रियल टाइममा नै खाता खोल्न मिल्ने गरी थप १ शाखारहित बैंकिङ सेवा

जेठ ३, २०७६

काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडले रुपन्देहीमा १ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले रुपन्देहीको कोटहीमाई गाउँपालिकाको पुन्नीहवामा थप १ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT

माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म ९८ शाखारहित बैंकिङ सेवा सुचारु भइसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द्रको रुपमा सञ्चालित शाखारहित सेवा केन्द्रबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।

बैंकले नेपालमै पहिलो पटक तत्कालै (रियल टाइममा) खाताखोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १०० वटा शाखा लगायत ९८ शाखारहित बैंकिङ सेवा समेत गरी जम्मा १९८ स्थानबाट ग्राहकमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । बैंकका देशभर १२१ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

जेठ ३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस