×

NMB BANK
NIC ASIA

रामपुर उपत्यकामा प्याराग्लाइडिङ

माघ १, २०७५

NTC
Premier Steels

बेझाड- पाल्पाको रामपुरमा प्याराग्लाइडिङको सफल उडान गरिएको छ । प्याराग्लाइडिङले प्रचुर सम्भावना बोकेको रामपुर नगरपालिका–७ स्थित बाहुनडाँडामा सोमबार सफल परीक्षण उडान गरिएको हो । 

रामपुर नगरपालिका–७ को बाहुनडाँडा र पूर्वखोला गाउँपालिका–१ सिलुवाको लोस्दीबाट परीक्षणका रुपमा १६ प्याराग्लाइडिङ उडान गरिएको थियो । पहिलो उडान बााहुनडाँडाबाट थालेर किसानबारी खेलमैदानमा अवतरण गराइएको थियो । दोस्रो उडान सिलुवाको लोस्दीबाट थालेर मटेरी ठूलोटारमा अवतरण गराइएको थियो । गिनिज बुकमा नाम रेकर्ड गर्न सफल सानुबाबु सुनुवारको नेतृत्वमा प्याराग्लाइडिङ उडान गरिएको हो । 

“रामपुर प्याराग्लाइडिङका लागि अत्यन्तै सम्भावना बोकेको ठाउँ छ,” उहाँले भन्नुभयो । छब्बीस जिल्लामा प्याराग्लाइडिङ उडान गरिसकेका सुनुवारले नयाँ ठाउँ खोजी गर्ने क्रममा बाहुनडाँडा र सिलुवाको लोस्दीलाई छनोट गरिएको बताउनुभयो । “यहाँ एक हजार २६६ मिटर उडेर लगभग तीन हजार मिटर माथिसम्म जान सकिने सम्भावना छ,” उहाँले भन्नुभयो, “यहाँबाट उडेर तराई र हिमालको काखसम्म पुग्न सक्ने सम्भावना छ ।” 

रामपुर नगरपालिका क्षेत्रलाई प्याराग्लाइडिङको हबका रुपमा चिनाउन अभियान थालिने नगर प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ । “पूर्वाधार विकास गरी रामपुरलाई पर्यटन प्रवद्र्धनका लागि प्याराग्लाइडिङ उडान सेवा सञ्चालन गर्नयोग्य बनाउँछौँ, नगरपालिकाले प्रक्रिया अगाडि बढाउँदैछ”, उहाँले भन्नुभयो । उहाँ आफैँले प्याराग्लाइडिङमा यात्रा गरेपछि ध्यान केन्द्रित भएको बताउनुभयो । नागबेली आकारमा बगेको कालीगण्डकी, हरियाली डाँडाकाँडा, सुन्दर रामपुर उपत्यका, उत्तरतर्फ टल्केका हिमालको दृश्यसँगै प्याराग्लाइडिङमा यात्रा गर्दा निकै रमाइलो भएको पहिलो प्याराग्लाइडिङका यात्रु रामपुर नगरपालिका–६ का सीताराम आचार्यले बताउनुभयो । 

रामपुरमा प्याराग्लाइडिङको सफल उडानपछि रामपुरवासी खुशि भएका छन् । प्याराग्लाइडिङ उडानकै कारण गाउँको विकास हुने उनीहरुको आशा छ । विकास निर्माण नहँुदा यहाँ बसाइँसराइका कारण बस्ती पातलिँदै गएको छ । अब छिट्टैनै प्याराग्लाइडिङ सञ्चालनको काम अगाडि बढाउन थालेपछि पुनःबस्ती भरिने वडा नं ७ का वडाध्यक्ष तीर्थप्रसाद पँगेनी बताउनुहुन्छ । दुई वर्ष अघि राष्ट्रिय समाचार समितिमा ‘प्याराग्लाइडिङको प्रचुर सम्भावना बोक्दै बाहुनडाँडा क्षेत्र’ समाचार प्रकाशित भएपछि यसबारे खोजीनीति गरिएको हो ।

Muktinath Bank

सरकारीस्तरको टोलीले यहााको अध्ययन अवलोकन गरी प्याराग्लाइडिङका रुपमा विकास गर्न सकिने भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको थियो । दोस्रो रामपुर महोत्सवमा सोमबार दिनभर सबैको ध्यान प्याराग्लाइडिङले आकर्षित गरेको थियो । रामपुरको पर्यटकीय विकासमा टेवा पु¥याउनका निम्ति मेलाका अवसरमा प्याराग्लाइडिङ भित्र्याइएको रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले बताउनुभयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x