चैत २५, २०७९
वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...
फागुन २२, २०७५
पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले मध्यपहाडी लोकमार्ग हुँदै पूर्व–पश्चिम यात्रा सम्पन्न गरेका छन् । एकमहिने यात्राको अनुभव कस्तो रह्यो ? लोकान्तर डटकमका लागि सुशील पन्तले डा. भट्टराईसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सार :
मध्यपहाडी लोकमार्ग नै किन ?
हामीले जनसंवाद यात्राका लागि मध्यपहाडी लोकमार्ग किन रोजेको भने भौगोलिक एकीकरणपछि मध्यपहाड नेपालको मेरुदण्ड नै हो । लामो समयसम्म नेपालका बहुसंख्यक नागरिक मध्यपहाडमै बस्थे । पछिल्लो चरणमा ग्रामीण अर्थतन्त्र, पहाडी अर्थतन्त्र धराशायी हुँदै गएपछि जनसंख्या पलायन हुन थाल्यो । धेरैजसो तराई झर्न थाले, केही विदेश पलायन भए । त्यसले गर्दा ८० प्रतिशत ओगट्ने पहाडी भेग र मध्यपहाडले ५० प्रतिशत भू–भाग ओगट्छ, त्यसको विकास र समृद्धि विना नेपाल विकसित र समृद्ध बन्न सक्दैन, पहिलो कारण यो हो ।
दोस्रो, एक प्रतिशत भन्दा बढी जनसंख्याले बोल्ने ९ वटा भाषा बोल्ने नागरिक यही क्षेत्रमा बसोबास गर्छन् । लिम्बू, खम्बू, तामाङ, नेवार, मगर, गुरुङ र खसआर्य मध्यपहाडमा बस्छन् । यी जातिको बीचमा सही अर्थमा भावनात्मक एकीकरण नभई पनि देशको एकीकरण र विकास हुन सक्दैन । मध्यपहाडी लोकमार्गको परिकल्पना मैले नै मूल रूपमा गरेको थिएँ र त्यसैको यात्रा गरेर यो क्षेत्रको विकासमा के योगदान गर्न सकिन्छ, त्यही उद्देश्यसहित यो यात्रा गरेको हुँ ।
सजिलो बाटोबाट त इतिहास निर्माण हुँदैन । सबैले हिँड्ने बाटो त जो पनि हिँड्छ । मेरो जीवनको लक्ष्य नै सत्य र न्यायको खोजी स्थापना गर्नु भएको हुनाले अग्रगामी रूपान्तरण गर्ने मेरो उद्देश्य रहँदै आएको छ । नेपाललाई कार्यक्षेत्र बनाउने संकल्प सहित नेपाललाई बुझ्ने र बदल्ने मेरो संकल्प छ । बदल्न जहिलेसुकै पनि अरूले गर्न नसकेका काम गर्नुपर्छ, त्यसकारण मैले जहिले पनि नयाँ, अफ्ठ्यारा र दीर्घकालीन महत्त्वका काम रोज्छु, यस अर्थमा यस मार्गको छनोट गरिएको हो ।
रूपान्तरित भएछ त समाज ?
