माघ १८, २०८०
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
धनगढी –सुदूरपश्चिम प्रदेश सरकारले थारू संग्रहालय निर्माणका लागि बजेट बिनियोजन गरेयता निर्माणको लागि कम्मर कसेका स्थानीयहरू अन्ततः निराशा हात पारेका छन् ।
बजेट कार्यान्वयनको जिम्मा पाएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको अनेक थरी बहानाबाजी नथा आलटाल प्रवृत्तिले स्थानीय उपभोक्ताहरू निराश भएका हुन् ।
कैलालीको गोदावरी नगरपालिका–८ फकलपुरमा थारू संग्रहालय निर्माणका लागि प्रदेश सरकारले ५७ लाख बजेट बिनियोजन गरेको छ । जसका लागि स्थानीयले उपभोक्ता समिति गठन तथा जग्गा छनोट गरेर प्रक्रिया थालेका थिए । तर सामाजिक विकास मन्त्रालयले विभिन्न कारण देखाउँदै बजेट निकासा नगरेपछि स्थानीय निराश भएका हुन् । अर्कोतिर आर्थिक वर्ष सकिन जम्माजम्मी डेढ महिना मात्रै बाँकी रहँदा बजेट फ्रिज भएर जाने खतरा बढेको छ ।
प्रदेशमा बसोबास गर्ने थारू समुदायको कला, संस्कृतिलाई संग्रहित र संरक्षण गर्ने उद्देश्यले प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि संग्रहालय निर्माणको योजना समावेश गरेको थियो । सो अनुसार बिनियोजित बजेट कार्यान्वयन हुन सकेको हो ।
थारू संग्रहालय निर्माण उपभोक्ता समितिका अध्यक्ष गोविन्द चौधरीले प्रदेश सरकारको उदासिनताले संग्रहालय निर्माणको योजना अहिलेसम्म कार्यान्वन हुन नसकेको बताए । बजेटका लागि मन्त्रालय धाउँदै गरेको ६ महिना गुज्रेपनि बजेट नपाएको उनले दुखेसो सुनाए ।
चालू आर्थिक वर्षको रातो किताबमा समावेश योजना रहेकोले उपभोक्ता समिति गठन गरी फकलपुरमा ४ बिघा जग्गा पनि हेरिएको उपभोक्ता समितिका अध्यक्ष चौधरीले बताए । तर, बजेट प्राप्तिका लागि सामाजिक विकास मन्त्रालयमा पटक–पटक धाए पनि विभिन्न बहानामा अल्झाउने काममात्रै गरिएको उपभोक्ता समितिका अध्यक्ष चौधरीले गुनासो गरे ।
‘वडा र नगरपालिकाको सिफारिस ल्याऊ भनेका थिए, त्यो पनि दियौं । प्रक्रिया पुगेन भने, त्यो पनि पुर्यायौं’, उनले भने–‘सबै प्रक्रिया पुर्याउँदा पनि यो भएन, त्यो भएन भनेर अल्झाउने र आलटाल गर्ने कार्यमात्रै भयो ।’
संग्रहालयमा डंगौरा थारू र राना थारूको कला, संस्कृति झल्काउने विभिन्न मौलिक सामग्री राख्ने भनिएको छ । संग्रहालय निर्माण गर्नका लागि जग्गा हेरिएको ठाउँमा स्थानीय क्लबको घर र थारू समुदायको देउथान पनि रहेको छ ।
आर्थिक वर्ष सकिन धेरै नभएकोले संग्रहालय निर्माणका लागि विनियोजित बजेट फ्रिज हुने निश्चित देखिएको प्रदेश सांसद चुनकुमारी चौधरीले बताइन् ।
‘चालू आर्थिक वर्षबाटै निर्माणको काम शुरू गरिनुपर्छ भनेर म पनि ४ महिनादेखि प्रयास गरिरहेको छु’, उनले भनिन्– ‘तर, विभिन्न बहानाबाजी गरेर योजना कार्यान्वन नगर्ने मनसाय देखिएको छ ।’
मापदण्ड, प्रक्रिया नपुर्याइएका मठमन्दिर निर्माणका लागि धमाधम बजेट दिएको प्रदेश सरकारले थारू संग्रहालय निर्माण योजनालाई भने विभिन्न बहानामा अल्झाएको सांसद् चौधरीले आरोप लगाइन् ।
‘अरूले प्रक्रिया नै नपुर्याएर मठमन्दिर बनाउनका लागि बजेट प्राप्त गर्ने, हामीले सबै प्रक्रिया पुर्याउँदा पनि ४/५ महिना दगुर्नु पर्ने ?’, उनले भनिन्– ‘मलाई लाग्छ, थारू समुदाय लक्षित योजना रहेकाले नबनाउने जालझेल गरिएको हो ।’
तत्कालीन सामाजिक विकासमन्त्री दीर्घ सोडारीको बेलामा फकलपुरमा थारू संग्रहालय निर्माणका लागि जग्गा छनोट गरिएको थियो । अहिले आएर संग्रहालय नबनाउने जस्तो जालझेल भइरहेको उपभोक्ता समितिको गुनासो छ ।
सामाजिक विकास मन्त्रालयले भने जग्गा प्राप्त नभएकाले थारू संग्रहालय निर्माणको कार्यलाई अगाडि बढाउन नसकेको जनाएको छ । छनोट गरिएको जग्गा नेपाल सरकारको रहेको मन्त्रालयका सचिव गोगनबहादुर हमालले बताए ।
‘पहिले जग्गा प्राप्त गर्नुहोस भनेर हामीले समितिलाई भनेका छौं’, उनले भने–‘जग्गा प्राप्त नगरेसम्म कुनै पनि काम अगाडि बढ्न सक्दैन ।’ जग्गा प्राप्त गर्ने बित्तिकै डीपीआर गरेर निर्माणको कार्य अगाडि बढाउने हमालको भनाइ छ ।
हेर्नुहोस्, थारू संग्रहालयमा राखिने सामग्री :
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...