मंसिर ५, २०८०
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
अघिल्लो मंगलवार डोनल्ड ट्रम्पले पुनः निर्वाचित हुनका लागि अभियानको शुरूआत गरेका छन् । फ्लोरिडाको ओर्लान्डोमा उनले एक भेलामा अभियानको घोषणा गरेका थिए । उक्त भेलामा उनले डेमोक्रेटहरूले (आफूविरुद्ध महाभियोग लगाउने कोशिश गरेर) लोकतन्त्रलाई अवमूल्यन गर्न खोजेको आरोप लगाए । अनि उनले (पहिलेको जस्तै गरी) हिलारी क्लिन्टनविरुद्ध पनि विषवमन गरे । छोटकरीमा भन्दा ट्रम्पले सन् २०२० का लागि यस्तो सन्देश दिए : ‘मैले अमेरिकालाई फेरि महान् बनाएँ, अब मलाई भोट दिएर अमेरिकालाई महान् बनाइराख्नुस् ।’
डेमोक्रेटहरूले ट्रम्पको यो भाषण विचारधाराशून्य र डरत्रासमा मात्र आधारित भनी उडाए अनि उनीहरू हालै सम्पन्न सर्वेक्षणहरूका परिणाम हेरेर मख्ख परिरहेका छन् । ती सर्वेक्षणमा डेमोक्रेट पार्टीका सबै उम्मेदवारले ट्रम्पलाई हराउने अझ केहीले त निकै ठूलो मतान्तरले हराउने देखाएका छन् । मुलर रिपोर्ट, दक्षिणी सिमानामा आप्रवासीप्रति देखाएको व्यवहार र मन्त्रिपरिषद्का विभिन्न सदस्यको विवाद लगायतका विभिन्न विषयले गर्दा राष्ट्रपति कमजोर बनेको उनीहरूको विश्वास छ ।
तर सन् २०१६ को आघातपूर्ण अनुभवका बावजूद डेमोक्रेटहरूले अमेरिकी लोकतन्त्रको एक प्रमुख पाठ अझै नपढेको देखिन्छ : निर्वाचन निष्क्रिय बहुसंख्यकले नभई उत्साहित अल्पसंख्यकले जिताउने हुन् । डेमोक्रेटहरूसँग निष्क्रिय बहुसंख्यक भए पनि ट्रम्पसँग उत्साहित अल्पसंख्यक छन् । त्यसैले अहिलेको समयमा (कम्तीमा) चार कारणहरूले गर्दा ट्रम्प पुनः निर्वाचित हुने बाटोमा छन् ।
पहिलो कारण त पक्कै पनि अर्थतन्त्र नै हो । अहिलेको आर्थिक वृद्धि कति अर्थपूर्ण र ठोस छ र भनी हामीले तर्क गर्न सक्छौं तर परम्परागत आर्थिक सूचकहरूको मापदण्डमा अमेरिकाको अर्थतन्त्र निकै उम्दा रहेको अस्वीकार गर्न सकिँदैन । परिणामस्वरूप, आर्थिक सूचकांकमा मुख्यतया आधारित पूर्वानुमानका नमूनाहरूले सन् २०२० मा ट्रम्पले निकै भारी अन्तरको विजय हासिल गर्ने देखाउँछन् ।
दोस्रो, ट्रम्पले आफ्नो गैरपरम्परागत मतदाताका लागि काम गरेका छन् । औसत रिपब्लिकनलाई सामान्यतया ‘नरम रिपब्लिकन’ भनिन्छ र ऊ अहिलेसम्म ट्रम्पको प्रशंसक बन्न सकेको छैन । उनी जोधाहा र अश्लील भएको त्यस्ता रिपब्लिकनले ठान्छन् तर उनीहरू करकटौती चाहिँ होस् भन्ने इच्छा राख्छन् । डेमोक्रेटिक पार्टीभित्रको ‘समाजवादी धार’ को डरका कारण उनीहरूले ट्रम्पलाई नै भोट दिँदै आफ्नो रकम जोगाउनेछन् ।
त्यसैगरी क्रिस्चियन दक्षिणपन्थीहरू फेरि एकपटक बलियो भएर आउनेछन् । धार्मिक आस्था राख्ने मतदाताहरूले ट्रम्पलाई गरेको समर्थनले उदारवादीहरूलाई छक्क पारेको भए पनि यो एकदमै सरल कुरा हो । सर्वोच्च अदालतमा ट्रम्पले पक्का अनुदारवादी गर्भपातविरोधी न्यायाधीशहरू नील गोर्सच र ब्रेट कवानालाई नियुक्त गरेर धर्मभीरुहरूलाई खुशी बनाएका छन् । उनले पछि पनि यस्ता अन्य न्यायाधीश नियुक्ति गर्ने बताएका छन् । अनि ट्रम्पको अर्को कार्यकालमा (कम्तीमा) एक न्यायाधीशको पद रिक्त हुने सम्भावना रहँदा क्रिस्चियन दक्षिणपन्थीहरू ट्रम्पप्रति फेरि उत्साहित हुने पक्का छ । रो विरुद्ध वेडको नजिरलाई पल्टाउने काम नै यी क्रिस्चियन दक्षिणपन्थीलाई दिइने उपहार हुनेछ ।
