मंसिर १०, २०८०
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
फागुन ३०, २०७५
आइतवार इथियोपीयन एयरलाइन्सको विमान दुर्घटना भएर त्यसमा सवार एक नेपाली यात्रुसहित सबै १५७ यात्रुको मृत्यु भएपछि संसारभरिका सबै बोइङ ७३७ म्याक्स विमानहरूलाई उडान भर्न प्रतिबन्ध लगाइएको छ ।
बोइङको पछिल्लो पुस्ताको विमान ७३७ म्याक्सको इन्जिनले इन्धन बचत गर्ने र यसका पंखा पनि उच्चस्तरीय भएको भनी प्रशंसा भए पनि विगत पाँच महिनामा दुई ठूला दुर्घटना भएपछि यसको सुरक्षामाथि प्रश्न उठेको थियो ।
आइतवारको दुर्घटनाअघि सन् २०१८ को अक्टोबर महिनामा इन्डोनेसियामा लायन एयरको जेट विमान उडान भरेको केही समयमा नै दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १८९ यात्रुको मृत्यु भएको थियो ।
यसरी लगातार दुर्घटना हुँदै जाँदा भारत लगायत देशले ७३७ म्याक्समा प्रतिबन्ध लगाएपछि शुरूमा प्रतिकार गरे पनि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले समेत त्यसमा प्रतिबन्ध लगाइएको घोषणा गरे । प्रतिबन्धका कारण बोइङ कम्पनीले अर्बौं डलरको घाटा सहनुपर्ने देखिएको छ ।
त्यसो त बोइङ कम्पनीमाथि प्रतिबन्धको माग उठिरहेको भए पनि कम्पनीले त्यसलाई प्रतिकार गरिरहेको थियो । तर बुधवार उसले अमेरिकाको उड्डयन विभागलाई ७३७ म्याक्स विमानमा अस्थायी रोकको आदेश जारी गर्न सिफारिश गरेको बताएको छ ।
यसरी सबै ३७० वटै ७३७ म्याक्स विमानहरूलाई उडान भर्नका लागि प्रतिबन्ध लगाइँदा कम्पनीले १ अर्बदेखि ५ अर्ब डलरसम्मको घाटा बेहोर्नुपर्ने मेलियस रिसर्च र जेफ्रीज जस्ता वालस्ट्रीट कम्पनीहरूले अनुमान लगाएका छन् ।
यी अनुमानहरू विगतमा तीन महिना बोइङका विमान नउडाइँदा भएका घाटामा आधारित थिए । तर बोइङ कम्पनीले त्यो घाटा सहन सक्ने स्थिति छ । उसले गत वर्ष १०१ अर्ब डलरको कीर्तिमान कमाइ गरेको छ र १०.६ अर्ब डलर नाफा गरेको थियो । अहिले प्रतिबन्ध लागेर बेग्लै परिदृश्य निर्माण भयो नत्र उसले यो वर्ष झन् बढी नाफा कमाउने प्रक्षेपण गरेको थियो ।
त्यसो त बोइङले यसअघि पनि समस्या देखिएपछि थुप्रै विमान नउडाएको उदाहरण छ । सन् २०१३ मा बोइङले ७८७ ड्रीमलाइनर विमान नउडाउन एयरलाइन्स कम्पनीहरूलाई भनेको थियो किनकि उक्त विमानको ब्याट्रीबाट आगो निस्किने समस्या देखिएको थियो ।
त्यतिखेर बोइङले ७८७ विमान बनाउन बन्द गरेको थिएन र उक्त समस्याको समाधान खाजेको थियो । त्यसैलाई आधार मान्ने हो भने बोइङले ७३७ म्याक्सको उत्पादन बन्द गर्नेछैन । अनि सबै ७३७ म्याक्स जेट विमानलाई नउडाएपनि बोइङ जस्तो ठूलो कम्पनीलाई खासै ठूलो घाटा हुने देखिँदैन । त्यसै पनि सन् २०१३ मा उसले न्यूनतम घाटा सहेको थियो ।
तर यस्ता विमानका कारण बोइङले विश्वसनीयता गुमाएमा विमान बिक्री नै नहुने समस्या आउन सक्छ ।
अनि बोइङले ३७० वटा प्रतिबन्धित विमानको क्षतिपूर्ति एयरलाइन्स कम्पनीहरूलाई तिर्नुपर्ने हुन्छ । बुधवार मात्र नर्वेजियन एयरलाइन्सका सीईओले आफ्ना १८ वटा ७३७ म्याक्स विमानमा उडान प्रतिबन्ध लागेपछि सहनुपरेको घाटाको बिल बोइङलाई पठाइने बताएका छन् ।
बोइङले आफ्ना विमानहरू सुरक्षित रहेको भनी स्पष्टीकरण दिइरहेको भए पनि प्रतिबन्धको आशंकाका कारण यसै हप्ता मात्र उसको स्टक १२ प्रतिशतले झरेको छ ।
इन्जिन बीचमै बन्द हुने समस्या बोइङको ७३७ म्याक्समा देखिएको छ । त्यसलाई रोक्नका लागि उसले सफ्टवेयर पनि बनाएको हो । तर सफ्टवेयरले पनि काम नगरेर गलत दिशानिर्देश गर्ने गरेको गुनासो पाइलटहरूले गर्ने गरेका छन् ।
सफ्टवेयरलाई अपग्रेड गरेपछि विमानका सुरक्षा प्रणालीमा समस्या नै आए पनि त्यसलाई नियन्त्रण गर्न पाइलटहरू समर्थ हुने दाबी बोइङले गरेको छ । तर त्यो अप्ग्रेड पनि अप्रिल महिनामा मात्र सम्पन्न हुनेछ ।
नेपालमा पनि बोइङ विमान उडान तथा अवतरण गर्ने गरेको थियो । सिंगापुरको सिल्क एयरले ७३७ म्याक्स विमान नेपाल ल्याउने गरेकोमा त्यसमाथि प्रतिबन्ध लगाइएपछि अर्कै विमान चलाउने घोषणा गरिसकेको छ । नेपालमा आउने अन्य विदेशी एयरलाइन्सले चाहिँ ७३७ म्याक्स विमान ल्याउने गरेका छैनन् ।
त्यसो त बुद्ध एयरले पनि ७३७ म्याक्स विमान किन्न लागेको समाचारहरू आइरहेका थिए तर अहिले यसमाथिको प्रतिबन्धपछि उसले पनि यसमा पुनर्विचार गर्ने सम्भावना छ ।
एजेन्सीको सहयोगमा
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...