३५ लाख रकमसहित हुण्डीमा संलग्न तीन जना पक्राउ

फाइल फोटो
जेठ ५, २०७६

काठमाडौं– प्रहरीले ३४ लाख ९९ हजार ३ सय रुपैयाँसहित हुण्डी कारोबार गर्ने ३ जना पक्राउ परेका छन् । 

आइतवार काठमाडौंको चाबहिल गणेशथानबाट उनीहरूलाई नगदसहित पक्राउ गरेको हो । 


ADVERTISEMENT

प्रहरीले उनीहरूको साथबाट पैसा गन्ने मसिन पनि बरामद गरेको छ । 

उनीहरूले दुबईबाट पैसा ल्याउने र नेपालमा बाँड्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । 

यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जेठ ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस