कात्तिक २१, २०८०
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौं-नेपाल बार एशोसिएशनको आसन्न चुनावका प्रत्यासी अधिवक्ता सुनिलकुमार पोखरेलले आफ्नो सम्पत्ति विवरण सार्वनिक गरेका छन । कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएशनको नयाँ नेतृत्वको चयन गर्न चुनाव आगामी चैत १६ गते हुँदैछ ।
यसैबीच वृहत लोकतान्त्रिक समूहको तर्फबाट अध्यक्षका लागि उम्मेदवारी दिएका अधिवक्ता सुनिलकुमार पोखरेलको प्यानलले चुनावी प्रचारप्रसारलाई तीव्र पारेको छ । आज चुनावी सभालाई सम्बोधन गर्दै पोखरेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
कति छ सम्पत्ति ?
ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ४ को कित्ता नं. ७२ मा ५ आनामा साढे दुई तल्लाको घर, भक्तपुरको दधिकोटमा वडा नं. ३ (क) को कित्ता नं. १२६२ र १२७० मा ४ आना जग्गा, मकवानपुर हेटौंडा नगरपालिका वडा नम्बर १७ मा १ कट्ठा जग्गा, र सप्तरीको राजगढ गाउँपालिका वडा नं. २ मा ४ कट्ठा १० धुर जग्गा रहेको पोखरेलले आफ्नो सम्पत्ति सार्वजनिक गर्ने क्रममा बताएका छन् ।
चल सम्पत्तिको रुपमा पोखरेलको सुन २५ तोला, चाँदी ४० तोला, र स्ट्याण्डर्ड चार्टड बैंक, प्रभु बैक र बैंक अफ काठमाडौंमा ११ लाख ५० हजार नगद रहेको छ भने १० लाख बराबरको विभिन्न बैंक तथा वित्तिय संस्थामा सेयर र एक हुन्डाइको कार रहेको छ ।
अधिवक्ता पोखरेलको नेतृत्वमा उपाध्यक्ष महिलातर्फ कविता थापा (कार्की) छन् । यस्तै प्रदेशतर्फको उपाध्यक्षमा प्रदेश १ मा डिल्लीबहादुर कार्की, २ मा सुधीरकुमार कर्ण, ३ मा राजेश्वर अधिकारी, ४ मा निरञ्जनलाल राजभण्डारी, ५ मा सुनिलकुमार श्रेष्ठ, ६ मा उत्तमप्रसाद आचार्य र प्रदेश ७ मा ठेकेन्द्रराज जोशी सहितको प्यानल चुनावी मैदानमा उत्रेको छ ।
निर्वाचनमा ६४ ले उम्मेदवारी दिएका छन । नेपाल बार एसोसियसनमा २५ सदस्यीय कार्यसमितिमा १३ पदाधिकारी र १२ सदस्य रहने व्यवस्था छ ।
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...