मध्यपहाडी यात्रामा निस्कँदा बाटोले जोडिएसँगै मानिसहरूमा नयाँ विचारको प्रवेश भएको देखियो । जनता अलि सचेत बनेका भेटिए । राजनीतिक कुराकानी गर्ने, आवजजावत र शहरसँग जोडिँदा चेतनाको विस्तार भएको पाएँ ।
आर्थिक रूपमा पनि थोरै परिवर्तन भएका छन् । बाटोवरिपरि बजारहरू बन्ने, किसानले पनि व्यवसायमूलक खेती गर्ने, फलफूल खेती र पशुपालनमार्फत् आयआर्जन गर्ने क्रम पनि क्रमशः हुन थालेको देखियो, यो सकारात्मक परिवर्तन हो । तर जुन गतिको आवश्यकता छ नि, त्यो गतिको विकास भएको देखिएन । विकासका हिसाबले पूर्वमा ठीकठीकै, मध्यमा मध्यमस्तरको र कर्णाली तथा सुदूरपश्चिम निकै पछाडि देखियो । राजनीतिक चेतनामा जुन ढंगको परिवर्तन भएको छ, त्यही अनुसारको आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन पछाडि परेको अनुभूति भयो ।
पुरानो पूँजीवादी विचार र सामन्तवादी संस्कृति भत्किएको र नयाँले आकार नलिएको अवस्थामा जनतामा अलिकति निराशा त देखिन्छ । सामन्ति जडता, रुढीवाद नभत्काएसम्म विकास हुँदैन, अहिले भत्किन थालेको देखिएको छ । वैज्ञानिक प्रगतिशीश विकासले स्थान लिइसकेको छैन । सकारात्मक विकल्प नभएमा न पुरानो, न नयाँ, खिचडी खालको संरचना बन्ने खतरा रहन्छ । अत्यन्त फोहोरमैलामा बसिरहेका मानिस पनि आधुनिक खालका सिनेमा, गीतसंगीतमा रमाइरहेको अवस्था पनि छ ।
रमाइलो पाटो के देखियो भने, हिसिलाजीले पनि नोट गर्नुभयो, उहाँ त शहरी क्षेत्रमा हुर्केको मानिस, गाउँमा महिलाहरूले ‘स्मार्ट फोन’ चलाइराखेका छन् । दाउरा र स्याउला बोकिराखेका छन् । गाईबाख्रा पनि धपाइराखेका छन् । त्यस्तो सीन पनि देखियो, त्यो निकै रोचक लाग्यो ।
'अर्थमन्त्री हुँदा फालेको बिउ फल लागेछ'
कच्ची बाटो मात्र बनेकाले पनि अर्थतन्त्र चलायमान बन्दैछ । बजार थोरै विस्तार हुँदैछ । मानिसहरूले बजारलाई केन्द्रित गरेर वस्तु उत्पादन गर्दैछन् । तर आयातित वस्तुहरूको उपभोग बढी देखिन्छ । आयातित वस्तुले पिछडिएको अर्थतन्त्रमा जसरी प्रवेश गरेका छन्, त्यही मात्राका किसानहरूले उत्पादन गरेर निर्यात् गर्न नसकेको र आय आर्जन गर्न नसकेको स्थिति सोचनीय छ ।
मैले बजेटमा पूर्वपश्चिम मध्यपहाडी लोकमार्ग र उत्तर दक्षिण लोकमार्ग तथा केही राष्ट्रिय गौरवका आयोजनाको अवधारणा ल्याएको थिएँ । त्यो काम अगाडि बढेको त देखियो, तर जुन गतिमा जानुपर्ने, त्यो चाहिँ देखिएन । गाउ–गाउँमा सहकारी, घरघरमा भकारी भनेर प्रत्येक गासिवलाई एक–एक लाख दिएको थिएँ । यस्ता सहकारी धेरै ठाउँमा त चल्न सकेनन्, केही ठाउँमा राम्रो काम गरेको पनि देखियो ।
