×

NMB BANK
NIC ASIA

वैदेशिक लगानी भित्र्याउन सरकार तल्लीन, दशकयताकै बाक्लो हिमपात

माघ ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी मैत्री ऐन कानून जारी भएको भन्दै अन्तर्राष्ट्रिय लगानीका निम्ति आह्वान गर्नु भएको छ । विश्व आर्थिक मञ्चको ४९औं वार्षिक बैठकअन्तर्गत स्विट्जरल्यान्डको डावोसमा जारी ‘दक्षिण एसियाको रणनीतिक दृष्टिकोण’ विषयक छलफलमा बोल्दै ओलीले सरकार राजनीतिक स्थायित्व एवं नीतिगत स्पष्टतासहित वैदेशिक लगानी भित्र्याउन तल्लीन रहेको उल्लेख गर्नु भयो ।

Muktinath Bank

प्रधानमन्त्री ओलीले नेपालको सामाजिक आर्थिक रुपान्तरणका निम्ति वर्तमान सरकारले आफ्ना सम्पूर्ण प्रयास केन्द्रित गरेको बताउनुभयो । प्रधानमन्त्री ओलीले भविष्यका पुस्ताप्रति सन्तुलित, सचेत र जिम्मेवारपूर्ण विकासका प्रयास गरिरहेको बताउँदै राजनीतिक स्थायित्व एवं नीतिगत स्पष्टतासहित वैदेशिक लगानी भित्र्याउन तल्लीन रहेको उल्लेख गर्नुभयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उहाँले नेपालले भारत तथा चीनसँग जलमार्ग तथा रेल सञ्जाल स्थापना गर्न प्रयास गरिरहेको उल्लेख गर्दै दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का अध्यक्षका हैसियतले छिमेकीसँग मैत्रीपूर्ण सम्बन्ध कायम गरेको बताउनुभयो । 


Advertisment
Nabil box
Kumari

ओलीले क्षेत्रीय सहयोग र व्यापार विस्तारमा नेपालले सक्रिय भूमिका निर्वाह गरिरहेको पनि बताउनुभयो । देशको आर्थिक विकासमा सार्वजनिक–निजी साझेदारी महत्वपूर्ण हुने वास्तविकतालाई दृष्टिगत गरी सरकारले दुवै क्षेत्रलाई उच्च महत्व दिएको प्रधानमन्त्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “युवालाई रोजगारी सृजनाका लागि व्यावसायिक प्रशिक्षण र बालबालिकालाई  औपचारिक शिक्षामा सहभागी गराइएको छ ।” 

Vianet communication
Laxmi Bank

संसद्को तेस्रो बैठक सूचना टाँसेर स्थगित
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गर्ने चेतावनी दिएपछि मंगलवार बस्ने भएिको प्रतिनिधि सभाको तेस्रो बैठक सूचना टाँसेर स्थगित भएको छ । १५ मिनेटपछि बस्ने भनेर स्थगित भएको तेस्रो बैठक ‘विशेष कारणवश’ माघ ११ गते १ बजेसम्मको लागि स्थगित गरिएको संघीय संसद् सचिवालयका महासचिव मनोहर भट्टराइले जनाएका छन् । 

त्यसअघि मंगलवार दिउँसो बसेका दुईवटा बैठकमा सभामुख कृष्णबहादुर महराले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई पारित गर्ने प्रक्रियामा लगेपछि कांग्रेसले हंगामा गरेको थियो । दिउँसो बसेको दोस्रो बैठकमा सभामुख महराले शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई विधेयकमाथि छलफल गरिसोय् भनी प्रस्ताव पेश गर्न अनुमति दिएपछि कांग्रेस आक्रोशित भएको थियो । 

रोष्टमतर्फ जाँदै गरेका मन्त्रीलाई कांग्रेस सांसदले घेराबन्दी गरेपछि सभामुख महराले दोस्रो बैठक पनि १५ मिनेटका लागि स्थगित गरेका थिए । प्रतिपक्षलाई पेलेर विधेयक पारित गर्न खोजिए अप्रिय स्थिति आउने भन्दै कांग्रेसले चेतावनी दिएपछि संसद् बैठक सूचना टाँसेर स्थगित गरिएको हो । 

