×

NMB BANK
NIC ASIA

कार्ल्सबर्ग गल्फ सिरिजको दोस्रो सिरिज सम्पन्न, भरत र टासी विजेता

भदौ १, २०७६

NTC
Premier Steels

काठमाडौं– कार्ल्सबर्ग गल्फ सिरिज २०१९ को दोस्रोे लेग अर्थात् देशको सबैभन्दा प्रतिष्ठित गल्फिङ इभेन्टको दोस्रोे सिरिज सम्पन्न भएको छ । यस प्रतियोगितामा देशका प्रमुख उदयमान गल्फरहरूको कडा प्रतिस्पर्धा र गल्फप्रतिको माया देखिएको थियो । 

Muktinath Bank

३ वटा सिरिजमध्येको पहिलो सिरिजमा आफ्नो होम क्लबहरूको भ्यालिड ह्याण्डिक्याप भएका देशभरिका उदयमान–गल्फरहरूलाई पनि यस इभेन्टमा सुनौलो मौका प्रदान गरिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो सिरिज ¾ ह्याण्डीक्यापका साथ स्टेबेलफोर्ड फम्र्याटमा खेलिएको थियो नेट बिजता भरत बस्ताकोटीले ३८ अंक प्राप्त गरी टप पोजिसन हासिल गरेर नेट विजेता भएका छन् भने टासी छिरिङ्ग दोङले  ३६ ग्रस अंक प्राप्त गरी दोस्रोे सिरिजको ग्रस च्याम्पीयन बन्न सफल भएका छन् । 


Advertisment
Nabil box
Kumari

राजेन्द्र श्रेष्ठ ३७ अंक काउन्ट ब्याकका साथ नेट उप–विजेता र  एनजे रायमाझी ग्रस ३७ अंक काउन्ट ब्याकका साथ ग्रस विधामा नेट उप–विजेता बने  ३७ अंक काउन्ट ब्याग साथ आश्रिया बानु महिला तर्फका विजेता बन्न सफल भएकी छिन् भने  ३७  अंकका साथ  कश्मीरा शाह उप विजेता । 

Vianet communication

यसै गरी ६० वर्ष र त्यसभन्दा माथिका सहभागीहरूका सिनियर विधामा  ३६ अंकका साथ दिलिप रायमाझी काउन्ट विजेता भए भने ३५ अंक काउन्ट ब्यागका साथ एनबी रावल उप विजेता बन्न सफल भए।

४ बर्डिजका साथ तेन्जिङ्ख छिरिङ्खले मष्ट बर्डिजका उपाधि जिते ।  दाबा जे शेर्पा र आर एम श्रेष्ठले भने क्रमशः लङ्गेष्ट ड्राइभ र क्लोजेष्ट टु द पिन जिते ।  

सेकेन्ड सिरिजमामा भरत बस्ताकोटीले नेट क्याटगोरीमा १ सय ५० अंकले लिड गरिरहेका छन् भने टासी छिरिङ्ग डोङ्ख १ सय ५ ले दोस्रो स्थानमा छन् । अजय बी शाह, १०० अंकले तेस्रो स्थानमा, एनजे रायमाझी ७५ अंकले चौथो र श्याम सिम्खडा ७० अंकले पाचौं स्थानमा छन् ।

ग्रस सेक्सनमा  १ सय ५० अंकका साथ टासी छिरिङ्ग दोङ लिडरबोर्डको टपमा छन् । यसै गरी  एन जे रायमाझी  १०५ अंकका साथ दोस्रोे स्थानमा छन् भने १०० अंकका साथ पृथ्बी मल्ल र सुरेंद्र फुयाल तेस्रो स्थानमा छन् । 

¾ ह्याण्डीक्यापका साथ स्टेबेलफोर्ड फम्र्याटमा खेलिएको यस प्रतियोगितामा १८ वटा  होल्स थिए र ८४ गल्फर सहभागी भएका थिए । 

गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले भने, ‘सन् १९९० देखि नेपालमा गल्फ खेलको गौरवशाली प्रायोजक रहेको कार्ल्सबर्गले प्रतिभाशाली उदयमान गल्फरहरूलाई अघि आएर आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्दै कार्ल्सबर्ग गल्फ सिरिजले साँच्चै नै लामो बाटो तय गरेको छ । 

गल्फसँगको कार्ल्सबर्गको आवद्धता दशकौं लामो साथबाट बनेको छ किनकि नेपालमा गल्फको सुरुवात भएदेखि नै कार्ल्सबर्ग सहयोगी प्रायोजककोरूपमा अगाडि आइरहेको छ ।’

गोर्खा बु्रअरीका बजार प्रबन्धक रोजन अमात्यले थपे, ‘यस प्रतियोगिता प्रति हामीले निकै नै उत्कृष्ट प्रतिक्रीया प्राप्त गरेका छौं र हामी समस्त सहभागीहरूलाई हार्दिक आभार व्यक्त गर्दछौं । यसका साथै हामी हाम्रो पार्टनर गोकर्ण फरेष्ट रिसर्टलाई पनि यो प्रतियोगितालाई सफल बनाउन निरन्तर साथ दिएकोमा धन्यवाद दिन चाहन्छौं ।’

गोकर्ण फरेष्ट रिसोर्टका प्रमुख गल्फ निर्देशक दीपक आचार्यले, ‘कार्ल्सबर्ग गल्फ सिरिज उदयमान गल्फरहरूका लागि प्रतिस्पर्धात्मक गल्फ खेल्न एक उत्कृष्ट मञ्च हो । गोकर्ण रिजर्टको तर्फबाट म कार्ल्सबर्गलाई गल्फमा निरन्तर सहयोग गरिरहेकोमा हार्दिक धन्यवाद दिन चाहन्छु । यस्तो प्रायोजनले नेपालमा गल्फको उत्थान तथा विकासमा पक्कै पनि मद्दत मिल्ने छ,’ भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x