अर्को उल्लेख्य काम के गरेको थिएँ भने, प्रायः अन्तिम चौमासिकमा खर्च नभएको बजेट अर्थमन्त्रीले रकमान्तर गर्ने चलन हुन्छ, त्यस क्रममा मैले ७५ वटै जिल्लामा गरेको थिएँ । मैले बिर्सिसकेको थिएँ, त्यो बजेटमार्फत् कुनै ठाउँमा स्कूल र कुनै ठाउँमा बाटो बनाएको कुरा जनताले सम्झाउँदा मलाई खुशी लाग्यो ।
डोजर संस्कृति र सडक
नेपालजस्तो पहाडी अर्थतन्त्र र कृषिप्रधान देशमा विकास भनेको बाटो नै हो । बाटो आएपछि चेतना ल्याउँछ र भोक जगाउँछ । त्यसपछि सीपका लागि शिक्षा जरुरी हुन्छ र कृषिको आधुनिकीकरण गर्नुपर्छ । बाटो, शिक्षा र कृषिमा जोड गरौं भनेर भन्दै आएको छु । बाटो निर्माणका क्रममा भइरहेको डोजर प्रयोगप्रति चिन्ता लाग्यो ।
मध्यपहाडी लोकमार्गमा त आधुनिक उपकरण प्रयोग गर्नुपर्छ, सहायक मार्गलाई हरित मार्गको रूपका स्थानीय प्रविधिको प्रयोग गर्नुपर्छ भनेर सुझाव दिएँ । स्थानीय जनप्रतिनिधिसँग छलफल गर्दा मैले भनेँ, आफ्नो गाउँपालिका र नगरपालिकाको केन्द्रसम्म पुग्ने बाटोलाई १२ महिनै चल्ने खालको बनाउनुस् । अन्य सहायक मार्गलाई हरित मार्ग बनाउँदा वातावरण संरक्षण पनि हुन्छ र रोजगारी पनि सिर्जना हुन्छ ।
राजनीतिक नेतृत्वप्रति जनताको धारणा
अपेक्षा धेरै हुनु स्वभाविक हो । संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेपछि भएको पहिलो निर्वाचनबाट नेकपाको दुईतिहाइको सरकार बन्यो, यसबाट स्वतः नै मान्छेले बढी अपेक्षा गरे । विकास र समृद्धि नै मुख्य एजेण्डा बनेको पनि छ । एक वर्षमा जति हुनुपर्ने हो भएन भनेर आम जनतामा निराशा देखियो, खासगरी दुईवटा क्षेत्रमा ।
एउटा त सुशासन । विधिको शासन पालन गर्ने र भ्रष्टाचार तथा अनियमितता अन्त्य गरेर शान्ति सुरक्षा कायम गर्ने क्षेत्रमा जति हुनुपर्थ्यो, त्यो भएन भन्ने आम गुनासो देखियो । सत्ताधारी दलका स्थानीय प्रतिनिधिले पनि त्यो भन्नुभयो ।
दोस्रो, विकास र समृद्धिका लागि पनि फाट्टफुट्ट निरन्तरताका काम भा’छन् । तर तीव्र छलाङ मार्ने गतिले नयाँ परियोजना शुरु हुनुपर्ने हो, त्यसो भएको छैन । सडक, बिजुली, शिक्षा, स्वास्थ्य र सिँचाइका आयोजना शुरू भएका छैनन् । जनताहरू यस विषयमा असन्तुष्ट छन् ।
सचेतना के देखियो भने, स्थानीय तहका निर्वाचित पदाधिकारीले ऐन, नियम र कर्मचारी नहुँदा काम गर्न नपाएको गुनासो गरे । निर्वाचित नयाँ युवाले योजना बनाएर केही काम गर्न खोजे जस्तो देखियो । संघीयता कार्यान्वयनका लागि समयमा कानून र वित्तीय आयोग बनाएर बजेट दिनुपर्नेमा, त्यसो नभएको गुनासो सुनियो ।
गतिविधि भएको छ । अपेक्षाको तुलनामा सन्तुष्टि नभएपनि जनप्रतिनिधिको गतिविधि चाहिँ सापेक्ष ढंगले भएको जस्तो देखियो । निरन्तरताको हिसाबले मानिसमा जागरण आएको छ ।
जनसंवाद यात्राको उपलब्धि के ?