आफ्नो पार्टीका नेताका नाममा रहेका अस्पताललाई सरकारले खारेजीतर्फ लैजाने षड्यन्त्र गरेको आरोप लगाउँदै कांग्रेसले सदनमा अवरोध गरेको हो । नेताको नाममा खोलिएका अस्पताललाई केन्द्र सरकार मातहत ल्याउन दबाब दिएपनि विधेयक पारित गर्न नदिने कांग्रेसको रणनीति थियो ।

दशकयताकै बाक्लो हिमपात
सुदूरपश्चिमका पहाडी जिल्लामा सोमबार रातिदेखि बाक्लो हिमपात भएको छ । बझाङ, बाजुरा, डोटी, डडेलधुरा, बैतडी र दार्चुलाका उच्च लेकाली भेकमा हिमपात भएको छ । 
तराईका जिल्लामा भने वर्षा भएपछि किसान खुसी भएका छन् । दार्चुलामा व्यास र अपिहिमाल गाउँपालिकाका सबै क्षेत्र बाक्लो हिमपातले मंगलबार सेताम्मे भए । डडेलधुराका उच्च लेकाली भेगमा एक दशकपछि बाक्लो हिमपात भएको छ । सोमबार रातिदेखि डडेलधुरा र बैतडीका उच्च भेगमा भएको हिमपातले जनजीवन प्रभावित भएको छ । 

हिमपातले भीमदत्त राजमार्गका विभिन्न सडक खण्डमा यातायात प्रभावित भएको छ । हिमपातका कारण हिउँदे बाली सप्रिने भएकाले कृषकहरू भने खुसी छन् । लेकाली क्षेत्रमा हुने आलु खेतीका लागि हिमपातले फाइदा गर्छ । 

बझाङमा भएको हिमपातले सडक यातायात अवरुद्ध भएको छ । यात्रु बाटोमा फसिरहेका र चिसोले उनीहरूलाई समस्या भएको छ । नजिकै खानेकुरा पाउने पसल पनि छैन । भोक र चिसोले समस्या भएको छ । जिल्ला प्रशासन कार्यालय बझाङ र बैतडीले पनि सडक खोल्न प्रयास गरिरहेको जनाएको छ । 

हिमपातले बझाङ र बैतडीमा लेकाली भेगको जनजीवन प्रभावित भएको छ । यहाँका १३० बढी विद्यालय र दर्जनौं सरकारी कार्यालय बन्द छन् । चिसोले सर्वसाधारण घरबाहिर निस्कन सकिरहेका छैनन् । ‘पशुबस्तुलाई आहारा जुटाउन निकै गाह्रो भइरहेको छ,’ कैलाश गाउँपालिकाका कृष्ण कामीले भने, ‘चरन क्षेत्र बाक्लो हिमपातले ढाकिएका छन्।  
पश्चिम तराईमा वर्षा पश्चिम तराईमा लामो समयपछि वर्षा भएको छ । कैलाली र कञ्चनपुरमा सोमबार रातिदेखि वर्षा भएको हो। आकाशे पानीका भरमा खेतीपाती गर्ने किसानलाई हिउँदे वर्षाले खुसी बनाएको छ ।, कान्तिपुरमा खबर छ ।

पाँच नियमावली संशोधन गर्दै बोर्ड 
नेपाल धितोपत्र बोर्डले विभिन्न पाँच नियमावली संशोधनको प्रक्रिया अगाडि बढाएको छ । बोर्डले ‘धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०७५’, ‘धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४’, ‘सामूहिक लगानी कोष नियमावली, २०६७’ संशोधनको प्रक्रिया अगाडि बढाएको छ । यस्तै ‘क्रेडिट रेटिङ निमायवली, २०६८’ र धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३’ लाई संशोधन प्रक्रिया अगाडि बढाएको छ । 
        
