×

NMB BANK
NIC ASIA

२ वर्षको माया–पिरती ४ महिनामै स्वाहा ! श्रीमान् छाडेर अर्कैसँग लागेपछि ...

जेठ ६, २०७६

NTC
Premier Steels

रोल्पा – ‘२ वर्षसम्म फोनबाट माया–पिरती गाँसियो, जात भात पनि मिल्ने समाजले राम्रै ठान्ला भनेर वैवाहिक जीवनमा बाँधियो, मनले मन पराएर विवाह गरियो अहिले आएर धोका होला भन्ने के थाहा,’ रोल्पा नगरपालिका–१ कालापानीकी गंगा कवरले रुँदै भनिन् ।

Muktinath Bank

सोही नगरपालिका–२ निवासी हुकुम कवरसँग २०७५ असारमा प्रेम विवाह गरेकी कवरले जीवनमा धोका खाइएला भन्ने कहिले सोचेनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीले एकअर्कालाई औधि माया गर्दथ्यौं, सबथोक उहाँलाई सुम्पे र विश्वास गरे, विवाह गरेको कुनै प्रमाणसमेत बनाइन,’ कवरले भावुक हुँदै भनिन् ।


Advertisment
Nabil box
Kumari

विवाह गरेको ४ महिनामै प्रेमजोडी अकल्पनीय रुपमै छुट्न पुग्यो । ‘श्रीमान्ले म कमाउन जान्छु भन्थे, अहिले माडी गाउँपालिका–३ तालाबाङ निवासी लालकुमारी घर्तीसँग भागेका छन् रे भन्ने सुनेको छु,’ रुँदै कवरले बेदना पोखिन् । श्रीमान् बेपत्ता भएपछि अहिले उनी घर न घाटको भएकी छन् ।

Vianet communication

‘८ महिनासम्म आउँला भन्दै उसैको बाटो हेर्दै सासूसँग घरमै बसे, अब त आउँला भन्ने आशा नै मरिसक्यो,’ निराश बन्दै उनले थपिन् । श्रीमान्ले गरेको अन्यायको विरुद्ध न्याय खोज्न विभिन्न संघसंस्थामा भौतारिरहेकी कवरसँग वैवाहिक बन्धनमा बाँधिएको कुनै कानूनी आधार पनि छैन ।

२ नम्बर वडाध्यक्ष खिमबहादुर घर्तीले भने केही आश लाग्ने प्रतिक्रिया जनाएका छन् । ‘गाउँमा विवाह गरेको सबैलाई थाहा छ, यो नै सबैभन्दा ठूलो प्रमाण हो, मैले साक्षी सर्जिमिनको रुपमा सिफारिस गरेको छु, यो नै व्यावहारिकतामा ठूलो प्रमाण हो,’ वडाध्यक्ष घर्तीले भने । ‘कानूनीरुपमा न्याय पाउनका सबैभन्दा ठूलो प्रमाण विवाह दर्ता हो, कि त श्रीमान्को नाममा नागरिकता हुनुपर्‍यो, यदि त्यति गर्न सकिएन भने विवाह गरेको फोटो अडियो भिडियो भएपनि प्रमाण हुन सक्छ,’ महिला तथा बालबालिका सेवा केन्द्रका मीनाकुमारी विकले भनिन् । ‘यति भन्दैमा आफूहरूले कुनै प्रक्रिया भने नचाल्ने भन्ने कुरो छैन, हामीले मातहतका सबै युनिटमा हुलिया पठाएका छौं, पीडकलाई पक्रेर लिन निर्देशनसमेत दिएका छौं, हेरौं कुनै पाटोबाट पीडितलाई न्याय दिन सकिन्छ कि,’ विकले थपिन् ।

‘अधिकारकर्मी पनि कानूनको आधारमा लड्ने हो, विवाह गरेको कुनै प्रमाण नहुँदा न्याय दिलाउन केही गाह्रो छ तर पनि हामी हर प्रयत्न गरेर पीडितलाई न्याय दिलाउने पक्षमा छौं,’ महिला अधिकारकर्मी तीर्था आचार्यले भनिन् ।

सानै उमेरमा लहलहैमा विवाह गर्ने, पछि धोका खाइएला भन्ने हेक्कासमेत नराख्दा रोल्पामा यस्ता खालका घटना थुप्रै घट्ने गरेका छन् । कानूनीरुपमा विवाह प्रमाणित हुनका लागि विवाह दर्ता बलियो आधार हो । विवाह गरेको ३५ दिनभित्र वडा कार्यालयमा विवाह दर्ता गर्न गए निःशुल्क दर्ता गरिन्छ । विवाहपछिको यो अनिवार्य प्रक्रियाजस्तै हो । विवाह गर्ने क्रममा फोटो, भिडियो वा अडियो रेकर्ड गरी सुरक्षित राख्नु पर्दछ । माइती पक्षबाट नागरिकता बनाएको छैन भने श्रीमान्को नाममा तुरुन्त नागरिकतासमेत बनाउनुपर्छ । विवाह गरेको निश्चित समयभित्र यी प्रक्रिया नपुर्‍याउँदा धेरैजसो महिला अन्यायमा पर्ने गरेका छन् । 

चालू आर्थिक वर्ष २०७५/७६ मा हालसम्म ८१ वटा घरेलु हिंसाका घटना महिला तथा बालबालिका सेवा केन्द्रमा दर्ता भएका छन् भने ७४ वटा घरेलु हिंसा मिलापत्र भइसकेको छ । यसै आवमा लैंगिक हिंसाका घटना १८ वटा दर्ता भएका छन् । यसरी आउने उजुरी अधिकांश मिलापत्रमै टुंगिने गरेको छ । देश संघीयतामा गइसकेपनि स्थानीय सरकारमा पीडितले न्यायको महसुस नगरेपश्चात् जिल्ला प्रहरी कार्यालयमा नै यस्ता घटना दैनिक आउने गरेको महिला तथा बालबालिका सेवा केन्द्र रोल्पाले बनाएको छ । – उमा केसी/रासस 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x