लोकसेवा आयोगले खुलायो स्थानीय तहका विभिन्न पदहरुमा भर्ना (सूचनासहित)

जेठ १५, २०७६

काठमाडौं–लोकसेवा आयोगले स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक–प्राविधि तर्फका पदहरुमा भर्ना खुला गरेको छ । 

आयोगले खुला तथा समावेशी प्रतियोगितामार्फत कर्मचारी नियुक्ति गर्ने गरी भर्ना खुला गरेको हो । 


ADVERTISEMENT

कर्मचारी समायोजन ऐन २०७५ को दफा १२ को व्यवस्था तथा मन्त्रिपरिषद्को जेठ ६ गतेको निर्णयअनुसार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सिफारिस अनुसार कर्मचारी माग सम्बन्धी सचना निकालेको आयोगले बुधबार जारी गरेको सूचनामा उल्लेख छ । 

तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेद्वारले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिनुपर्नेछ भने प्रतियोगितात्मक परीक्षाबाट भनोट भएका उम्मेदवारको रोजाई प्राथमिकता क्रमअनुसार स्थानीय तह तोकि सिफारिस गरिने आयोगले जनाएको छ । 

यसरी सिफारिस भएका उम्मेदवारलाई सम्बन्धित स्थानीय तहले नै स्थायी नियुक्ति दिनेछन् । 

सूचना हेर्नुहोस्ः


 

जेठ १५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस