कात्तिक २०, २०८०
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
काठमाडौं– निर्वाचन आयोगको सुझाव अनुसार मन्त्रिपरिषद्को बैठकले १४ मंसिरमा उपनिर्वाचन गर्ने निर्णय गर्यो । यससँगै ५० स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाका रिक्त स्थानमा नयाँ जनप्रतिनिधि छान्न चुनाव हुने भएको छ ।
बिहीवार निर्वाचन आयोगले तीनवटै तहमा प्रतिनिधित्व गर्ने १८ दललाई आयोगको कार्यालयमा बोलाएर निर्वाचनको मिति, प्रक्रिया र कानूनी व्यवस्थासम्बन्धी विषयमा परामर्श गरेको थियो । उपस्थित भएका राजनीतिक दलका प्रतिनिधिहरूले मंसिरमा निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिएका थिए ।
सोही सुझाव अनुसार सरकारले मंसिर १४ गतेका लागि उपनिर्वाचनको मिति तोक्यो ।
प्रतिनिधि सभामा एक, प्रदेश सभामा तीन स्थान रिक्त
नेकपाका प्रतिनिधि सभा सदस्य रवीन्द्र अधिकारीको गत फागुनमा दुर्घटनामा परी निधन भएपछि कास्की क्षेत्र नम्बर २ खाली छ ।
प्रदेश सभामा खाली रहेका ३ सीटमध्ये दाङ ३ (ख), भक्तपुर १ (ख), बाग्लुङ २ (ख) का सीटहरूमा पनि निर्वाचन गर्नुपर्ने छ ।
दाङबाट निर्वाचित उत्तरकुमार वलीको कार दुर्घटनामा परी निधन भएको थियो, भक्तपुरका हरिशरण लामिछानेको उपचारका क्रममा मृत्यु भएको थियो भने बाग्लुङका टेकबहादुर घर्तीको पनि बिरामी भएर मृत्यु भएको थियो ।
धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको पनि बिरामी परी निधन भएको थियो ।
महोत्तरीको पिपरा गाउँपालिका, संखुवासभाको मकालु गाउँपालिका र पाँचथरको फाल्गुनन्द गाउँपालिकाको प्रमुखको सीटमा पनि निर्वाचन गर्नुपर्नेछ ।
यसैगरी हुम्लाको खार्पूनाथ गाउँपालिका उपाध्यक्ष पदमा पनि निर्वाचन गर्नुपर्ने छ । अन्य ३६ जिल्लाका ४१ वडाध्यक्ष पद पनि खाली छन् ।
सरकारको अलोकप्रियताका बीच चुनाव
पछिल्लो समयमा सरकारले ल्याएका केही विधेयक र गरेका केही निर्णयहरू विवादमा परेपछि सरकारको लोकप्रियता घटेको मानिएको छ ।
विगतमा आफ्नो लोकप्रियता घटेको अवस्थामा राजनीतिक दलहरू चुनाव गर्न मान्दैनथे । तर निर्वाचन आयोगको सुझाव अनुसार सरकारले मंसिर १४ गते उपनिर्वाचन गर्ने मिति समेत तोकिसकेको छ ।
यो चुनावले नेकपा सरकारप्रति जनताको धारण बुझ्न सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारका लागि यो परीक्षाको घडी समेत हो ।
सरकार अलोकप्रिय बनेको अवस्थामा हुने उपनिर्वाचनमा प्राय: विपक्षीलाई फाइदा हुने गरेको पाइन्छ ।
नेपालमा हाल स्थानीय तहमार्फत् कर बढाएर जनताको ढाड सेकेको भन्दै आलोचना हुँदै आएको छ ।
विदेशमा हुनेले पनि पाउलान् भोट हाल्न ?
निर्वाचन आयोगले बिहीवार बोलाएको सर्वदलीय बैठकमा इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) प्रयोग गर्नुपर्ने र विदेश रहेका नेपाली नागरिकहरूले पनि भोट हाल्न पाउने गरी व्यवस्था गर्न केही दलले आयोगलाई सुझाव दिएका थिए ।
विदेशस्थित नेपाली नागरिकहरूले भोट हाल्न पाउने व्यवस्था गर्न विभिन्न दलहरूले पहिलादेखि नै माग गर्दै आइरहेका थिए । तर खर्च र व्यवस्थापनको हिसाबले यो जटिल प्रक्रिया रहेको निर्वाचन आयोगले जनाएको छ ।
दलहरूले दिएको सुझावलाई मनन गर्ने निर्वाचन आयोगका उपसचिव सूर्यप्रसाद अर्यालले बताए ।
आयोगले २०६४ र २०७० सालको संविधानसभा सदस्य निर्वाचन तथा उपनिर्वाचनमा गरी १२ वटा निर्वाचन क्षेत्रमा इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम)को प्रयोग गरेको थियो ।
७० सालको चुनावपछि निर्वाचन आयोगले त्यसपछिका निर्वाचनमा मेसिन प्रयोग गर्ने नीतिगत निर्णय नै गरेको थियो । तर २०७४ सालको निर्वाचनमा पनि निर्वाचन आयोगले मेसिन प्रयोग गर्न सकेन ।
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...