फागुन ३०, २०८०
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
काठमाडौं– नेपालको विद्युत चुहावट तीन वर्षमा करिब १० प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७२/०७३ देखि २०७५/०७६सम्म आइपुग्दा विद्युत चुहावट १० दशमलव ४६ प्रतिशतले घटेको हो ।
आर्थिक वर्ष २०७२/०७३मा विद्युत चुहावट कूल उत्पादनको २५ दशमलव ७८ प्रतिशत रहेकोमा गत आर्थिक वर्ष २०७५÷०७६मा उक्त चुहावट १५ दशमलव ३२ प्रतिशत कायम भएको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७४/०७५मा उक्त विद्युत चुहावट २० दशमलव ४५ प्रतिशत रहेको थियो । पछिल्लो समय विद्युत चुहावट घट्नु सन्तोषजनक रहेको मन्त्रालयका अधिकारीहरुको भनाई छ ।
मन्त्रालयका सचिव दिनेश घिमिरेले तीन वर्ष अघिको तुलनामा पछिल्लो समय उल्लेखनीय उपलब्धी भएको बताए । ‘तीन चार वर्ष अघिको स्थिति हेर्दा अहिलेका हाम्रा उपलब्धी साँच्चिकै उल्लेखनीय छन्,’ उनले भने, ‘उत्पादन, वितरण र व्यापारको क्षेत्रमा उल्लेखनीय उपलब्धी भएपनि गर्व गरेर खुसी भएर बस्नु पर्ने अवस्था अझै छैन ।’
७८ प्रतिशतमा विद्युत पहुँच
मन्त्रालयले मंगलवार सार्वजनिक गरेको वार्षिक प्रगति अनुसार ७८ प्रतिशत जनसँख्यामा विद्युत पहुँच पुगेको उल्लेख गरिएको छ ।
विद्युत प्राधिकरणका ४५ लाख ग्राहक भएका र ती ग्राहक अन्तरगत करिब २ करोड ३० लाख नेपाली विद्युतको पहुँचमा पुगेको मन्त्रालयका सचिव घिमिरेले बताए । ‘४५ लाख विद्युतका ग्राहक हुन्’ उनले भने, ‘एउटा ग्राहक अन्तरगत औषतमा ५ देखि ६ जनाले विद्युतको उपभोग गरिराखेका छन्, ।’
नाफा १ सय ४९ प्रतिशतले बढ्यो
गत आर्थिक वर्ष २०७५/०७६मा नेपाल विदुत प्राधिकरणको खुद मुनाफा ७ अर्ब २० करोड रुपैयाँ पुगेको प्राधिकरणले जानकारी दिएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७४/०७५मा प्राधिकरणको मुनाफा २ अर्ब ९० करोड रहेकोमा गत आर्तिक वर्षमा १ सय ४९ प्रतिशतले मुनाफा वृद्धि भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
त्यस्तै गत आर्थिक वर्षमा कूल विद्युत उपलब्धता ७ अर्ब ५५ करोड युनिट (किलोवाट आवर) रहेको विद्युत प्राधिकरणले जानकारी दिएको छ ।
उक्त उपलब्धतामध्ये २ अर्ब ५५ करोड युनिट प्राधिकरणको उत्पादन, २ अर्ब १९ करोड युनिट निजी उत्पादकहरुको र २ अर्ब ८१ करोड युनिट आयातित रहेको छ ।
कूल उपलब्ध विद्युतमा ३७ प्रतिशत आयातित विद्युत, ३४ प्रतिशत प्राधिकरणको उत्पादन तथा २९ प्रतिशत निजी उत्पादकहरुको रहेको प्राधिकरणको तथ्याङ्क छ ।
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...