×

NMB BANK
NIC ASIA

नेकपा संसदीय दलको बैठक : वैशाख २२ गतेसम्म प्रदेशले नाम र स्थायी राजधानी पाउने

बैशाख ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर- नेकपा संसदीय दलको बैठक बुधवार साँझ सकिएको छ । प्रदेश १ सभा सचिवालयको हलमा भएको बैठकमा नेकपाका सांसदहरुले सरकारको कडा आलोचना गरेका छन् ।

Muktinath Bank

दिनभरी बसेको बैठकले ३ वटा बिषयमा छलफल गरेको हो । बैठकको निर्णयबारे जानकारी दिँदै नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले दलको बैठकमा वृहत बिराट क्षेत्र, सरकार संचालन र पार्टीको लेबी सम्बन्धमा छलफल भएको जानकारी दिए । सरकारले ल्याएको वृहत बिराट क्षेत्र विधेयकमा संसदमा हंगामा मच्चिने काम भएकोले त्यसलाई बुझाउने काम भएको प्रमुख सचेतक राजभण्डारीको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारको काम कारवाही सुस्त भएको हो की भन्ने बारेमा कर्मचारी अभाव, संयन्त्रको अभाव, भौतिक संरचनाको अभाव नै समस्याको रुपमा आएको मुख्यमन्त्री शेरधन राईले जवाफ दिएका थिए ।


Advertisment
Nabil box
Kumari

सेवा सुविधाको१० प्रतिशत पार्टीलाई

Vianet communication
Laxmi Bank

संसदीय दलको बैठकमा लेबीको सम्बन्धमा पनि सांसदहरुले छलफलमा भाग लिएका छन् । पार्टीको निर्णयलाई भन्दा पनि कति तिर्न सक्ने भन्ने बारेमा सांसदहरुले धारणा राखेका हुन् । पार्टीको तर्फबाट सांसदले ८ हजार र मन्त्रीले १० हजार मन्त्रीले तिर्नु पर्ने निर्णय भएपनि त्यसमा सांसदहरुले असन्तुष्टि जनाउँदै आएका थिए ।

बैठकपछि सांसदहरुले पाउने सेवा सुविधाबाट १० प्रतिशत मात्र तिर्ने बारेमा छलफल भएको प्रमुख सचेतक राजभण्डारीले जानकारी दिए । पाउने सेवा सुविधा भन्दा बढी सांसदहरुले नतिर्ने अडान लिएका छन् ।

मुख्यमन्त्रीकैमन्त्रालयमा सांसदको चासो

मन्त्री नभएको मन्त्रालयमा जनताले सोचे अनुसार काम नभएको भन्दै सांसदले सरकारको आलोचना गरेका छन् । मुख्यमन्त्रीले नै हेरेको भौतिक पूर्वाधार र भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा जनताले चाहे अनुसारको कामै नभएको बताएका हुन् । सांसदले संसदीय दलको बैठकमा सरकारले गरेका समग्र कामको बारेमा प्रश्न उठाएका थिए ।

‘सबै कामको बारेमा मुल्याङ्कन भएको छ,' प्रमुख सचेतक राजभण्डारीले भने, ‘मन्त्री नभएको बेलामा कर्मचारीले काममा हेलचेक्र्याई भएको हो कि भन्ने सांसदको प्रश्न थियो ।’

सांसदको प्रश्नमा मुख्यमन्त्री राईले काममा त्यस्तो समस्या नभएको भन्ने जवाफ दिएको बताए । यदि समस्या आएको भए त्यसलाई समाधान गर्न सकिने मुख्यमन्त्रीले जवाफ दिएको राजभण्डारीले बताए ।

उपनेता ह्वीपको बिरोधमा

संसदीय दलको बैठकमा २२ गतेभित्र प्रदेशको नाम र राजधानी सभाबाट टुङ्ग्याउने बारेमा पनि छलफल भएको छ । १५ गते वृहत विराट क्षेत्र विधेयकलाई पारित गर्ने र त्यसपछि प्रदेशको नाम र राजधानी सदनमा प्रवेश गर्ने विषयमा पनि छलफल भएको बैठकमा सहभागी सांसदले बताएका छन् । बैठकमा केही सांसदले प्रदेशको नाम र राजधानीको बारेमा ह्वीप लगाउन नहुने बताएका थिए । बहुसंख्यक सांसदलाई ह्वीप लगाएर अप्ठेरोमा पार्ने काम गर्न नहुने बताए । ह्वीप लगाउन नहुने, ह्वीप मान्नै पर्छ भन्ने जरुरी छैन । केही सांसदले भोलि नोट अफ डिसेन्ट लेख्नसक्ने समेत स्रोतले बताएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x