कात्तिक १८, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
काठमाडौं–काम नगरी तलबभत्ता बुझेको भन्दै अख्तियारले पत्र काटेपछि श्रम कार्यालय विराटनगरका वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले आफू भ्रष्टाचारी प्रमाणित भए टुँडिखेलमा झुण्ड्याएर मर्न तयार रहेको अभिव्यक्ति दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोप सहितको पत्र पठाएपछि उनको प्रतिक्रिया कस्तो रहला भन्ने सर्वत्र चासोको विषय बनेको थियो ।
निर्वाचन आयोग, क्षेत्रीय कार्यालय विराटनगरमा रहँदा काम नगरी एक महिनाको तलब भत्ता लिएको उजुरी परेपछि अख्तियारले सञ्जेलको नाममा वैशाख ४ गते पत्र काटेर श्रम कार्यालयमा पठाएको थियो । क्षेत्रीय निर्वाचन कार्यालयको प्रमुख रहँदा २०७३ साल फागुन १७ गतेदेखि चैत २३ गतेसम्म हाजिरी नै नगरी तलब भत्ता बुझेको भन्दै सञ्जेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।
तीन दिनभित्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित हुन आदेश सहित आएको पत्रको सन्दर्भमा बोल्दै सञ्जेलले शुक्रवार आफू बयान दिन जाने बताएका हुन् । सञ्जेलका विरुद्ध उजुरी परेपछि अख्तियारको सम्पत्ति अनुसन्धान तथा मूल्यांकन महाशाखाले उनलाई तीन दिनभित्र हाजिर हुन भनेको छ ।
बुधवार प्राप्त पत्रमा उनलाई भ्रष्टाचार गरेको आरोप लागेको छ । पत्र प्राप्त गरेपछि बिहीवार संचारकर्मीसँग कुराकानी गर्दै उनले आफू छाती ठूलो बनाएर अख्तियारमा बयान दिन जाने बताए ।
‘शुक्रवार अख्तियारमा बयान दिन जाँदैछु,’ संजेलले भने, ‘मैले सर्वोच्च अदालतको आदेश अनुसार सो अवधिको तलब भत्ता बुझेको हुँ ।’
सञ्जेलले आफू भ्रष्टाचारी भएको ठहर भए टुँडिखेलमा झुण्ड्याएर मारे हुन्छ भन्दै चुनौति दिए । कोही कसैले उजुरी हाल्दैमा आफू नडराउने उनको भनाइ थियो ।
आफूले अदालतको आदेश अनुसार नै तलब भत्ता बुझेको उनको जिकिर छ । सञ्जेललाई यस अघि पटक–पटक मौखिक रूपमा उपस्थित हुन भनिएको थियो । तर उनले मौखिक रूपमा आएको आदेश नमान्ने अडान लिएका थिए ।
सञ्जेलले पत्र पाएपछि आफू बल्ल बयान दिन जान तयार रहेको बताएका हुन् ।
मन्त्रिपरिषद् निर्णय
सरकारले ट्राफिक प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका, २०७५ लाई स्वीकृत गरेको छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहीवार पत्रकार सम्मेलन गर्दै वैशाख २ गते बसेको मन्त्रिपरिषद् बैठकले यस निर्देशिकालाई स्वीकृत गरेको जानकारी गराएका हुन् ।
त्यस्तै मन्त्रिपरिषद् बैठकले सगरमाथा संवाद सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारले शैक्षिक सत्र, २०७६ को विद्यार्थी अभियान कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
बैठकले सहसचिव हरिप्रसाद बस्याललाई बढुवा गरी पोखरास्थित प्रदेश नम्बर ४ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रमुख सचिवमा पदस्थापन गरेको छ । त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुरेश अधिकारीलाई कायम मुकायम गरी प्रदेश नम्बर १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिवमा पदस्थापन गरेको छ ।
