासमितिमा भागलिन आएका प्रतिनिधिले ताली पिटेका थिए । लगत्तै नेता पौडेलले भने,‘तपाईहरु सबैले उठेर भन्दै गर्दा मैले पत्याइरहेको थिइन म तपाईहरुलाई नै प्रश्न गर्छु, यहाँ बाट फर्केर जिल्लामा जाँदा तपाईहरु एक हुनुहुन्छ कि हुन्न ? जिल्लामा जाँदा छिर्केदाउ चल्ने हो कि होइन ।’
आफूले यस्ता कुराहरु धेरै पटक भोगेको भन्दै नेता पौडेलले भने,‘यस्तो कुरा धेरै चोटि भोगेको छु म भुक्त भोगि मान्छे हुँ तर म अगुल्टोले हानेको कुकुर विजुली देखि तर्सन्छ भने जस्तो किसुनजी र गणेशमान, गिरिजाहरुले पोखरामा हात मिलाउनु भयो, मैले भने तपाइहरुले हात मिलाउने काठमाडौमा पुगेपछि के गर्ने भने नभन्दै यत्रो दुर्घटना भए ।’
पौडेलले भने,‘ त्यसैले म भन्छु रियालिस्टिक बनेर एकता गरौं इस्युमा एकता गरौं कार्यर्शैली, पार्टी मजबुद बनाउन के के गर्ने भन्ने कुरामा एकता गरौं, अब नेपाली कांग्रेस को संकटलाई सामना गर्नका लागि एकता गरौं ।’
उनले आगामी चुनावको सामना गर्नका लागि कांग्रेसलाई मजबुद बनाउनुपर्ने बताए ।
चुनावको हारलाई जीतमा परिणत गर्नुपर्ने भएकाले त्यसमै कांग्रेस केन्द्रीत हुनुपर्ने उनको भनाइ थियो ।
पार्टी भित्रका सबै कुरा मिलाएर एकमत भएर सम्पूर्ण एकतावद्ध भएर गाउँगाउँमा पुग्नु अहिलेको आवश्यकता भएको नेता पौडेलले बताए ।
‘हामीले हचुवाको भरमा उम्मेदवारी दियौं जनतामा को भिजेको छ त्यसको हिसावकिताव हुनसक्यो कि सकेन ? आफ्ना मान्छेलाई टेलिफोन गरेर टिकट बाँड्ने काम भयो अब यो चल्दैन यसरी कम्युनिष्टसँग सामना गर्न सकिँदैन’ नेता पौडेलले भने ।
आगामी दिनमा क्यालेन्डर बनाएर अघि बढ्नुपर्ने पौडेलको भनाइ थियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...