मंसिर २९, २०८०
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतवार पत्रकार सम्मेलन गर्दै दुईपांग्रे सवारीसाधनको पछाडि बस्ने यात्रुले पनि हेल्मेट अनिवार्य गर्ने निर्णय सार्वजनिक गरेपछि पक्ष/विपक्षमा बहस शुरू भएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन–२०४९ परिच्छेद ७ को दफा १३० उपदफा २ मा दुईपांग्रे चलाउने र पछाडि बस्नेले हेल्मेट लगाउनुपर्ने व्यवस्था गरिएको छ । ऐनमा लेखिएको छ, ‘मोटरसाइकल तथा अन्य त्यस्तै दुईपांग्रे सवारी चलाउँदा चालकले तथा सो सवारीमा बस्ने मानिसले सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्छ ।’
आइतवार पत्रकार सम्मेलन गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तले दुर्घटनाको ९६ प्रतिशत दुईपांग्रे सवारी प्रयोगकर्ता रहेको बताए भने पछाडि बस्नेको मृत्यु अत्याधिक भएको बताए ।
आर्थिक वर्ष २०७४/०७५ को फागुन मसान्तसम्म काठमाडौं उपत्यकामा भएका सबै दुर्घटना २ सय ११ जनाको मृत्यु भएकोमध्ये २ सय २ जनाको मृत्यु दुईपांग्रे सवारीसाधन दुर्घटनामा भएको प्रहरी तथ्यांकले देखाउँछ । जसमध्ये पछाडि बस्ने यात्रुको मृत्यु अत्याधिक भएको तथ्यांकले देखाउने एसएसपी पन्तले लोकान्तरलाई बताए । तर प्रहरीले हेल्मेट लगाउनेभन्दा नलगाउनेको बढी मृत्यु भएको देखिने यकिन विवरण सार्वजनिक गर्न सकेको छैन ।
यो पनि पढ्नुहोस् :
मोटरसाइकलमा यात्रा गर्ने दुवैले हेल्मेट लगाउनुपर्ने कानूनमा रहेको व्यवस्थालाई ट्राफिक प्रहरीले कडाइका साथ कार्यान्वयन गर्ने निर्णय सुनाएपछि विभिन्न तर्क/वितर्क भइरहेका छन् । ‘हेल्मेटले केही मात्रामा सुरक्षा त प्रदान गर्छ तर सबै दुर्घटनालाई हेल्मेटले सुरक्षा दिने भने होइन,’ पूर्व ट्राफिक प्रहरी निरीक्षक सिताराम हाछेथुले भने, ‘यसको लागि ट्राफिक लाइट, लेन, ट्राफिक नियम सम्बन्धी जनचेतनाको भने खाँचो छ ।’
दुर्घटना न्यूनीकरण गर्न सबैभन्दा पहिला ट्राफिक नियमबारे पूर्णरुपमा जनतालाई सचेत गराउन जरुरी रहेको हाछेथुले बताए ।
६ अर्ब ३२ करोड रुपैयाँ बाहिरिने
नेपालमा हेल्मेट बनाउने कारखाना छैन । सबै हेल्मेट विदेशबाट ल्याएर व्यवसायीले बेच्ने गर्छन् । यातायात व्यवस्था विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/०७५ सम्म २५ लाख ३० हजार ७ सय २२ वटा दुईपांग्रे सवारीसाधन दर्ता भएका छन् ।
प्रयोगमा रहेका दुईपांग्रे सवारीसाधनले थप १/१ वटा हेल्मेट किन्नुपर्दा नेपालमा एकैपल्ट २५ लाख ३० हजार ७ सय २२ वटा हेल्मेट आयात गर्नुपर्ने र नेपाली रुपैयाँ विदेश पठाउनुपर्ने हुन्छ । बजारमूल्य अनुसार प्रतिहेल्मेट औसत २ हजारदेखि २५ सय रुपैयाँ पर्छ ।
यसरी हिसाब गर्दा लगभग ६ अर्ब ३२ करोड नेपाली रुपैयाँ हेल्मेट खरिदमै विदेशिने देखिएको छ । व्यापार घाटा बढिरहेको बेला ‘हेल्मेट अनिवार्य’ निर्णयले व्यापार घाटालाई थप बढाउने छ ।
२०६४ सालमा पनि पछाडि बस्नेलाई हेल्मेट अनिवार्य गर्ने नियम लगाउन खोजिएको थियो । तर ५ लाख मोटरसाइकलमा थप हेल्मेट किन्दा देशको लगभग ५० करोड रुपैयाँ बाहिरिने भन्दै नियम कार्यान्वयन गरिएको थिएन ।
कहिलेदेखि शुरू भयो हेल्मेटको प्रयोग ?
नेपालमा दुईपांग्रे सवारीसाधनको शुरूवाती चरणमा मोटरसाइकलको पछाडि बस्नेले पनि २०४६/४७ सालतिर हेल्मेट लगाउने गरेको वानेश्वरका ७० वर्षीया दुर्गाप्रसाद दाहाल बताउँछन् ।
‘त्यतिबेला बहुदल आएको थियो । त्यसबेला मोटरसाइकल हुनेहरूले र पछाडि बस्ने हेल्मेट लगाउने गरेको देख्थ्यौं,’ उनले भने । तर पछि द्वन्द्वकालमा तत्कालीन माओवादीले विभिन्न भेष बदलेर आक्रमण गर्न थालेपछि पछाडि बस्नेले हेल्मेट लगाउन सरकारले प्रतिबन्ध लगाएको थियो ।
के भन्छ अनुसन्धान ?
बेलायत, अमेरिका र भारतका विभिन्न विश्वविद्यालयले गरेका ६१ वटा अनुसन्धानको निचोडअनुसार ‘मोटरसाइकलमा सवार दुवै जनाले हेल्मेट लगाएको बेलामा दुर्घटना भएमा टाउकोमा चोट लाग्ने सम्भावनामा ६९ प्रतिशतले कम देखिनुका साथै मृत्यु हुने सम्भावना ४२ प्रतिशतले कम देखिएको छ ।’
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...
निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...