पुस १९, २०८०
यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...
चैत २९, २०७५
काठमाडौं –मन्त्रालयहरूले सवारी प्रयोगकर्तालाई मासिक उपलब्ध गराउने इन्धनमा चरम बेथिति रहेको पाइएको छ । लोकान्तरले मन्त्रालयहरूसँग सवारी साधन र प्रयोगकर्ताको सूची, उनीहरूले मासिक पाउने इन्धन लगायतका सुविधाबारे विवरण मागेको थियो ।
यसक्रममा केही मन्त्रालयले सूचना नै लुकाए भने उपलब्ध गराएकाहरूमा पनि एकरूपता नरहेको पाइयो । यतिसम्म कि एक मन्त्रालयमा त उपसचिवले पनि मन्त्रीसरह इन्धन लिने गरेका रहेछन् ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका केही उपसचिवले मन्त्रीसरह इन्धन सुविधा पाउने गरेको थाहा पाएपछि हामीले सूचना अधिकारी सुनिता नेपालसँग जिज्ञासा राखेका थियौं । घर टाढा रहेका उपसचिवहरूले बढी इन्धन पाउने गरेको उनले बताइन् । ‘एकजना त कलंकीभन्दा अलि परसम्म पुग्नुपर्छ,’ घर टाढा रहेको पुष्ट्याइँ स्वरूप उनले भनेकी थिइन् ।
जसले सूचना लुकाए
हामीले सूचना मागेका मध्ये अर्थ, शिक्षा, उद्योग र वन मन्त्रालयले सूचना नै उपलब्ध गराएनन् । प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले सवारीको संख्या मात्र दिएर झारा टार्ने काम गर्यो भने गृह र रक्षा मन्त्रालयले अपुरो सूचना उपलब्ध गराएका छन् । सञ्चार, स्वास्थ्य, ऊर्जा र खानेपानी मन्त्रालयले मन्त्रीहरूले पाउँदै आएको इन्धनको विवरण उपलब्ध गराएका छैनन् ।
कुनै मन्त्रीलाई २२०, कुनैलाई १०० लिटर इन्धन !
शहरी विकास मन्त्री मोहमद इश्तियाक राई र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालले मासिक २०७ लिटर इन्धन लिने गरेका छन् ।
श्रम मन्त्री गोकर्ण विष्टले मासिक २००, संघीय मामिला मन्त्री लालबाबु पण्डितले १५०, कानून मन्त्री भानुभक्त ढकालले १३० र महिला मन्त्री थममाया थापाले प्रयोग गर्ने सवारीलाई मासिक १२० लिटर इन्धन उपलब्ध हुन्छ ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा र उनको सचिवालय दुवैकालागि प्रयोग हुने गाडीलाई मासिक १००/१०० लिटर इन्धन मन्त्रालयले उपलब्ध गराउने गरेको छ । यस्तै शहरी विकास मन्त्रीको स्वकीय सचिवालयका दुई गाडीलाई ८०/८०, महिला मन्त्रालयको सचिवालयले १२० र कानून मन्त्रीको सचिवालयले ७२ लिटर इन्धन मासिक पाउने गरेको देखिन्छ ।
सचिवलाई अधिकांशमा १००, पर्यटन र महिलामा १२० !
सचिवहरूले प्रयोग गर्ने सवारी साधनको हकमा आंशिक मेल रहेको पाइएको छ । महिला मन्त्रालयमा हाल सचिव पद रिक्त छ । तर सचिव हुँदा १२० लिटर इन्धन मासिक उपलब्ध गराउने गरेको देखिन्छ । यस्तै पर्यटन मन्त्रालयमा सचिवले मासिक १२० लिटरसम्म इन्धन पाउने गरेको देखिन्छ । विवरण उपलब्ध गराएका अन्य मन्त्रालयमा सचिवहरूले मासिक १०० लिटर इन्धन पाउने गरेका छन् ।
सह–सचिवलाई कतै ७०, कतै १२० लिटर !
