कात्तिक १५, २०८०
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
जेठ १०, २०७६
सुर्खेत- कर्णाली प्रदेश सभाको चौथो अधिवेशन शुक्रवारदेखि शुरू भएको छ । अधिवेशनको शुरूवातमै सत्तापक्ष तथा प्रतिपक्षले सरकारको काम प्रति असन्तुष्टि जनाएका छन् ।
सत्तापक्षका नेता यामलाल कंडेलले सरकारको विरुद्धमा बाहिर बजारमा आएका हल्लाले नेकपालाई असर पार्ने भन्दै त्यसतर्फ सचेत रहन आग्रह गरेका छन् । ‘बाहिर जेठ महिनाको चर्को गर्मीको राप ताप तातो छ,' प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसतर्फ इंगित गर्दै उनले भने, 'सरकारले आफ्नै बलबुतामा अघि बढनुपर्ने बाध्यता आइसकेको छ । अरूका लागि नेकपा भन्ने स्थान छ तर नेकपाका लागि अबको पाँच वर्षपछि त्यस्तो भन्ने स्थान नै छैन ।’
जसरी हुन्छ काम गर्न उनले सरकारलाई सुझाए । ‘शुरूवातमा हामी ३३ जनाले जस्तो उत्साह आम कर्णालीबासीलाई देखाएका थियौं । हामी जुन तरिकामा उत्साहित थियौं,’ नेता कंडेलले भने, ‘त्यहि रफ्तारमा सरकार अघि बढ्न जरुरी छ । त्यसका लागि सांसदहरूसँग आवश्यक परामर्श गरी अघि बढ्न सरकारलाई अनुरोध छ ।’
उनले संसदमा उठेका सवालहरुको विलम्ब नगरिकनै सरकारले जवाफ दिनुपर्ने बताए । ‘सदनमा जे जति कुरा आएका छन्, ती सबै कुराको जवाफ सरकारले विलम्ब नगरिकन देओस्,’ उनले भने, ‘सांसदहरु जनप्रतिनिधि हुन । उनीहरूका सवाललाई सम्बोधन गरे सांसदहरूबाट विश्वास पाउन सकिन्छ ।’
उनले सत्तापक्ष या प्रतिपक्ष जो भएपनि सरकारको हिसाब माग्नै पर्ने बताए । ‘सरकारले राम्रो गरेका छ या छैन त्यो हिसाब माग्ने अधिकार हरेक सांसदको छ,’ उनले भने, ‘त्यसका लागि सरकार सधैं तयार नै हुनुपर्छ ।’ उनले संसदको हरेक बैठकमा सबै मन्त्रीहरुलाई उपस्थित हुन सुझाव समेत दिएका छन् ।
सरकारलाई, संसदहरुलाई थाहै नदिई बाहिरै बजेट बनाइरहेको भन्ने सुन्नमा आएको बताउँदै जनप्रतिनिधिलाई बाहिर राखेर बजेट नबनाउन सरकारलाई अनुरोध गरे । त्यस्तो भएको खण्डमा भोलि सदनबाट बजेट तथा नीति र कार्यक्रम विगतको जस्तो होलसेलमा पारित गर्न सक्ने वातावरण नहुनेतर्फ सरकारको ध्यान जान आवश्यक रहेको प्रतिक्रिया दिए । उनले कर्णाली प्रदेश बनाउनेतिर अघि बढ्न सरकारलाई अनुरोध गरे । जनताले अहिले कुनै निवेदन ल्याउँदा सांसदको सिफारिस अनिवार्य ल्याउन भनिएको बताउँदै संसदको सिफारिस बिना पनि निवेदन लिने व्यवस्था मिलाउन सरकारलाई सुझाव दिए ।
सदनमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारले केही पनि काम गर्न नसकेको आरोप लगाए । ‘जम्मा १२ प्रतिशत मात्रै बजेट खर्च भएको पाइएको छ । बजेट खर्च नगरी बचाएर कस्तो समृद्धि हो ल्याउन खोजेको कर्णाली सरकारले ?’ उनले व्यंग्यात्मक शैलीमा भने, ‘अहिले फिलिलि बाटो बनिसकेको छ, हरेकका घरमा खानेपानी आइसकेको छ ।’ शाहीले सरकारको अब विरोध गर्न समस्या भएको बताए ।
‘भारतमा चर्को रुपमा मोदीको विरोध गर्दा काँग्रेसले आफु पत्तासाफ हुन परेको छ,’ उनले भने, ‘कतै नेपालमा पनि त्यस्तै हुने हो की भन्ने लागेर हामीले सरकारका कामको प्रशंसा गर्ने योजना बनाएका छौं ।’ उनले सदनमा सरकारको व्यंग्यात्मक शैलीमा नै चर्को आलोचना गरेका हुन् ।
मर्यादापालकद्धारादुर्व्यवहार
यसैबीच शुक्रवार बसेको बैठकमा अवलोकन गर्न आएकी राष्ट्रिय सभा सदस्य कविता बोगटीले मर्यादापालकले आफुमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् । ‘लोगोसहित बैठकको दर्शकदीर्घामा बस्दा मर्यादापालकले तीन चार पटक दुर्व्यवहार गरे,’ उनले भनिन्, ‘गर्मी भएका कारण जुत्तामाथि नै खुट्टा राखेको निहुँमा अभद्र व्यवहार गरे ।’
उनले यसबारेमा सभामुखले मर्यादापालकलाई ध्यान दिन निर्देशन गर्नुपर्नेमा जोड दिईन् । पहिलो पटक कर्णाली प्रदेश सभामा आएकी सांसद बोगटीले जो कोही नेता भएपनि समय तोक्ने परिपाटी बसाल्नुपर्ने बताईन् । ‘राष्ट्रिय सभामा हरेक बैठकमा चाहे त्यो दलकै प्रतिनिधि बोल्ने भएपनि समय तोक्ने गरिएको छ,’ उनले भनिन्, ‘तर यहाँ पट्यारलाग्दो भाषण गर्ने परम्परा रहेछ । यसलाई सुधार गर्न जरुरी छ ।’
अन्य हकमा सांसदहरू अनुशासित भएर बसेका, राष्ट्रिय सभा भन्दा बढी सभ्य तरिकाले सदन चलेको आफूले पाएको उनको भनाई छ । उनले संघीय जनप्रतिनिधिका लागि अलग्गै स्थान बनाउन जरूरी रहेको बताईन् । संसदको अर्को बैठक जेठ १३ गते दिउँसो ३ बजे बस्ने सभामुख राजबहादुर शाहीले जानकारी दिए ।
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...