समितिले यही माघ १८ गतेभित्र आवश्यक रायसल्लाह, सुझाव उपलब्ध गराउन सरोकार भएका सबैलाई आग्रह गरेको छ । धितोपत्र बजारलाई थप व्यावसायिक, पारदर्शी, मर्यादित बनाउने लक्ष्यका साथ ती नियमावली संशोधनको प्रक्रिया अगाडि बढाइएको बोर्डले आज जारी गरेको सूचनामा उल्लेख छ । 

चट्याङबाट दुईको मृत्यु
डडेल्धुराका फरक÷फरक स्थानमा चट्याङ लागेर मंगलबार दुईजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा गन्याधुरा गाउँपालिका–५ गनेडा गाउँकी १२ वर्षीया रोशनी देउवा र आलिताल गाउँपालिका–३ बागथलाका ३० वर्षीय हर्कबहादुर थापा रहेका छन् ।

भुवनेश्वरी माविमा पढिरहेको अवस्थामा एक्कासि चट्याङ लागेर रोशनी गम्भीर घाइते भएकी थिइन् । यसैबीच आलिताल गाउँपालिका–५ भित्रीसैनमा पनि चट्याङ लागेर चारजना घाइते भएका छन् । 

प्रहरीको गोली लागेर घाइते
काठमाडौँको गोङ्गबुस्थित मित्रपार्कमा प्रहरीको गोली लागेर एक व्यक्ति घाइते भएका छन् । होटल लकको कोठा नम्बर १०४ मा शङ्कास्पद व्यक्ति रहेको भन्ने सूचनाको आधारमा प्रहरी परिसर काठमाडाैंबाट खटिएको टोलीलाई नै पेस्तोल ताकेपछि प्रहरीले चलाएको गोली लागेर काभ्रेका अविलास तामाङ घाइते भएको परिसरका प्रमुख वसन्त लामाले जानकारी दिए ।

उनका अनुसार उनको साथबाट एक थान चिनीया पेस्तोल र छ राउण्ड गोली बरामद गरिएको छ । खुट्टामा गोली लागेका उनलाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । 

नार्क छोड्दै कृषि वैज्ञानिक 
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) स्थापना भएदेखि अहिलेसम्म ३५ जना कृषि वैज्ञानिकले राजीनामा दिएका छन् । नार्क छाड्नेमा सबैभन्दा बढी कृषि वैज्ञानिक रहेको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले जानकारी दिए ।

उनका अनुसार कृषि वैज्ञानिकले स्वदेश र विदेश दुबैतिर राम्रो तलब र सुविधा पाउँदा नार्क छाड्ने गरेका छन् । यहाँ कार्यरतमध्ये धेरै कर्मचारी वैदेशिक अध्ययनका लागि विभिन्न देशमा जाने गरेको उनले बताए ।

एन्फा अनियमितताको छानबिन गर्न समिति गठन
युवा तथा खेलकूद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा भएको आर्थिक अनियमितताको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले एन्फामा भएको आर्थिक अनियमितताको विषयमा छानबिन गर्न मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेको संयोजकत्वमा उपसचिव समन्तमणि आचार्य र सङ्घसंस्था विभाग प्रमुख डेमबहादुर बस्नेत सदस्य रहेको सो समित गठन गरिएको मन्त्री विश्वकर्माका स्वकीय सचिव सुशील विकेले बताए ।

एन्फा निर्वाचनमा आर्थिक अनियमितता र भ्रष्टाचार भएको विषय सार्वजनिक रूपमा उठेपछि खेलकूद मन्त्रालयले समिति गठन गरेको हो । एन्फाले यसअघि पत्रकार सम्मेलन गर्दै आफूमाथि लागेका सबै आरोप निराधार भएको बताउँदै आएको छ । काठमाडौँ, भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल सङ्घका अध्यक्षले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा अनियमितता भएको भन्दै उजुरी दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोबारे छानबिन गर्न मन्त्रालयलेलाई पत्राचारसमेत गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x