चैत १९, २०७५
काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ । आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प अहिले अत्यन्तै खुशी छन् । महान्यायाधिवक्ताले मुलर रिपोर्टको चारपन्ने सारांश प्रकाशित गरेपछि ट्रम्प दंग परेका हुन् ।
ट्रम्पलाई विपक्षी डेमोक्रेटहरूले ह्वाइट हाउसबाट हटाउन चाहेको भए पनि अब उनीहरूले सन् २०२० मा हुने निर्वाचन नै कुर्नुपर्ने भएको छ ।
राष्ट्रपतिको शिरमाथि २२ महिनादेखि मडारिइरहेको बादल हटेको छ । उनको काँधमा भएको भारी बिसाइएको छ ।
ट्रम्पका लागि यो सन् २०१७ को जनवरी महिनामा शपथ लिएयताको सबभन्दा राम्रो दिन हो ।
ट्रम्पले राष्ट्रपति निर्वाचनताका रुससँग साँठगाँठ गरेको र आफूमाथिको अनुुसन्धान रोक्ने प्रयास गरी कानूनमा बाधा पु–याएको आरोप लगाउँदै उनीमाथि महाभियोग लगाउनुपर्ने माग विपक्षी डेमोक्रेटहरूले राखेका थिए । यसमाथि अनुसन्धान गर्नका लागि स्पेसल काउन्सेल रोबर्ट मुलरलाई खटाइएको थियो ।
मुलरको अनुसन्धान दुई भागमा विभाजित थियो । पहिलो, ट्रम्पको निर्वाचन अभियान र रुसीहरूबीचको साँठगाँठ ।
त्यसमा ट्रम्पले शतप्रतिशत सफाइ पाएका छन् । ट्रम्प अभियानले रुससँग मिलेर षड्यन्त्र नगरेको वा उससँग समन्वय नगरेको मुलरले पाए ।
कानूनमा अवरोध गरेको सवालमा चाहिँ द्विविधा रहेको छ ।
मुलरको प्रतिवेदनमा एउटा अनौठो वाक्य छ ः ‘राष्ट्रपतिले अपराध गरेको भन्ने प्रतिवेदनको निष्कर्ष हैन तर यसले उनलाई चोख्याएको पनि छैन ।’
तर त्यस विषयलाई महान्यायाधिवक्ता विलियम बारले हेरेर यस निष्कर्षमा पुगेका छन् ः ‘उपमहान्यायाधिवक्ता रोड रोजेनस्टाइन र मैले स्पेसल काउन्सेलको अनुसन्धानबाट राष्ट्रपतिले कानूनमा बाधा गरेको भन्ने कसूर ठहर हुने गरी पर्याप्त प्रमाण नपुगेको निष्कर्ष निकालेका छौं ।’
त्यसैले महान्यायाधिवक्ताका आँखामा ट्रम्पले त्यस विषयमा समेत सफाइ पाइसकेका छन् ।
दुविधाको त्यही क्षेत्रमा डेमोक्रेटहरूले आफ्नो ध्यान केन्द्रित गर्नेछन् । यसलाई पनि म दुई भागमा विभाजन गरेर हेर्छु । पहिलो कानूनी हो भने दोस्रो राजनीतिक ।
कानूनी रूपमा, संसद्को न्यायपालिका समितिले मुलर प्रतिवेदनको पूर्ण पाठ प्राप्त गर्न चाहनेछ ।
राष्ट्रपतिले कानूनमा अवरोध गरेको भन्ने आरोपमा रोबर्ट मुलरले किन उनलाई सफाइ दिन सकेनन् भन्ने कुरा उनीहरू हेर्न चाहन्छन् ।
कानूनमा अवरोधलाई ‘उच्च अपराध तथा दुष्कर्म’ भनिन्छ र यसले राष्ट्रपतिलाई महाभियोग लगाउने बाटो खोल्छ ।
यस विषयमा निकै बहस हुनेछ । अब समाह्वानहरूको सिलसिला चलेमा आश्चर्य मान्नुपर्दैन ।
संसदीय समितिहरूले व्यक्ति र कागजात मगाउने अधिकार राख्छन् । उनीहरू आफूले सकेजति बल प्रयोग गर्न स्वतन्त्र छन् । उनीहरू यो विषयलाई तन्काइरहन चाहन्छन् । उनीहरू राष्ट्रपतिलाई क्षति पु–याउन चाहन्छन् ।
राष्ट्रपतिलाई कानूनमा अवरोध पु–याएको कसूरमा अभियोजन गर्नका लागि उनले बाधा पु–याउने नियत राखेको प्रमाण जुटाउनु आवश्यक हुन्छ । त्यसैले राष्ट्रपतिले एफबीआईका प्रमुख जेम्स कोमेलाई बर्खास्त गरे पनि र मुलर
अनुसन्धानलाई तारो बनाउँदै ट्वीटको वर्षा गरे पनि उनले कानून तोडेको भन्दा पनि आफ्नो रिस पोखेको मात्र हो भने उनले कानूनी रूपमा केही गलत गरेका हैनन् ।