सरकारले स्वास्थ्य मन्त्रालयका सचिव चन्द्र घिमिरेलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सचिवमा पदस्थापन गरेको छ ।
नेपालको पहिलो भूउपग्रह प्रक्षेपण
नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ सफलतापूर्वक प्रक्षेपण गरिएको छ ।
नेपाली विज्ञान प्रविधिको इतिहासमै पहिलो पटक भूउपग्रह बिहीबार संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यबाट नेपाली स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरिएको हो ।
नेपालले आफ्नै स्याटेलाइट भूउपग्रहमा प्रक्षेपण गरेसँगै नेपाल स्याटेलाइट प्रक्षेपण गर्ने मुलुकहरूको सूचीमा परेको छ ।
नेपालको स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण गरिएको नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्र्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार आज बिहान ३ः३० बजे आइएसएस डकिङ ‘अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र’ मा जोडिएको छ ।
संयुक्त राष्ट्र सङ्घको बाह्य अन्तरिक्ष मामिलासम्बन्धी कार्यालय (युनुसा)मा दर्ताको परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अघि बढाइएको प्रमुख ढकालले बताए ।
जापानको क्युसु विश्वविद्यालयले क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) बाट स्पेस टेक्नोलोजीमा इञ्जिनीयरिङ गरिरहनुभएका आभाष मास्के र इलेक्ट्रिकल इञ्जिनीयरिङमा स्नातकोत्तर गरिरहनुभएका हरिराम श्रेष्ठको पहलमा उक्त कार्यक्रम जापानको ‘बर्ड–३’ परियोजनाअन्तर्गत अमेरिकाबाट अघि बढेको नास्टले जनाएको छ ।
‘बर्ड–३’ ले जापान, नेपाल र श्रीलङ्काको भूउपग्रह अमेरिकाबाट एकैसाथ प्रक्षेपण गरेको छ । नेपाली भूउपग्रहको नाम ‘नेपाली क्युबसेट स्याट–१’, श्रीलङ्काको ‘रावण–१’ र जापानको ‘यू–बिसु’ राखिएको छ ।
न्यायाधीशको नाम अनुमोदित
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित पाँच न्यायाधीशको नाम बिहीबार सर्वसम्मत अनुमोदन गरेको छ । सिंहदरबारमा बसेको सुनुवाइ समितिले अदालतका लागि प्रस्तावित न्यायाधीश प्रकाशकुमार ढुङ्गाना, सुष्मालता माथेमा, हरि फुयाँल, कुमार रेग्मी र मनोजकुमार शर्माको नाम अनुमोदन गरेको हो ।
अमेरिकी जेलमा नेपाली
अमेरिकी सरकारले गैरकानुनी रुपमा सीमा क्षेत्रबाट प्रवेश गर्ने विदेशीलाई जेलमा नै राख्ने निर्णय गरेको छ । यो निर्णयसँगै महिनौं लगाएर अमेरिका पुगेका नेपालीले अदालतको निर्णय नआउन्जेल जेलमा नै बस्नुपर्ने भएको छ । यसअघि अमेरिका प्रवेश गर्नेले एसालम आदेश दिएपछि धरौटीमा रिहा गर्ने प्रावधान रहेको थियो । यो प्रावधान बुधबारदेखि हटाइएको छ ।
युएस इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्टले दिएको दिएको जानकारीअनुसार अमेरिकाको विभिन्न शहरमा बनाइएका ७१ अध्यागमन जेलमा तीनसय भन्दा बढी नेपाली जेलमा छन् । सबैभन्दा बढी नेपाली जर्जिया, एरिजोना र अलाबामा राज्यको अध्यागमन जेलमा छन् । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ ।
