×

NMB BANK
NIC ASIA

‘मातृभूमि कप मैत्रीपूर्ण क्रिकेट प्रतियोगीता’को तयारीमा कलाकारहरु [फोटोफिचर]

चैत २१, २०७५

NTC
Premier Steels

काठमाडौं- धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्ने ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण सहयोगार्थ चैत २३ गते अर्थात आउँदो शनिबार त्रि.वि क्रिकेट मैदान कीर्तिपुरमा ‘मातृभूमी कप मैत्रीपूर्ण क्रिकेट प्रतियोगीता’ आयोजना गर्दैछ । 

Muktinath Bank

प्रतियोगीतामा राष्ट्रिय क्रिकेट टिमका खेलाडी र कलाकारबीच प्रतिस्पर्धा हुनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्रिकेट खेलाडीहरुको टिमलाई राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले नेतृत्व गर्नेछन् भने कलाकारहरुको नेतृत्व हाँस्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गर्नेछन् । 


Advertisment
Nabil box
Kumari

अहिले प्रतियोगीताको तयारी भब्य रुपमा भईरहेको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ ले जानकारी दिए । उनले कलाकारहरु नियमित अभ्यासमा रहेको बताए । कलाकारहरुको टिमलाई नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले प्रशिक्षण दिईरहेका छन् । 

Vianet communication

कलाकारहरुको तर्फबाट भने पूर्व खेलाडी समेत रहेका कमल मैनाली र सुनिल थापाले पनि प्रशिक्षण दिईरहेका छन् । 

अहिले अभ्यास खेलमा सुनिल थापा, बद्री पंगेनी, कुमार कट्टेल, सन्दीप क्षेत्री, राजु ढकाल, घनश्याम गौतम, सन्तोष लामा, सरोज खनाल, दयाहाङ राई, निश्चल बस्नेत, हेमन्त शर्मा, हेमन्त राना, सुरज सिंह ठकुरी, राजा राजेन्द्र पोखरेल, अर्जुन घिमिरे‘पाँडे’, निर्मल शर्मा, अनुराग कुँवर, कृष्ण काफ्ले र सलिनमान बनिया दैनिक उपस्थित भईरहेका छन् । 

यसैबीच ‘मातृभूमी कप’बाट उठेको रकमको १५ प्रतिशत आँधी प्रभावित क्षेत्रमा खर्च गर्ने गरिने भएको छ ।  

फाउण्डेशनका अध्यक्ष सितारामले सामाजिक संजाल फेसबुकमा एक स्टटस पोष्ट गर्दै बारा र पर्सामा राहत बाँडेको र निरन्तर अभियान चलिरहने जानकारी गराए । 

प्रतियोगीता हेर्नका लागि ३ सय र १ हजार रुपैयाँको टिकटदर राखिएको छ । 

तस्वीर सौजन्यः धुर्मुस–सुन्तली फाउण्डेशन
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x