अनि ट्रम्पका वास्तविक समर्थकहरू कामदार र तल्लो मध्यमवर्गीय गोरा मतदाताहरू हुन् जो ‘पर्खाल बनोस्’ (मेक्सिकोको सीमामा पर्खाल) र ‘वाशिङटनको हिलो सुकोस्’ (सम्भ्रान्तको कब्जाबाट वाशिङटन मुक्त होस्) भन्ने चाहन्छन् । अहिलेसम्म उनीहरूले चाहेको कुरा पाएका छैनन् । हिलो खासै सुकेको छैन बरू त्यसलाई ट्रम्पका भ्रष्ट अधिकारीहरूले झनै हिलाम्मे बनाएका छन् । अनि ट्रम्पले जतिसुकै फुर्ती लगाएको भए पनि पर्खालको काममा सिन्को भाँचिएको छैन । त्यसैले ट्रम्पका वास्तविक मतदाताहरूको इच्छा पूरा हुन बाँकी नै छ । उनीहरूको आवाज मिडियामा यान कूल्टर र टकर कार्लसनले चर्को गरी उठाइरहेका छन् । तर उनीहरू इच्छा पूरा गराउन कहाँ जाने त ? अमेरिकी इतिहासकै सबभन्दा विविधतापूर्ण पार्टीमा ? बर्नी स्यान्डर्स, अलेक्जेन्ड्रिया ओकासियो–कोर्टेज, स्टेसी अब्राम्स र एलिजाबेथ वारेनको पार्टीमा ?
अनि उनीहरू निराश भएर घरैमा बस्छन् त ? होइन । उनीहरूलाई ट्रम्पले धोका दिएका हैनन् । उनले पर्खाललाई राजनीतिक एजेन्डामा कायम राखेको र खतरनाक आप्रवासीविरोधी एजेन्डालाई अघि बढाइरहेको भनी सही रूपमा दाबी गरेका छन् । ‘डीप स्टेट’ (जासूसी संयन्त्र) र कंग्रेसका रहेका तिनका भ्रष्ट सहायकहरूले आफूलाई ‘अघि बढ्न नदिएको’ भनी उनले दाबी गर्नेछन् । त्यसैले अन्तिम प्रतिरोधलाई तोड्नका लागि आफूलाई दोस्रो कार्यकाल आवश्यक हुने र आफूले बल्ल प्रतिज्ञा पूरा गर्न सक्ने उनले भन्नेछन् ।
तेस्रो, परिचालित अल्पसंख्यकविरुद्ध उभिने बहुसंख्यक अमेरिकीहरू ट्रम्पसँग असन्तुष्ट छन् तर डेमोक्रेटिक पार्टीले उनीहरूलाई उत्प्रेरित गरेको छैन । उनीहरूले त्यो दलको प्रस्ट प्रोफाइल देखेका छैनन् । त्यस दलमा राष्ट्रपतिका लागि २० भन्दा बढी उम्मेदवार छन् र तिनीहरू लगभग सबै कुरामा एकअर्कासँग विमति राख्छन् ।
अनि चुनाव आउनलाई ५०० दिनजति बाँकी रहँदा डेमोक्रेटहरू अहिले नै एकअर्काका विरुद्ध लागेका छन् । स्यान्डर्सविरुद्धका दाताहरू अन्य उम्मेदवारहरूलाई आफ्नो पक्षमा ल्याउन खोज्दैछन् भने डेमोक्रेट संस्थापन पक्षका मानिस स्यान्डर्स गुटसँग झगडा गरिरहेका छन् । त्यो गुटले डेमोक्रेटिक संस्थापनविरुद्ध पैसा उठाइरहेको छ । ट्रम्प पुनः निर्वाचित हुने यो चौथो कारण हो ।
ट्रम्पले सन् २०१६ मा पनि राम्रो अभियान चलाएका थिए – क्लिन्टनभन्दा त धेरै राम्रो । ट्रम्पले त शपथ लिएको दिनदेखि नै राष्ट्रपतीय निर्वाचन अभियान चलाइरहेका छन् र उनको अभियानले हालैका समयमा राम्रो पैसा पनि जोडिरहेको छ । सन् २०१६ मा उनलाई बेवास्ता गर्ने रिपब्लिकन अभियन्ता र दाताहरूले पनि यसपालि उनलाई करोडौं डलर दिएका छन् ।
ट्रम्प ऐतिहासिक रूपमै अलोकप्रिय नेता होलान् तर उनी (सजिलैसँग) पुनः निर्वाचित हुने हदसम्म लोकप्रिय छन् । उनका समर्थकहरू चरम उत्साहित छन् भने डेमोक्रेटहरूमा यसको कमी छ । डेमाक्रेटहरूले यो उत्साह सिर्जना गर्न ५०० दिन बाँकी छ तर उनीहरू एकजुट हुनुपर्छ, विभाजित हुने हैन ।
द गार्डियनमा प्रकाशित कास मुद्देको विश्लेषण
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...