मंसिर १०, २०८०
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
बेलायत युरोपेली संघबाट बाहिरिने मिति नजिकिँदै जाँदा बेलायती राजनीतिमा उथलपुथल र ढिलाइ भइरहेको छ । यसबाट आजित भएका युरोपेली नेताहरूले बेलायती प्रधानमन्त्री टेरिजा मेलाई वैकल्पिक योजनासहित आउन थप दुई हप्ताको म्याद दिएका छन् ।
यसअघि प्रधानमन्त्री मेले मार्च २९ को राति ११ बजे बेलायत युरोपेली संघबाट निस्कने भनी जोड दिइरहेकी थिइन् र अहिलेको ढिलाइ उनका लागि लज्जास्पद घटना हो । त्यसमाथि शनिवार हजारौं मानिसले अर्को जनमतसंग्रहको माग राख्दै लन्डनमा जुलुस निकाले । अनि ब्रेक्जिट पूरै रद्द गर्नुपर्ने मागसहितका हस्ताक्षरको संख्या ४० लाख नाघ्यो । अर्को अस्तव्यस्त, तनावग्रस्त र आक्रोशपूर्ण हप्तापछि ब्रेक्जिट र टेरिजा मेको भविष्य कस्तो होला त ?
बेलायतले साँच्चिकै युरोपेली संघ छोड्न लागेको हो ?
पक्कै हो तर बहिर्गमनको नयाँ मिति निश्चित भइसकेको छैन । बिहीवार बेलुका युरोपेली संघका २७ अन्य नेताले बेलायती बहिर्गमनलाई मे २२ सम्म लम्ब्याउन सकिनेमा सहमति जनाए तर मेले यही हप्ता संसदमा आफ्नो डील पारित गराउनुपर्छ ।
यस्तो परिस्थितिमा गरिएको ढिलाइले ब्रेक्जिट सम्बन्धी कानून पारित गर्न पर्याप्त समय दिनेछ । तर मेको डीललाई सांसदहरूले तेस्रोपटक पनि अस्वीकार गरेमा वा उनले यस विषयमा मतदान नै नगराएमा बेलायतले डीलविना नै अप्रिल १२ मा बर्हिगमन गर्नुपर्ने युरोपेली संघका नेताहरूले स्पष्ट पारे । ब्रसेल्ससँग सहमति गरेर थप ढिलाइ नगरिएमा बेलायत अप्रिल १२ मा युरोपेली संघबाट निस्कनेछ । तर थप ढिलाइको खासै सम्भावना छैन किनकि युरोपेली संसद्को निर्वाचन २३ मेमा हुन गइरहेको छ र बेलायतले त्यसमा भाग लिए मात्र ढिलाइमा सहमति बन्ने युरोपेली संघको अडान छ । प्रधानमन्त्री मे उक्त निर्वाचनमा भाग लिने पक्षमा पटक्कै छैनन् ।
अब यो हप्ता के हुन्छ त ?
सोमवार विभिन्नथरी ब्रेक्जिट प्रस्तावहरू पेश गरिनेछन् जसमध्ये एउटामा संसद्ले यो पूरै प्रक्रियामा नियन्त्रण गर्ने गरी संकेतात्मक मतदान (इन्डिकेभि भोट्स) दुई दिनपछि गर्ने व्यवस्था छ । नर्वेको जस्तो एकल बजार सदस्यता वा स्थायी भन्सार संघ जस्तो फरक किसिमको ब्रेक्जिट मोडलमा संसदीय बहुमत जुटाउन सकिन्छ कि भनी हेर्ने प्रयास गरिनेछ ।
मंगलवार मेले आफ्नो डीलमाथि फेरि पनि अर्थपूर्ण मतदानका लागि प्रस्ताव राख्न सक्छिन् । तर उनले फेरि पनि हारको सामना गर्नुपर्ने ठानिन् भने भोटै नगराउन सक्छिन् । संसद्ले ब्रेक्जिटमा ढिलाइ गर्नका लागि यसै हप्ताभित्र स्ट्याट्युटोरी इन्स्ट्रुमेन्ट (दोस्रो कानून) माथि यही हप्ताको अन्त्यसम्ममा भोट दिनुपर्नेछ । संसद्ले उक्त मतदान शुक्रवार ११ बजेअघि नै गर्नुपर्नेछ ।
डीलरहित ब्रेक्जिट अझै सम्भव छ त ?
