×

NMB BANK
NIC ASIA

जब चराहरूले भलाकुसारी गर्दै सुखदु:ख बाँडे ....

माघ २०, २०७५

NTC
Premier Steels

काठमाडौं – दशै दिशाबाट आएका चराको माझमा उभिएर फाप्रे चरोले भन्यो, “मेरा प्याराप्यारा चराहरू, म अघोर चिन्तामा डुबेको छु, जता पायो उतै झै­झगडा बाहेक केही देखिँदैन, एक टुक्रा जमीनका लागि काटाकाट छ, दुई चार दाना अन्नका लागि भीषण युद्ध गर्छन्, यस्तो चालाले कसरी चल्छ ?” 

Muktinath Bank

मग्न भएर चराहरूले फाप्रेका कुरा सुन्दै गए । “मैले कयौँ साल जलथलमा सबैतिर यात्रा गरेँ, अनगिन्ती रहस्य थाहा पाएँ, थाहा छ तिमीहरूलाई ? हाम्रा एक राजा रहेछन् नि !” 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुगाले आश्चर्य प्रकट गर्‍यो, “राजा राजा ।” सबै चरा चिरबिर गर्न थाले । “हो, हामीले उनलाई खोज्नै पर्छ, नत्र हामी सबैको नाश हुनेछ, हाप्रेले भन्यो । उपस्थित चराले सामूहिक स्वरमा उल्याए ।


Advertisment
Nabil box
Kumari

“कति राजा देखियो, कति राजा भोगियो, फेरि अर्को राजा किन चाहियो ?” “हे बुद्धि उडेका चराहरू, मेरो कुरा राम्ररी सुन, प्रभुको नाम हो सिमोर्घ, हो, चराको अश्लील महाराजा उनै हो । उनलाई भेट्न जाने आँट पनि मुटु भएकाले मात्रै गर्छ ।” फाप्रेको कुरा सुनेर फेरि चराहरूले सोधे, “के सिमोर्घ साँच्चै छन् त ?” 

Vianet communication

फाप्रे, “छन् ।” 

कतिपय चराहरूले राजा भेट्ने मोह जगाए भने केहीले शङ्का व्यक्त गरे । ऐसआराम नपाउने भन्दै कालिज र राजहाँसले यात्रामा नजाने निधो सुनाए । यसरी भेला हुनेमा सुगा, ढुकुर, कोइली, भङ्गेरा, हाँस, कालिज मयुर, बाज, उल्लुलगायत थरी–थरीका चरा थिए । 

चराहरूको नेता बनेको टाठोबाठो चरो फाप्रेले अन्य चराहरूलाई उक्साउँदै राजा खोज्न प्रेरित गरिनै रह्यो । बाँकी चरालाई विभिन्न कथा र फुँदा गाँसेर फाप्रेले सिमोर्घ खोज्न लग्यो । उतार चढावले यात्र निक्कै कठीन बन्यो । यात्राका क्रममा उनीहरूले मरुभूमि, प्रेम, बुझाइ, विश्मय, विनाश, एकता र मृत्युको उपत्यका पार गर्नुपर्ने भयो । 

फाप्रेले बेलाबेलामा कथा सुनाउँदै थकित चरालाई हौस्याउँदै लान्थ्यो । उड्न नसक्ने अवस्थामा पुगेका चराहरूलाई उसले कथा सुनाउँदै अगाडि बढाउँथ्यो । नमान्ने चराहरूलाई फेरि जोसिला कथाले पगाल्थ्यो । 

सिमोर्घलाई एकताको प्रतीकको रूपमा परिभाषित गर्दै फाप्रेले उसको एउटा सुन्दर प्वाँख देखाएर पहिले नै मुग्ध पारिसकेको थियो । फाप्रेले दासको कथा, ऋषिको कथा, राजकुमारीको कथा अनि पीडाका कथा सुनाउँदै चराहरूलाई सहभागी गराउँथ्यो । दुःखकष्ट झेल्दै चराहरू यात्रामा दौडिरहे । 

अन्ततः काफ प्रदेशमा उनीहरूले सिमोर्घ भेट्छन् । त्यो सिमोर्घ अरु कोही नभएर उनीहरू आफैँ भएको रहस्य खुल्छ । यात्राका क्रममा महात्मा, बूढो मानिस, मगन्ते, बटुवा, राजा र चोरसँगका उपकथाले नाटकलाई जीवन्त पारेको थियो । 

अन्ततः हरेक कुरा आफैँभित्र छ, देख्न सक्नुपर्छ भन्ने सामाजिक सन्देश दिन सफल नाटक ‘चराको सम्मेलन’ पर्सियाका सुफी कवि फरिद उद्दीन अत्तरले लेखेको नाटकको नेपाली अनुवाद हो । एक्टर्स स्टुडियोको प्रस्तुतिमा शनिबारदेखि राजधानीको कौसी थिएटरमा उक्त नाटक मञ्चन शुरू गरिएको छ । 

पर्सियाली नाटकलाई पिटर ब्रुक र ज्या­क्लोद कायरले नाट्य रूपान्तरण गरेका हुन् । नेपाली अनुवाद भने पुष्पराज आचार्यको हो । उक्त नाटक नेपालीमा निर्देशन गर्न पाएकोमा खुशी भएको निर्देशक दिया मास्केको भनाइ छ ।

बीसौं भारतीय नाट्य महोत्सवमा सहभागी हुन जाने क्रममा त्यसको तयारी स्वरूप यहाँ पाँच दिनका लागि नाटक मञ्चन गरिएको आयोजकले जनाएको छ । गएको असोजमा शिल्पी थिएटरमा पनि यो नाटक मञ्चन भएको थियो । 

नाटकमा केही मिथक र रहस्य अनौठा लाग्ने खालका छन् । मान्छेको यात्रा भनेर देखाउन नमिल्ने भएकाले यहाँ चरालाई प्रयोग गरिएको छ । नाटक हेर्ने दर्शकलाई एक घण्टा ३० मिनेट आलस्य लाग्दैन । 

कहिले खित्का छाडेरै हाँस्न मन लाग्छ भने कहिले शान्त । नाटकमा चरारूपी मानिस पात्रले जीवन्त प्रस्तुति दिएका छन् । चराकै हाउभाउ र चराका आवाज मिसाएर कलाकारले कला प्रस्तुत गरेका छन् । नारायण ढुङ्गाना / रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x