फागुन ५, २०८०
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
बैशाख २६, २०७६
बुटवल –बीस वर्षसम्म वैदेशिक रोजगारीमा आफैंले कमाएर पठाएको ५० लाख रुपैयाँ न बच्यो, न श्रीमती र छोराछोरी नै आफ्नो साथमा रहे । यो पीडा कपिलवस्तु बुद्धभूमि नगरपालिका वडा नम्बर १ का वीरपुरका कृष्णप्रसाद भुसालको हो ।
साउदी अरबको ४८ डिग्री गर्मीमा रगत पसिना चुहाएर परिवारलाई सुखसँग पालौंला भनी २० वर्षसम्म गरेको मेहेनत बेक्कार भयो । अब घरमै बसेर केही गनुपर्छ भनी एक वर्ष अगाडि स्वदेश फर्किएका कृष्ण अहिले बिचल्लीमा छन् ।
‘मासिक ८० हजारदेखि १ लाख २० हजार रुपैयाँसम्म कमाइ हुन्थ्यो । सबै रकम श्रीमती लक्ष्मीको नाममा पठाउने गर्थें,’ उनले भने ।
उनले पठाएको पैसाबाट वीरपुुरमा १५ वर्ष अगाडि १ तले घर बन्यो । त्यस्तै गोरुसिंगेमा ९ लाख ५० हजारमा ९ धुर घडेरी किनियो । त्यो पनि श्रीमतीकै नाममा पास गरिदिए ।
अन्य क्षेत्रमा पनि लगानी गनुपर्यो भन्ने श्रीमती लक्ष्मीकै आग्रहमा उनी टिप्पर किन्न राजी भए ।
पार्टनरसीपमा १० लाख खर्चिएर किनिएको टिप्पर श्रीमतीले आफूलाई फलाम नफाप्ने भनेपछि श्रीमतीकै आग्रह र सिफारिसमा छिमेकी प्रमोद पोखरेलको नाममा पास गरेको कृष्ण बताउँछन् ।
घरमै बसेर केही गर्नुपर्छ भनी स्वदेश आएका कृष्णलाई श्रीमतीले फेरि विदेश जान दबाब दिन थालिन् ।
‘म घर आएपछि त छोराछोरी पढाउने बेला भयो, तपाईं फेरि विदेश जानुस्, भारत भए पनि जानुस् भन्न थालिन्,’ कृष्णले गुनासो गरे ।
उनी विदेश जान मानेनन् । त्यसपछि श्रीमतीले आफूलाई अंशबण्डा, माना चामल र घरेलु हिंसाको मुद्दा दर्ता गरेको कृष्ण बताउँछन् । स्थिति यहाँसम्म आयो कि उनी आफ्नै घरमा प्रवेश गर्ने अवस्था रहेन ।
कृष्णले रुँदै लोकान्तरसँग भने, ‘विदेशमा कमाएको सबै पैसा एक रुपैयाँ पनि आफूसँग नराखेर पठाएँ, अहिले घरमा उल्टै मलाई भित्र समेत जान दिँदैनन् । घरमा छिरिस् भने ज्यान लिन्छु भन्छन् । छोराले पनि तलाईं मार्छु भन्छ । मलाई कस्ले दिन्छ, न्याय ?’
कृष्णले थपे, ‘तीन भाइको सामूहिकमा रहेको पाँच कट्ठा जग्गा पनि आफू र छोरा सुरजलाई समेत बाँडफाँड गनुपर्ने भनेकी छ । जेठा दाइ दिलिप शर्माले बनाउन लागेको घरमा समेत टोलका केटाहरूलाई प्रयोग गरी अवरोध पुुर्याउँदै आएकी छ ।
कृष्णले बस्न घर पनि पाएका छैनन् । विदेशबाट आएपछि सँगै नबसेको उनी बताउँछन् । आफू सँगै नबसे पनि श्रीमतीले गर्भ बोकेको थाहा पाएपछि आफूले सम्बन्धविच्छेदको मुद्दा हालेको कृष्णको दाबी छ ।
‘म घर आएपछि कसको गर्भ बोकेर बुटवलस्थित आम्दा हस्पिटलमा गएर बच्चा फालेर आई । म ऊ सँग बसेको पनि छैन । बच्चा फालेर आएपछि उल्टै मलाई रक्सी खाएर आउँदै शारीरिक सम्पर्क गरेर गर्भ रहेको आरोप लगाएकी छे,’ उनले भने ।
कृष्णले श्रीमतीविरुद्ध सम्बन्धविच्छेद र जालसाझीको मुुद्दा हालेका छन् । श्रीमती अर्कैसँग लागेर आफूलाई मार्नेसम्मको योजना बनाउने थालेकाले असुरक्षित भएको भन्दै उनले सुरक्षाका लागि प्रहरीमा निवेदन समेत दिएका छन् ।
श्रीमतीले नै कृष्णको जीवन तहसनहस बनाएको छिमेकी पनि बताउँछन् । छिमेकी सृजना भुसालले भनिन्, ‘घरमा महिला बिग्रिँदा कस्तो अवस्था हुन्छ भन्ने यो उदाहरण बन्न पुगेको छ ।’
जनप्रतिनिधिहरू समेत आफ्नो परिवार बिगार्न लागि परेको कृष्णको आरोप छ । तर वडाध्यक्ष तिलकबहादुर बस्नेत भने आफूहरूले दुई पक्षबीच सहमति गराएर मिलाउने प्रयास गरिरहेको बताउँछन् ।
‘लक्ष्मीले छोराको नाममा पनि जग्गा हुनुपर्ने बताउँदै आएकी थिइन्, हामीले सहमतिमा तीन जनाकै नाममा सामूहिक रूपमा राखिदिने निर्णय गरेको छौं,’ उनले भने ।
कृष्णका १९ वर्षिय छोरा सुरज र १२ वर्षिया छोरी सृजना छन् । उनीहरू भने बुवाले नै आमालाई दु:ख दिएको दाबी गर्छन् ।
लक्ष्मीले पनि अब आफू कृष्णसँग बस्न नसक्ने बताइन् । कृष्णले पठाएको पैसा आफूहरूले हिनामिना नगरेको उनको जिकिर छ ।
‘मलाई कृष्णले नभएको आरोप लगाए । पैसा हिनामिना गरेको बताए । अब म सँगै बस्न सक्दिनँ । आ–आफ्नो सुर गर्नुको विकल्प छैन,’ उनले भनिन् ।
कृष्णले आफूसँग झगडा मात्र गर्ने गरेको जिकिर गर्दै उनले थपिन्, ‘अनि कसरी सँगै बस्न सकिन्छ ?’
वैदेशिक रोजगारीका कारण परिवारहरू कसरी बिग्रिँदै छन्, यो घटना त्यसको एउटा उदाहरण बनेको छ ।
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...