चन्द समूहलाई मूलधारमा ल्याउनुपर्छः अध्यक्ष थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले नेत्रविक्रम चन्द समूहका सम्भव भएका राजनीतिक मागलाई सम्बोधन गरी उनीहरुलाई मूलधारमा ल्याउनुपर्ने बताएका छन् ।
उनले लोकतान्त्रिक मुलुकमा शान्ति र समृद्धि कायम गर्न उक्त समूहलाई निषेधको राजनीति गर्न नहुनेमा जोड दिँदै उनीहरुका हिंसात्मक गतिविधलाई भने नियन्त्रण गनुपर्ने बताए ।
गुम्यो ६ करोड सेवा शुल्क
विदेशमा अध्ययन गर्न जाने विद्यार्थीबाट शिक्षण शुल्कवापत विदेशी मुद्रा सटही गर्दा लाग्ने सेवा शुल्क नलिँदा एक वर्षको अवधिमा मुलुकलाई रु साढे छ करोड राजश्व घाटा भएको छ । छिमेकी भारतमा उच्चशिक्षाका लागि अध्ययन गर्न जाने नेपाली विद्यार्थीबाट त्यस्तो शिक्षण शुल्कको एक प्रतिशतका लाग्ने सेवा शुल्क अशुल नगरिएको पाइएको हो ।
महालेखापरीक्षकको छपन्नौँ वार्षिक प्रतिवेदन २०७५ ले सोवापत् रु छ करोड २७ लाख ५२ हजार राजश्व घाटा भएको जनाएको छ । विदेशिक अध्ययनमा शिक्षा सेवा शुल्कका लागि आर्थिक ऐन, २०७४ को दफा ८ को उपदफा १८ मा लगाई असुल गर्ने व्यवस्था रहेकोमा आर्थिक ऐन, २०७५ ले दुई प्रतिशत सेवा शुल्क पु¥याएको छ ।
त्रिभुवन विश्वविद्यालयको अभिलेखअनुसार विभिन्न सङ्कायमा पाँच हजार ९३१ विद्यार्थीले भारतमा गई स्नातक तहको अध्ययन गरेपछि यो वर्ष समकक्षता प्रमाणपत्र लिएका थिए । पाठ्यक्रम विकास केन्द्रबाट प्राप्त विवरणमा भारतमा अध्ययन गरी यो वर्ष १० कक्षा र १२ कक्षा उत्तीर्ण गर्ने आठ हजार ४९३ विद्यार्थीले यो वर्ष समकक्षता प्रमाणपत्र लिएको प्रतिवेदनले देखाएको छ ।
फोरजी देशभर विस्तार गरिने
नेपाल टेलिकमले जतिसक्दो चाँडो फोरजी सेवालाई देशव्यापीरुपमा विस्तार गर्ने भएको छ । देशभर सातै प्रदेशमा सेवा फोरजी सेवा विस्तारका लागि तीन वटा सम्झौता सम्पन्न भएको प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।
प्रबन्ध निर्देशक अधिकारीका अनुसार कम्पनीले फोरजी÷एलटीइ आयोजना, मध्यपहाडी लोकमार्ग अप्टिकल फाइबर आयोजना, एफटिटीएच सेवा विस्तार र गुणस्तर सुधार गर्ने टेलिकमको योजना छ । कम्पनीले नेपालमै पहिलोपटक २०७३ पुस १७ (२०१७ जनवरी १) मा काठमाडौँ उपत्यका र पोखराबाट फोरजी सेवा शुरु गरेको थियो ।
पत्रकार गिरी रिहा
प्रहरी हिरासतमा रहेका पत्रकार अर्जुन गिरी काठमाडौँ जिल्ला अदालतको आदेशमा रिहा भएका छन् ।
पोखराबाट प्रकाशन हुने ‘ताण्डव’ साप्ताहिक र ‘ताण्डवन्युज डटकम’का सम्पादक गिरी समाचार लेखेकै आधारमा साइबर अपराध कानूनअन्तर्गत पक्राउ परेको भनी नेपाल पत्रकार महासङ्घ र विभिन्न सङ्गठनले विरोध गर्दै आएका थिए । न्यायाधीश अम्बरराज पौडेलको एकल इजलासले गिरीलाई साधारण तारेखमा छाड्न बिहीबार आदेश दिएको थियो ।
