फागुन २६, २०८०
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
काठमाडौं – २०७२ सालको वैशाख १२ गतेको त्रासदीपूर्ण भूकम्पलाई नजिकबाट नियाल्ने र पदीय दायित्वका हिसाबले आफैं सक्रिय भएर पीडितका लागि खटेको अनुभव छ काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालको ।
त्यो दिन ११ बजेर ५६ जाँदा जब भूकम्पले आफ्नो शक्ति देखाउन थाल्यो, एकाएक चारैतिर कोलाहल मच्चियो । भागदौड मच्चियो ।
अर्याल पनि भुइँचालो, भुइँचालो भन्दै भाग्नेहरूबीच उभिएका एउटा पात्र हुन् । सर्वसाधारण आफ्नो ज्यान जोगाउने विकल्पबारे सोच्दै थिए । तर जमिनको त्यो कम्पनलाई जित्ने सामर्थ्य न त आम जनतामा थियो, न त पदीय दायित्वसहित प्रमुख जिल्ला अधिकारी अर्यालसँग नै थियो ।
‘त्यतिखेर म कोटेश्वरमा थिएँ, कोटेश्वरको टंक प्रसादको सालिक नजिक थिएँ,’ अर्याल भन्छन्, ‘त्यतिबेला सिन्धुलीको सीडीओ सा’प मसँगै हुनुहुन्थ्यो । निकैबेरसम्म हामी गाडीबाट झर्न सकेनौं । गाडीको ढोका हामीले खोल्न सकेनौं । कसो–कसो गरेर ढोका खोलेपछि हामी झर्यौं । त्यसपछि हामी हिँड्न सक्ने वातावरण थिएन र भुइँमा बस्यौं । नजिकैको फलामको बारमा समात्यौं । त्यतिबेला केही सोच्न सकिएन । त्यतिखेर मैले मेरो परिवारको बारेमा मात्र सोचें ।’
जिल्ला प्रकोप उद्दार समितिको अध्यक्षको हैसियतमा उनले आफ्नो कर्तव्य निभाउन बाँकी थियो । लगातारको परकम्पले उनलाई अघि बढ्न रोकिरहेको थियो । उनी सरोकारवालासँग सम्पर्क गर्दै अघि बढे ।
‘हामी हिँड्न पनि सकेनौं, गाडी चलाउन सक्ने वातावरण पनि थिएन,’ त्यो त्रासदीपूर्ण समयलाई अर्याल यसरी सम्झन्छन्, ‘सर्वप्रथम त्यतिखेर मैले आफ्नो सचिवज्यूलाई फोन गरें, धन्न फोन लाग्यो र उहाँ सकुशल भएको थाहा पाएँ । हामी अलि अगाडि बढ्यौं । घरमा पनि फोन लाग्यो, घर परिवार ठीक छ भन्ने थाहा पाएँ । करीब १ बजेको समयसम्म म मेट्रो पुलिस रानीपोखरीमा पुगें ।’
त्यतिबेला सम्पत्तिको मोह अर्यालले कसैमा नदेखेको जिकिर गर्छन् । ‘काठमाडौंका २०–२५ लाख मान्छेहरू सडकमा आउने अनुमान मैले गरेको थिएँ र त्यही अनुसारका मान्छे सडकमा आइरहेका थिए,’ अर्याल भन्छन्, ‘कोटेश्वरबाट रानीपोखरीसम्म पुग्दा जमिन हल्लिरहेको थियो । कसैले को हरायो भन्दै रोइरहेका थिए भने कसैले घाइतेलाई अस्पताल लैजाने तयारी गर्दै थिए ।’
त्यतिबेला एम्बुलेन्स, खानेपानी बोकेको ट्यांकर र सुरक्षा निकायका सवारीबाहेक केही नचलेको अर्याल स्मरण गर्छन् । ‘तिनै सवारीसाधन पनि निकै थोरै चलिरहेको अवस्था थियो,’ अर्याल स्मरण गर्छन्, ‘त्रासदी थियो, एउटा डरलाग्दो स्थिति थियो । तर पनि एउटा जिम्मेवारी लिएको हिसाबले मैले के गर्ने भन्ने प्लान गर्न जरुरी थियो । यो त्रासदीपूर्ण अवस्थाको व्यवस्थापन त्यतिबेलैदेखि गर्न जरुरी थियो, जतिबेला भूकम्प जान शुरू भएको थियो ।’
१ बजेतिर महानगरीय प्रहरी कार्यालयमा आकस्मिक बैठक बस्यो । त्यसपछि क्षतिको जानकारी बिस्तारै आउँदै गयो । तत्काल मानवीय क्षतिको अनुमान लगाउन कठीन थियो । न कोही सडकमा सुरक्षित थियो, न कोही घरमा सुरक्षित थियो । शहर ढलेको थियो, गाउँ पनि ढलेको थियो ।
‘बालाजुमा यति मान्छेको मृत्यु भयो, त्यहाँ रेस्क्यु गर्दिनुपर्यो । सीतापाइलामा यति घटना घट्यो त्यहाँ आएर हेर्दिनुपर्यो जस्ता धेरै अनुरोध आएका थिए,’ उनी सम्झिन्छन्, ‘धरहरा कोल्याप्स भएको थियो, साँखुमा त्यस्तै समस्या थियो । धेरै मान्छेहरू रुँदै चिच्याउँदै मलाई फोन आइरहेको अवस्था थियो । त्यतिबेला उद्दारका लागि प्रहरी परिचालन भइसकेको थियो । हामीले हामीसँग उद्दारका लागि के–के उपलब्ध छन्, कति जनशक्ति छ भनेर हेर्यौं र जहाँ–जहाँ आवश्यक छ त्यहाँ परिचालन गर्यौं ।’
त्यतिबेलाको त्रासदीबाट काठमाडौंलाई मुक्त गराएर आम जनतालाई सरकार अन्तिम घडीसम्म जनतालाई उद्धार र राहत दिइरहेको आभाष अर्यालले गरेका थिए ।
हेर्नुहोस् भिडियो :-
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...