पुस ६, २०८०
दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...
काठमाडौं – बलिउड अभिनेता सन्नी देओल मंगलवार भारतीय जनता पार्टीमा प्रवेश गरेका छन् । उनलाई पञ्जाबको कुनै लोकसभा सीटबाट उठाउन सकिने अनुमान गरिएको छ ।
‘बुवा धर्मेन्द्र पूर्व प्रधानमन्त्री वाजपेयीजीसँग जोडिनुभएको थियो । म मोदीजीसँग जोडिँदैछु । उहाँले देशका लागि धेरै गरिसक्नुभएको छ र उहाँले नै देशलाई अघि बढाउनुहुनेछ । देशमा उहाँ जस्ता नेता आवश्यक छन्,’ ६२ वर्षीय अभिनेताले भने । आफूले जे गरे पनि भित्री हृदयबाटै गर्ने उनको भनाइ छ ।
उनलाई पार्टीमा स्वागत गर्दै रक्षामन्त्री निर्मला सीतारमणले भनिन्, ‘म लोकप्रिय अभिनेता सन्नी देओललाई भाजपामा स्वागत गर्न पाउँदा खुशी छु ।’
देओल परिवारको भाजपासँगको लामो सम्बन्धको स्मरण गर्दै नेता पीयूष गोयलले सन्नीका पिता वरिष्ठ अभिनेता धर्मेन्द्रले बिरामी हुँदा पनि सन् २००४ मा बिकानेरबाट चुनाव लडेर प्रचण्ड बहुमत ल्याएको बताए । सन्नीले पनि राजनीतिमा छाप छोड्ने आशा गोयलले गरे ।
धर्मेन्द्रले सन् २००४ र २००९ मा बिकानेर लोकसभा सीट जितेका थिए । अहिलेको चुनावमा उनले आफ्नी पत्नी हेमा मालिनीका लागि मथुरामा चुनाव प्रचार गरिरहेका छन् ।
सन्नीले अघिल्लो साता भाजपा अध्यक्ष अमित शाहलाई भेटेका थिए र उनले अमृतसर वा गुरदासपुरबाट चुनाव लड्ने अनुमान गरिएको छ ।
हिन्दुस्तान टाइम्सबाट
दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...
अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् । यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...
अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...