सम्पादक गिरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले यही वैशाख २ गते पोखराबाट पक्राउ गरेको थियो । प्रकाशित समाचारका विषयमा चित्त नबुझेमा प्रेस काउन्सिल नेपालमा उजुरी गर्ने कानूनी प्रावधान विपरीत पत्रकारमाथि विद्युतीय कारोवार ऐनमा कारवाही चलाइएकामा आपत्ति जनाइएको थियो ।
राष्ट्रपतिद्वारा आठौँ राष्ट्रिय खेलकूदको उद्घाटन
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार आठांैँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन गरिन् । राष्ट्रपति भण्डारीले नेपालगञ्ज रङ्गशालामा प्रतियोगिता शुरु भएको घोषणा गर्दै उद्घाटन गरेकी हुन् ।
प्रतियोगिता उद्घाटनअघि सहभागी ११ टोलीले मार्चपास गरेका थिए । सो अवसरमा विभिन्न जातजातिको वेशभूषासहितको सांस्कृतिक झाँकी प्रदर्शनी गरिएको थियो । राष्ट्रिय खेलकूद प्रतियोगिताका सदस्य सचिव केशवकुमार विष्टले स्वागत मन्तव्य राखेका थिए ।
उद्घाटन समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले नेपालको राष्ट्रिय झण्डासहित मार्चपास गरेका थिए । युवा तथा खेलकूदमन्त्री एवं प्रतियोगिता मूल आयोजक समितिका अध्यक्ष जगतबहादुर विश्वकर्माले झण्डोत्तोलन गरेका थिए ।
नेपाल विश्वकपमा छनोट हुन सकेन
मलेसियामा जारी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) यू–१९ एक दिवसीय विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटको अन्तिम खेलमा नेपालले कुवेतलाई पराजित गरेको छ ।
बिहीबार भएको अन्तिम खेलमा नेपालले कुवेतलाई आठ विकेटले पराजित गरे पनि विश्वपकमा भने छनोट हुन सकेन । क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा कुवेतले दिएको १५८ रनको लक्ष्य नेपालले २८ ओभरमा मात्र दुई विकेट गुमाएर पुरा ग¥यो ।
नेपालको जीतमा रित गौतम र पवन सर्राफले अर्धशतकीय इनिङ्स खेले । पहिलो विकेटका लागि रित र पवनले ९३ रनको साझेदारी गरेका थिए । रित ६२ रनमा आउट हुँदा पवनले ५३ रन बनाए । यस्तै आसिफ शेखले अविजित ३३ रन बनाए ।
कुवेतका अब्दुल शादिक र हमुद अमनउल्लाहले एक÷एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले १९ ओभर चार बलमा अलआउट हुँदै १५७ रन बनाएको थियो ।
कुवेतका लागि नोमन बुन्द्रोले ७० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै गोकुल कुमारले ३६ तथा हमुद अमनउल्लाहले १७ र मिट भाब्सरले १० रन बनाएका थिए । नेपालका कप्तान रोहित कुमार पौडेलले तीन विकेट लिए । यस्तै कुशल मल्ल, सूर्य तामाङ र राशिद खानले समान दुई÷दुई विकेट लिए ।
कुवेतलाई पराजित गरे पनि नेपाल विश्वकपमा छनोट हुन सकेन । नेपालले दोस्रो स्थानमा रहेर छनोट खेल सकाएको छ । नेपालले पाँच खेलमा चारमा जीत र एक हारसहित आठ अङ्क जोड्न सफल भयो । छनोटबाट संयुक्त अबर इमिरेट् (युएइ) पाँच खेलबाट पाँचमै जीत निकाल्दै विश्वकपमा छनोट भएको छ । छनोटमा नेपालले पहिलो खेलमा सिङ्गापुरलाई २१७ रनले पराजित गरेकामा दोस्रो खेलमा युएईसँग एक रनले पराजित भएको थियो । यस्तै नेपालले तेस्रो खेलमा मलेसियालाई आठ विकेट र चौथो खेलमा ओमानलाई १५० रनले हराएको थियो ।
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...