अवश्य छ । ब्रेक्जिटका कट्टर समर्थकहरूबाहेक अरू कसैले पनि डीलरहित ब्रेक्जिट नचाहेको भए पनि डीलरहित ब्रेक्जिट नै पारित हुने अवस्था छ किनकि त्यसलाई रोक्ने कुनै पनि व्यवस्थामा बहुमत जुटेको छैन । ब्रेक्जिटको जुनसुकै नयाँ मिति निर्धारित गरिए पनि संसद्ले कसरी बहिर्गमन गर्ने भनी सहमति नजनाएसम्म स्वतः डीलरहित ब्रेक्जिट हुनेछ । मेको ब्रेक्जिट सहमतिलाई सांसदहरूले दुईपटक अस्वीकार गरेका छन् र अर्को योजनामा सहमति जुटाउने स्थितिको नजिक पनि उनीहरू पुगेका छैनन् ।
तलकामध्ये एक स्थिति नबनेसम्म बेलायत डीलविना नै युरोपेली संघबाट बाहिरिनेछ : कि त बहुमत सांसदहरूलाई मेको डीललाई पारित गराउन फकाउनुपर्यो (सम्भावना देखिँदैन), कि त अर्को किसिमको ब्रेक्जिटमा बहुमत जुटाउनुपर्यो (सम्भाव्य तर यसको प्रयास पछि मात्र हुन्छ), कि त उनीहरूले ब्रेक्जिटमा थप ढिलाइलाई समर्थन गर्नुपर्यो र युरोपेली चुनावमा भाग लिनुपर्यो, कि त ब्रेक्जिट नै खारेज गर्नुपर्यो ।
धारा ५० लाई खारेज गरेर ब्रेक्जिट रद्द गराइन्छ त ?
सकिन्छ – लाखौं मानिसले दोस्रो जनमतसंग्रहको माग राखेका छन् । धारा ५० खारेज गर्नका लागि दिइएको निवेदनमा ४० लाखभन्दा बढी मानिसले हस्ताक्षर गरेका छन् । फेब्रुअरी महिनाको अन्त्यतिर मार्गरेट जोर्जिआदूले यसको शुरूआत गरेको भए पनि यसमा बुधवार बेलुकादेखि धमाधम हस्ताक्षर आउन थाले । युरोपेली संघको सदस्य रहुन्जेलसम्म बेलायतले धारा ५० लाई जुनसुकै बेलामा पनि रद्द गर्न सक्छ । सदस्यता लम्बिँदै जाँदा पनि उसले यसो गर्न सक्छ । तर यस विषयमा संसदमा एकदमै कम समर्थन रहेकाले यसो गर्ने सम्भावना देखिँदैन । सरकारी नियमअनुसार, संसद्ले एक लाखभन्दा बढी हस्ताक्षर भएका निवेदनमाथि विचार गर्नुपर्छ र ब्रेक्जिट अहिलेको तात्तातो विषय हो ।
दोस्रो जनमतसंग्रहको सम्भावना छ ?