असल राजनीति र समावेशी विकासका लागि जनसंवाद यात्रा भन्ने हाम्रो ‘थिम’ थियो, त्यसका लागि जनप्रतिनिधि, व्यवसायी, शिक्षक, बुद्धिजीवी र किसानहरूसँग संवाद गर्ने र यथार्थ बुझ्ने मुख्य लक्ष्य थियो । पार्टीको प्रचार भन्दापनि देशको राष्ट्रिय एजेण्डा निर्माण गर्न कसरी सकिन्छ, यो देशलाई हाम्रैकालमा कसरी समृद्ध बनाउन सकिन्छ, भन्ने उद्देश्य थियो ।
दोस्रो, राजनीति असल, सफा र भ्रष्टाचारमुक्त भएन भने विकास र समृद्धि हुँदैन । भ्रष्टाचारको बिगबिगी जुनरूपमा माथिबाट तल जाँदैछ, त्यसलाई रोक्न के गर्न सकिन्छ भन्ने पनि छलफल गर्यौं । सुशासनमा जोड दियौं, यसमा जनताको चासो पनि देखियो । केन्द्रमा ठूला काण्ड भए, तल पनि तीनै दलका कार्यकर्ता हुन्, ठूला नेताको सिको गर्ने । तल पनि भ्रष्टाचार मौलाउँदै गएको जनगुनासो सुनियो ।
यात्रामा संगठन विस्तारको कुरै गरेनौं । कयौं मानिस सदस्यताका लागि इच्छुक थिए, तर पार्टी सदस्याता बाँढ्ने र पार्टी प्रवेश गराउने हाम्रो मिसन थिएन । यो देशमा लोकतान्त्रिकरणको प्रक्रियापछि समृद्धिको युग शुरू भएपनि आर्थिक विकासको राष्ट्रिय रणनीति बनेको छैन ।
हामीबाट जनताले राष्ट्रिय विकासको मार्गचित्र खोजेकाले मार्गचित्र बनाउन लागेका हौं । यसले ठूलो फिडब्याक दियो । कच्चा पदार्थ दियो । अब तराईको हुलाकी लोकमार्गमा पनि यात्रा गरेर राष्ट्रिय विकासको मार्गचित्र बनाउने सोचाइ बनाएका छौं । निजी क्षेत्रसँग पनि संवाद गरेर योजनालाई पूर्णता दिनेछौं । संसद्को अर्थसमितिमा पनि यो बहस चलाउने योजना बनाएको छु ।
दौरासुरुवाल प्रेम कि छेपाराको रंग ?
म सबै संस्कृतिको सम्मान गर्नुपर्छ भन्ने मान्छे हुँ । भाषा, भेषभुषा र गीतसंगीत भनेका भैतिक र अभौतिक संस्कृति हुन्, सम्पदा हुन् । नेपालभित्र प्रयोग हुने सबै भेषभुषा राष्ट्रिय भेषभुषा हुन् । नेपालभित्र बोलिने सबै भाषा राष्ट्रिय हुन् । सबै कला संस्कृति राष्ट्रिय संस्कृति हुन् । सबैको सम्मान गर्छु ।
मैले व्यावहारिक रूपमा दौरासुरुवाल लगाएको थिइनँ । सानैदेखि कमिज पाइन्ट लाउने बानी बस्यो । अहिले मध्यपहाडी लोकमार्गमा जाँदा सुविचारित ढंगले नै लगाएँ । सातवटै भाषा क्षेत्रमा जाँदा उनीहरूले नै लगाउने भेषभुषा लगाएँ । तामाङको पनि लगाएँ, गुरुङको पनि लगाएँ ।
दौरा सुरुवाल यहीँबाट लगेको थिएँ, हिसिलाजीले बजारबाट किन्नु भएको थियो । भेरी नदी क्रस गरेर चौरजहारी कटेपछि दौरा सुरुवाल लगाएँ । महेन्द्रकालीन पोशाक कसैले भनेपनि मैले भनिनँ, यो कुनै कालीन होइन । यो सुदूरपश्चिममा छलिया कि के नाँच हुन्छ, त्यसमा पृथ्वीनारायण शाहको जस्तो पोशाक लगाएर नाचेको देखिन्छ । यो खसहरूको पोशाक हो ।
खस नेपालका आदिवासी जाति हुन् । पछि पूर्वतिर आउँदा ब्राह्मण भन्न लागे । मलाई लाग्यो, प्रदेशको नाम नै खसान प्रदेश राख्दा हुन्छ । आवश्यकता अनुसार सबै पोशाक लगाउँछु । संसद्मा जाँदा लगाउनैपर्छ भन्ने रहेन, आवश्यकता अनुसार लगाउँछु । मलाई सझिलो लाग्यो । सुरुवाल तल टाइट हुँदो रहेछ, जाडो ठाउँमा जाँदा गजब हुने ।
वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...
नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...
बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...
नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ । माओवादीको विधा...
बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...
संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...