कात्तिक १८, २०८०
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
बुटवल- प्रदेश नम्बर पाँचमा मुख्यमन्त्री शंकर पोखरेल शनिवार सार्वजनिक गाडीमा चढेर लुम्बिनी गएका छन् ।
भिजन लुम्बिनीले सञ्चालनमा ल्याएकामा स्तरीय बसको बुटवलमा उद्घाटन गर्दै पोखरेल २५६३ औं बुद्ध जयन्तीमा सहभागी हुन सोही गाडी चढेर लुम्बिनी पुगेका हुन् ।
पोखरेलसँगै उनकी पत्नी अथवा प्रतिनिधिसभा सदस्य सुजिता शाक्य र प्रदेशका सांसदहरू सोही बसमा चढेर लुम्बिनी गएका हुन् । भिजन लुम्बिनीले लुम्बिनी भ्रमण वर्ष २०७६ को अवसरमा पारेर बुटवल, बेलहिया, लुम्बिनी र सेमलार रुटमा चलाउने गरी १० वटा स्तरीय नगर बस भित्राएको छ । एसी र वाइफाइ जडित १० वटा अपांगमैत्री बसको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले रुपन्देहीको सिद्धबाबाबाट शुभारम्भ गरेका थिए । ५२ सिटको क्षमताका छन् भने सीसीटीभी क्यामेरा र एयर सस्पेन्सन पनि राखिएको छ ।
सो अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले यातायात क्षेत्र पर्यटक मैत्री सेवाका रूपमा विकास गर्न जरुरी रहेको बताए । उनले नेपालको पर्यटन क्षेत्रको विकासमा यातायातको महत्त्व धेरै भएको भन्दै नयाँ बसका कारण लुम्बिनी आउने पर्यटकलाई थप सहज विश्वास समेत व्यक्त गरे ।
बुटवल–बेलहिया छ लेनको सडक विस्तार भएसँगै सुविधा सम्पन्न सार्वजनिक गरिएको हो । गाडीमा रिचार्ज र टिकटको सेवा पनि उपलब्ध गराइने संरक्षक संस्था भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए । यात्रुहरूलाई सहज र सुविधासहितको सेवा प्रदान गर्ने उद्देश्यले बुटवलमा रहेको भिजन लुम्बिनी लिमिटेडले वातावरण अनकूलित एसी बसहरू सञ्चालनमा ल्याएको हो । बुद्ध सर्किटमा पनि चल्ने गरी अनुमति लिइसकेको र बिस्तारै ति रुटमा पनि नयाँ गाडीहरूले सेवा दिनेछन् ।
'बुटवल-भैरहवामा हिँड्ने यात्रु पनि अबदेखि सहज यात्रा गर्न पाउनेछन्, माइक्रोमा कोचाकोच हुनुपर्ने अवस्थाको अन्त्य हुनेछ,’ अध्यक्ष पोखरेलले भने । १० करोड रूपैयाँ लगानीमा भिजन लुम्बिनीले गाडी सञ्चालनमा ल्याएको हो ।
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...