कात्तिक २९, २०८०
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
काठमाडौं – लोकसभा चुनावमा भारतीय फिल्म कलाकारहरू प्रायः उठ्ने गरेका छन् । यसपालि केही कलाकारको जीत भयो भने केहीले हारको स्वाद चाख्नुपर्यो ।
सन्नी देवलको जीत
बलिउड अभिनेता सन्नी देवलले पञ्जाबको गुरदासपुरबाट जीत हासिल गरे । भाजपाबाट उठेका सन्नीले कांग्रेसका सुनील कुमार जाखडलाई ७७ हजार १०७ भोटले हराए । यस सीटमा पहिले अभिनेता विनोद खन्ना भाजपाबाट उठ्ने गरेका थिए ।
नुसरत जहाँको जीत
बंगाली चलचित्र अभिनेत्री तथा मोडल नुसरत जहाँले टीएमसीको टिकटमा बशीरहाट सीटमा लडेकी थिइन् । उनले ३ लाख ५० हजार ३६९ भोट ल्याएर विजय प्राप्त गरिन् ।
हेमा मालिनीको जीत
भाजपाकी हेमा मालिनीले अघिल्लोपटक जस्तै मथुरा लोकसभा सीटबाट चुनाव लडिन् । यसपालि उनले राष्ट्रिय लोकदल र गठबन्धन उम्मेदवार नरेन्द्र सिंहलाई २ लाख ९३ हजार ४७१ भोटले हराइन् ।
राज बब्बरको हार
आगराको फतेहपुर सीकरी सीटबाट चुनाव लडेका अभिनेता राज बब्बरलाई भाजपाका राजकुमार चाहरले ४ लाख ९५ हजार ६५ मतले हराए ।
उर्मिला मातोंडकरको हार
कांग्रेस पार्टी प्रवेश गरेकी अभिनेत्री उर्मिला मातोंडकर मुम्बई नर्थ सीटबाट लडेकी थिइन् । भाजपाका गोपाल शेट्टीले उनलाई ४ लाख ६५ हजार २४७ भोटले हराए ।
किरण खेरको जीत
चण्डीगढकी बहालवाला सांसद किरण खेरले भाजपाका तर्फबाट लड्दै कांग्रेसका वरिष्ठ नेता पवन कुमार बंसललाई ४६ हजार ९७० भोटले हराइन् ।
जया प्रदाको हार
भाजपा प्रवेश गरेकी अभिनेत्री जया प्रदा रामपुरमा लडेकी थिइन् । उनका विरुद्ध समाजवादी पार्टीका आजम खान र कांग्रेसका सञ्जय कपूर उठेका थिए । आजमले जयालाई १ लाख ९ हजार ९९७ भोटले हराए ।
मुनमुन सेनको हार
बंगाली अभिनेत्री मुनमुन सेन बंगालको आसनसोल सीटमा टीएमसीका तर्फबाट लडेकी थिइन् । उनलाई भाजपा नेता तथा गायक बाबुल सुप्रियोले दुई लाख भोटले हराए ।
शत्रुघ्न सिन्हाको हार
भाजपाबाट कांग्रेस प्रवेश गरेका अभिनेता शत्रुघ्न सिन्हाले बिहारको पटना साहिब सीटबाट चुनाव लडे । उनलाई भाजपाका रविशंकर प्रसादले तीन लाखभन्दा बढी भोटले हराए ।
प्रकाश राजको हार
दक्षिण भारतीय तथा बलिउड फिल्मका भिलेन प्रकाश राज बेंगलुरु सेन्ट्रल सीटबाट निर्दलीय उम्मेदवारका रूपमा उठेका थिए । उनी ५ लाख ७३ हजार ९४७ भोटले हारे ।
एजेन्सी
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...