छ । शनिवारको विशाल जुलुसले यसमा व्यापक समर्थन रहेको देखायो । तर संसदमा यसले कम समर्थन पाउनु नै समस्या हो । बेलायत युरोपेली संघमै रहनुपर्ने (रिमेन) भनी वकालत गर्ने केही टोरी सांसदहरूले मात्र यसमा खुलेर समर्थन गरेका छन् अनि बहिर्गमनको पक्ष लिने थुप्रै लेबर सांसदहरू यसको विपक्षमा छन् । लेबर नेतृत्वले महिनौंदेखि जनमतसंग्रहका विषयमा ढुलमुले अडान लिएको छ र बहिर्गमन पक्षधरको आक्रोश आफूमाथि तेर्सिने भय लिएको छ ।
सही समयमा दोस्रो जनमतसंग्रह गराउने भनी दुईजना लेबर सांसदले राखेको संशोधन प्रस्तावलाई लेबरले समर्थन गर्ने भनी जेरेमी कोर्बीनले संकेत दिएका छन् । ब्रेक्जिटलाई डीलरहित रूपमै पारित गराएजस्तो नदेखियोस् अनि मेले डीलसहितको ब्रेक्जिट गराएकोमा लेबरको समर्थन रहेको पनि नदेखियोस् भन्नेमा लेबरले चिन्ता व्यक्त गरेको छ । लेबरको दृढ समर्थनसँगै सांसदहरू काइल र विल्सनको योजनामा मतदान भएको खण्डमा दोस्रो जनमतसंग्रह हुन पनि सक्छ ।
मेको डील फेरि पराजित भएमा टेरिजा मे प्रधानमन्त्री रहिरहन्छिन् ?
लामो समय रहँदिनन् । त्यतिखेरसम्म मेको प्रस्तावले तीनपटक हार बेहोरिसकेको हुनेछ । यो उनको प्रधानमन्त्री कार्यकालकै सबभन्दा महत्त्वपूर्ण विषय हो अनि दोस्रो विश्वयुद्धपछि बेलायतले सामना गरेको सबभन्दा महत्त्वपूर्ण घडी हो । यही विषयलाई लिएर उनले आकस्मिक निर्वाचन गराइन् तर कन्जर्भेटिभ पार्टीको बहुमत गुमाइन् । उनी ब्रेक्जिटका विषयमा आफ्नै कार्यादेश चाहन्थिन् तर पाइनन् ।
बहिर्गमनका पक्ष र विपक्षमा रहेका दुवैगरी टोरी सांसदहरू मेले अब उनको डील पारित भए पनि सत्ता छोडे हुन्थ्यो भन्ने चाहना राखेका छन् । उनी डिसेम्बर महिनाभन्दा पछि पनि प्रधानमन्त्री रहिरहेमा उनका आफ्नै सांसदले अविश्वासको प्रस्ताव ल्याउनेछन् र उनी त्यसमा हार्ने सम्भावना रहन्छ । बुधवार उनले सांसदहरू ब्रेक्जिटमा बाधा गरिरहेको र राजनीतिक खेल खेलिरहेको भनी बयान दिइन् र उनका पक्षधरहरूका लागि त्यो नै अन्तिम त्यान्द्रो थियो । उनले प्रधानमन्त्री पद गुमाउने नै देखिन्छ ।
ब्रेक्जिटको वैकल्पिक रूपमा सहमति होला ?
शायद । संकेतात्मक मत प्रक्रियाले नरम ब्रेक्जिटका सम्बन्धमा विभिन्न विचारलाई अघि ल्याउँछ जसमा नर्वे शैलीको एकल बजार सदस्यता र युरोपेली संघसँग नजिक रहेर भन्सारमा सहकार्य लगायतका विषय पनि पर्छन् । लेबरले पनि स्थायी भन्सार युनियनका विषयमा आफ्नो अवधारणा दिनेछ । तर यस विषयमा व्यापक अन्तर्दलीय सम्मतिको सम्भावना खासै छैन । टोरीले नेतृत्व गरेको योजना जस्तो लाग्नेबित्तिकै लेबरका सांसदहरू बिच्किनेछन् । कुनै पनि दल अर्को दलको ब्रेक्जिट योजनाको पक्षमा छैन ।
बेलायतलाई एकल बजारमा तथा भन्सार युनियनमा राख्ने व्यवस्था सही रूपमा दलीय घेरामाथि उठेर प्रस्तुत गरिएमा यो सम्भव छ । तर संकेतात्मक मतले अन्ततोगत्वा संसद् केही कुरामा पनि सहमत हुँदैन भनी देखाउँछ भन्ने डर सांसदहरूमा छ । संसद्ले सहमति जनाएको भए ब्रेक्जिटको लफडा अहिलेसम्म अन्त्य भइसक्थ्यो ।
द गार्डियनमा प्रकाशित टोबी हेल्मको विश्लेषण
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...