कात्तिक २२, २०८०
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङ पोखरामा आयोजित पोखरा म्याराथनको १३ औं संस्करणका क्रममा दौडिएका छन् ।
म्याराथनमा विभिन्न देशका धावकसँगै मुख्यमन्त्री गुरुङ सहभागी भएका हुन् ।
मुख्यमन्त्रीसँगै कानूनमन्त्री हरिबहादुर चुमान, एनआरएनका निवर्तमान अध्यक्ष शेष घले तथा गण्डकी प्रदेशका सांसद पनि दौडिएका थिए ।
मुख्यमन्त्री गुरुङ सहितको टोलीले धावकसँगै पोखरा रंगशालालाई एक फन्को लगाएको थियो । मुख्यमन्त्री गुरुङले स्वास्थ्य र गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनका लागि आफू पनि धावकसँगै दौडिएको बताए । ‘स्वास्थ्यका लागि पनि दौड महत्त्वपूर्ण छ । खेलाडीको हौसला बढाउन दौडिएको हुँ,’ उनले भने ।
भूतपूर्व खेलाडी मञ्चको आयोजनामा भएको १३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनमा नेपालसँगै फ्रान्स, जापान, कोरिया, चीन, अस्ट्रेलियाका धावक सहभागी छन् ।
म्याराथनको उपाधि नेपाली सेनाका धावक हरिकुमार रिमालले हात पारेका छन् । सशस्त्र प्रहरी बलका धावकलाई १० सेकेन्डले पछि पार्दै विभागीय नेपाली सेनाका धावक हरिकुमार रिमालले पोखरा म्याराथनको १३ औं सस्करणको उपाधि जितेका हुन् ।
मंगलवार पोखरा रंगशालाबाट शुरू भएको दौड बजार परिक्रमा गर्दै रंगशालामा पुगेर टुंगिएको थियो । रिमालले २ घण्टा ४० मिनेट १० सेकेन्डको समयमा पूरा गर्दै नगद १ लाख रुपैयाँ राशीको पुरस्कार हात पारे । उनी गत वर्ष भएको अन्नपूर्ण म्याराथनका विजेता समेत हन् ।
पोखरा रंगशालाभित्र रनिङ ट्रयाकमा सँगै प्रवेश गरेपनि १० सेकेण्डपछि परेका सशस्त्र प्रहरी बलका खिमबहादुर खत्रीले दोस्रो स्थानमा चित्त बुझाए । उनले दौडलाई २ घण्टा ४० मिनेट २० सेकेन्डको समय लगाएका थिए । उनले उपविजेता बन्दै ७० हजार रुपैयाँ हात पारे ।
तेस्रो स्थान नेपाल प्रहरीका भूमिराज राईले हात पारे । उनले २ घण्टा ४१ मिनेट १७ सेकेन्डको समयमा दूरी पार गर्दै तेस्रो पुरस्कार ५० हजार रुपैयाँ हात पारे । चौथो स्थानमा आएका आर्मीका धावक पूर्ण तामाङले भने सान्त्वना पुरस्कार पाएका छन् । उनले २ घण्टा ४२ मिनेट ५५ सेकेन्डको समयमा दूरी पूरा गरेका थिए ।
विजेता धावकलाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुन, मुख्य प्रायोजक सुजल डेरीका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, गण्डकी प्रदेश सदस्य कृष्ण थापा, नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष तेजबहादुर गुरुङ लगायतले पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए । म्याराथन दौडमा विभिन्न जिल्लाका धावकले प्रतिस्पर्धा गरेका थिए ।
म्याराथनमा गिनिज बुक्स अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल १३ औं पटकका सगरमाथा आरोही तेन्जिङ शेर्पा र माउन्ट किनाबुलु मलेसियामा १९९१, १९९२ र १९९३ मा कीर्तिमानधारी अन्तर्राष्ट्रिय धावक कुशाङ गुरुङ समेतको उपस्थिति रहेको थियो ।
म्याराथनमा ४२ किलोमिटरदेखि ५ किलोमिटर, १० किलोमिटर लगायतको विभिन्न चरणको दौडको आयोजना गरिएको छ ।
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...