ट्रम्पको विभिन्न संस्थामाथि फौजदारी अनुसन्धान चाहिँ चलिरहेकै छन् – ट्रम्प फाउन्डेसन, शपथग्रहण समिति र ट्रम्प अर्गनाइजेसनले सम्पत्तिको मूल्य आँक्ने बीमा मूल्यलाई बढाएको वा घटाएको विषयमा अनुसन्धान भइरहेका छन् ।
ती अनुसन्धान चलिरहलान् । तर मुलरको प्रतिवेदनले ट्रम्प दोषी छैनन् भन्ने व्याख्या सम्भव गराएकाले उनका लागि यो सुखद स्थिति हो ।
अब यसको राजनीतिक पक्ष हेरौं ।
विपक्षी डेमोक्रेटहरूले यस विषयलाई तन्काइरहन चाहेको बुझ्न सकिने नै कुरा हो र एक अर्थमा विपक्षी दलको धर्म पनि यही हो । उनीहरूले राष्ट्रपतिलाई थप क्षति पु–याउन सक्लान् । तर यो उनीहरूका लागि एक अवसर भन्दा पनि यसले ल्याउने जोखम चाहिँ झनै ठूलो छ ।
सर्वसाधारण चाहिँ २२ महिनासम्म चलेको यो झन्झटिलो प्रक्रियापछि समाचार वेबसाइट हेर्नेछन् र सोच्नेछन्, ‘ल, ठीक छ । कुरा यही रहेछ । अघि बढौं ।’
कतिजना सामान्य मानिसले मुलरको थुप्रै अनुसूचीसहितको प्रतिवेदन अक्षरशः पढ्लान्, यदि प्रतिवेदनको पूर्णपाठ प्रकाशित नै भएछ भने पनि ?
धेरैले प्रतिवेदन पढ्लान् जस्तो लाग्दैन । हामी सबैको जीवन व्यस्त छ र कुनै कुरामा ध्यान कमै मात्र केन्द्रित रहन्छ ।
निकै सफल राजनीतिकर्मीहरूले त्यसलाई स्वीकार गर्छन् । मत दिने थुप्रै मानिसहरूले सोच्नेछन्, ‘धन्य ईश्वर, यो प्रकरण सकियो ।
बिल क्लिन्टनमाथि महाभियोग लगाइँदा रिपब्लिकनहरूले सामना गर्नुपरेको स्थितिमा अहिले डेमोक्रेटहरू छन् ।
राष्ट्रपति क्लिन्टनले झूटो बोलेको र मिथ्या बयान दिएको भए पनि सन् २००० मा ह्वाइट हाउस छोड्दा उनको समर्थन सूचकांक निकै उच्च थियो ।
किन ? किनकि एक त अर्थतन्त्र माथि चढिरहेको थियो । तर डेमोक्रेटहरू रिपब्लिकनको राजनीतिक खेलबाट वाक्कदिक्क भएका थिए । त्यतिखेर रिपब्लिकनहरूले देशभन्दा माथि आफ्नो राजनीतिक स्वार्थलाई राखेको देखिएको थियो ।
अनि त्यतिखेर जनतामा एउटै भाव थियो – रिपब्लिकन पार्टी अनावश्यक रूपमा राष्ट्रपतिको पछि लागेको (विचहन्ट) छ । विचहन्ट ट्रम्पको पनि प्रिय शब्द हो ।
कांग्रेसमा रहेका वरिष्ठ डेमोक्रेटहरू पहिलेदेखि नै महाभियोग लगाउने विषयमा सचेत छन् । तर अब स्वास्थ्य, काम, तलब, कलेजको फी, विद्यालय, लागूऔषध जस्ता सामान्य जनताका समस्यामा भन्दा राष्ट्रपतिलाई सत्ताच्युत गर्नमा डेमोक्रेटहरूले बढी चासो देखाएको र ध्यान केन्द्रित गरेको देखिने खतरा छ ।
डोनल्ड ट्रम्पले आफूमाथिको अनुसन्धान हावादारी र विचहन्ट भएको बताउँदै आएका थिए । र उनी यसमा सही ठहरिएका छन् ।
डेमोक्रेटहरूले यो भाष्यलाई जतिसुकै परिवर्तन गर्न खोजे पनि यो निकै कठिन हुनेछ ।
बीबीसीमा प्रकाशित जोन सोपेलको विश्लेषण
काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ । आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...
दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लाम...
बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...
कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ । चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् । सनु २०११ पछि नेतृत्वमा आएका किमको...
काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ । ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...
भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...