महिला मन्त्रालयले सह–सचिवलाई नै मासिक १२० लिटर इन्धन उपलब्ध गराउने गरेको छ । पर्यटन मन्त्रालयमा सहसचिवले मासिक ९० लिटरसम्म इन्धन पाउँछन् भने भूमि व्यवस्था र शहरी विकास मन्त्रालयले सहसचिवलाई ८० लिटरका दरले इन्धन मासिक उपलब्ध गराउने गरेको देखिन्छ । सूचना उपलब्ध गराएका मध्ये बाँकी मन्त्रालयमा कतै ७० त कतै ७२ लिटर इन्धन सह–सचिवहरूले मासिक पाउने गरेका छन् ।
उपसचिवसहित अन्यलाई कतै ४०, कतै १२० लिटर !
सबै मन्त्रालयमा उपसचिवले सवारी सुविधा पाएका त छैनन्, तर जुनमा सुविधा पाएका छन् तिनमा इन्धनमा एकरूपता पाइँदैन । महिला मन्त्रालयका उपसचिवले १२० लिटरसम्म इन्धन पाउने गरेको देखिन्छ भने थोरैमा कानून मन्त्रालयका उपसचिवले मासिक ४० लिटर इन्धन पाउँछन् ।
कतिपय मन्त्रालयमा भने उपसचिवहरूले साझेदारीमा चारपांग्रे सवारी प्रयोग गर्ने गरेकाले इन्धनमा केही तलमाथि हुने गरेको पाइयो । पूलमा रहेका सवारी साधनहरूको हकमा पनि प्रयोग अनुसार घटबढ हुने गरेको देखिन्छ ।
हेर्नुहोस्, विवरण :
हेर्नुहोस् शृंखलाका १२ भाग :-
भाग- १२ : सरकारी सम्पत्तिमा खिया : वन विभागका ६० प्रतिशतभन्दा बढी गाडी कुहिएर उम्रियो झार !
भाग- ११ : प्रधानमन्त्रीकै वरिपरि अपारदर्शी कर्मचारी, २२ दिन कुराएर सूचना दिन कन्जुस्याइँ
भाग- १० : विद्युत् प्राधिकरणको गाडीमा मन्त्रीको रजाइँ, सचिवालयका २ सहित ४ गाडी मन्त्रीको प्रयोजनमा
भाग- ९ : सरकारी गाडीमा मन्त्रीका सल्लाहकारको रजाइँ- कसैलाई प्राडो, कसैलाई पजेरो !
भाग- ८ : उपराष्ट्रपतिकै प्रयोजनमा १० गाडी, फरक ब्राण्ड र समयमा किनिएका गाडीको मूल्य उही !
भाग- ७ : मानव अधिकार आयोगमा गाडीको लश्कर, अध्यक्षभन्दा सदस्य चढ्छन् महंगो र नयाँ गाडी
भाग- ६ : सञ्चार मन्त्रालयका पाँच गाडी ‘पूल’मा, क–कसले लिन्छन् सवारी सुविधा ?
भाग- ५ : भूमि व्यवस्था मन्त्रीको सचिवालयलाई नै दुई गाडी, पाँचवटा बिग्रिएर प्रयोगविहीन !
भाग- ४ : यातायात मन्त्रालयका सचिवलाई सेतो र रातो प्लेटका दुई गाडी, एउटैको मूल्य करोडभन्दा बढी !
भाग- ३ : शहरी विकासमा मन्त्रीका आसेपासेको रजगज, सचिवलाई दिउँसो र बेलुका बेग्लाबेग्लै गाडी !
भाग- २ : महिला मन्त्रीलाई काठमाडौंभित्र र बाहिरलाई छुट्टाछुट्टै गाडी, उपसचिवलाई मन्त्रीसरह इन्धन !
भाग- १ : खेलकुद मन्त्रालयका सचिवलाई दुई विलासी गाडी, कार्यालय सहयोगीसम्मलाई सवारी सुविधा [विवरणसहित]
यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...
धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...
कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...