×

NMB BANK
NIC ASIA

कर्णालीका मुख्यमन्त्री शाहीको प्रश्न : त्यो अर्बाैं पैसा कहाँ गयो ?

चैत ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशमा हालसम्म अर्बौ बजेट आएपनि केही परिवर्तन नभएको बताएका छन् ।

Muktinath Bank

शुक्रवार वीरेन्द्रनगरमा युवा गैरसरकारी संस्था महासंघ नेपाल कर्णाली प्रदेशको साधारण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले केही संस्थाका कारण कर्णालीमा विकास हुन नसकेको र त्यस्ता संस्थालाई बन्द गराउनुको विकल्प नभएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘गाउँ बस्तीमा सयौं संस्थाले काम गरिरहेका छन् । ती संस्थाले अर्बौ बजेट खर्चिरहेका छन्,’ उनले भने, ‘त्यो अर्बौ पैसा कहाँ गयो ?’


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्री शाहीले जसका लागि सहयोग गर्न खोजेको हो, उसैलाई सहयोग गर्ने संस्थालाई सरकारले प्राथमिकता दिने जानकारी दिए । ‘हामीलाई विकासको भोक छ । धेरै लगानी पनि आवश्यक छ,’ उनले भने, ‘यदि कोही हामीलाई सहयोग गर्न चाहन्छ भने प्रदेश सरकारको खातामा बजेट देओस् । नत्र आफूले (बाहिरका कार्मचारी) डेढ लाख तलब खाने र कर्णालीका युवालाई १५–२० हजार तलब दिएर काममा घोटाउने जस्तालाई बन्द गर्नुपर्छ भन्ने मेरो धारणा हो ।’

Vianet communication
Laxmi Bank

उनले सरकारले आईएनजीओ तथा एनजीओलाई राम्रा काम गर्न दिने बताए । ‘हामी संस्था विरोधी होइनौं । राम्रो काम गर्ने संस्थालाई सरकारले प्रोत्साहन पनि दिन्छ,’ उनले भने, ‘परिवर्तन देखिने खाले काम गर्ने संस्थाहरूलाई सरकारले काम गर्ने वातावरण बनाउँछ । तर काम नगर्ने तथा आफू समृद्ध हुने संस्था बन्द नै गर्नुपर्छ ।’

मुख्यमन्त्री शाहीले कर्णालीलाई समृद्ध बनाउने हो भने होटलमा बसेर कुरा गरेर नहुने बताए । ‘धुलिखेल, काठमाडौं वा कर्णालीकै ठूला होटलमा समृद्धिका गफ गरेर कर्णालीमा समृद्धि आउँदैन,’ उनले भने, ‘कर्णालीमा समृद्धि ल्याउने हो भने माटोसँग खेल्नुपर्छ । पहाड फुटाउनुपर्छ ।’

मुख्यमन्त्री शाहीले उत्पादनका आधारमा कृषकलाई पेन्सन दिने योजना सरकारको रहेको बताए । ‘२ सय बाख्रा, ५० गाई पाल्ने किसानलाई सरकारले पेन्सन दिने योजना बनाएको छ । २ सय बाख्रा नहुनेका लागि २० वटा बाख्रा अनुदान दिने र उत्पादन बढाउँदै किसानलाई पेन्सन दिनेछौं,’ उनले भने । उनले समाजमा जबसम्म अन्तर्विरोध रहिरहन्छ, तबसम्म शान्ति नहुने र शान्ति नभएसम्म विकास र समृद्धि नहुने बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x