×

NMB BANK
NIC ASIA

बाढी र डुबानका कारण प्रदेश २ नराम्ररी प्रभावित, ५८ हजार जनालाई सुरक्षित स्थानमा सारियो

असार २९, २०७६

NTC
Sarbottam
तस्वीर : रासस
Premier Steels
Marvel

जनकपुर – अविरल वर्षापछिको बाढी र डुबानका कारण प्रदेश २ का ८ वटै जिल्लाको जनजीवन नराम्ररी प्रभावित भएको छ ।

Muktinath Bank

२ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले दिएको जानकारी अनुसार प्रदेशमा बाढीका कारण हालसम्म ६ जनाको मृत्यु तथा ५ जना बेपत्ता भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धनुषा, रौतहट, सिरहा र पर्सामा १/१ जनाको मृत्यु भएको छ भने बारामा २ जनाले ज्यान गुमाएका छन् । महोत्तरी, रौतहट, पर्सा, सिरहा र धनुषामा १/१ जना बेपत्ता बनेका छन् ।


Advertisment
Nabil box
Kumari

बाढीका कारण खोलामा बगेका मानिसहरू बेपत्ता भए पनि खोजीको कार्य जारी रहेको प्रदेश प्रहरीका प्रवक्ता महतोले जानकारी दिए । 

Vianet communication
Laxmi Bank

उनका अनुसार प्रदेशका ८ वटै जिल्लाबाट आइतवार बिहानसम्म कुल ५८ हजार १ सय ४० मानिसहरूलाई उद्धार गरेर सुरक्षित स्थानमा राखिएको छ ।  

सबै जिल्लामा नेपाल प्रहरी, सशत्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले बाढीमा फसेका तथा डुबानमा परेका मानिसहरूलाई रबर बोटको प्रयोग गरेर उद्धार गरी सामुदायिक विद्यालयहरूमा स्थानान्तरण गरिएको छ । रौतहट र महोत्तरी जिल्ला सबैभन्दा बढी प्रभावित रहेको उनले बताए ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालका अनुसार पूर्वपश्चिम राजमार्गमा बाढीका कारण बगेको भप्सी खोला खण्डको विकल्पमा महोत्तरीको रामगोपालपुर, औरही, गौशाला हुँदै वैकल्पिक सडक सुचारु गराएर सवारी साधन सञ्चालनमा ल्याइएको छ ।

शनिवार बिहानैदेखि डुबानमा फसेका मानिसहरूलाई रबर बोटको माध्यमले सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम गरिएको सीडीओ अधिकारीले बताए ।

‘स्थानीय पालिकाका जन प्रतिनिधिसँग समन्वय गरेर राहतका सामग्री समेत वितरण गर्ने काम जारी राखिएको छ,’ सीडीओ ढकालले भने, ‘आवश्यक राहत सामग्री उपलब्ध गराउनका लागि नेपाल सरकारको गृह मन्त्रालयसँग माग समेत गरेका छौं ।’

त्यसैगरी सिरहाका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले पनि कमला नदीमा आएको बाढीका कारण सिरहा नगरपालिकाको ५ वटा वडा पूर्ण रूपमा डुबानमा परेको जानकारी दिए ।

सिरहा जिल्लाकै कल्याणपुर नगरपालिका, कर्जन्हा नगरपालिका सहित कुल १७ मध्ये १५ पालिका डुबानका कारण प्रभावित भएको उनले बताए । डुंगाको सहयोग विना उद्धार गर्ने स्थिति नभएकाले उद्धारमा कठिनाई भए पनि फसेका मानिसहरूलाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको उनको भनाइ छ ।

पर्साका  सीडीओ  नारायण भट्टराईले पनि बाढी र डुबानमा परेका २५ सय मानिसहरूलाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको बताएका छन् । त्यतिकै संख्यामा अझै पनि मानिसको उद्धार गर्नुपर्ने आवश्यकता रहेको भन्दै सीडीओ भट्टराईले भने, ‘सामुदायिक विद्यालय, स्वास्थ्य चौकीमा राखेर वीरगञ्ज उद्योग वाणिज्य संघको अगुवाइमा राहत तथा खाद्यान्न सामग्रीको व्यवस्थापन गरिएको छ ।’

प्रदेश २ को सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवका अनुसार प्रदेश सरकारको पहिलो प्राथमिकता उद्धार तथा खोजी कार्य रहेकाले अहिलेसम्म उद्धारको क्रम जारी नै रहेको छ ।

‘संघीय सरकारसँग समन्वय गरेर विराटनगर विमानस्थलमा र काठमाडौंको विमानस्थलमा नेपाली सेनाको हेलिकप्टर स्ट्याण्डवाइ राखेको भए पनि मौसमी प्रतिकूलताका कारण हेलिकप्टरबाट उद्धार कार्य सम्भव हुन सकेन,’ मन्त्री यादवले भने, ‘रबर बोटको माध्यमले स्थानीय सुरक्षाकर्मीको सहयोगमा उद्धारको कार्य जारी छ ।’

प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला विपद् व्यवस्थापन समितिलाई राहतका लागि सामग्री वितरण गर्ने भन्दै १०/१० लाख रुपैयाँ निकासा समेत गरिसकेको मन्त्री यादवले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x