कात्तिक २८, २०८०
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले डेनमार्क भ्रमण रद्द गरेका छन् । डेनमार्कको अधीनमा रहेको ग्रीनल्यान्ड अमेरिकालाई बेच्ने कुरा अर्थहीन भएको भन्दै डेनिश प्रधानमन्त्रीले बयान दिएपछि ट्रम्पले भ्रमण रद्द गरेका हुन् ।
सेप्टेम्बर महिनाको आरम्भतिर ट्रम्पले डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिकसनलाई भेट्ने कार्यक्रम थियो ।
ट्रम्पलाई डेनमार्ककी रानी मार्गरेथ द्वितीयाले राजकीय भ्रमणका लागि निम्तो गरेकी थिइन् ।
ट्रम्पले मंगलवार एक ट्वीट गरेर अर्को समयका लागि भ्रमण स्थगित गरेको लेखे । ‘प्रधानमन्त्रीले यति सीधा कुरा राखेर अमेरिका र डेनमार्क दुवैको खर्च र प्रयास जोगाउन सफल भएकी छन्,’ ट्रम्पले लेखे ।
फ्रेडरिकसनले ग्रीनल्यान्ड किन्ने ट्रम्पको चाहना अर्थहीन भएको बताउँदै ग्रीनल्यान्ड बिक्रीमा नरहेको बताएकी थिइन् ।
ग्रीनल्यान्डमा रेयर अर्थ्स नामक वस्तु पाइने हुनाले ट्रम्पले त्यो टापु किन्न मरिहत्ते गरेका हुन् । रेयर अर्थ्स मोबाइल फोन, आणविक हतियार लगायतका वस्तुमा प्रयोग हुने धातु हो ।
चीनले अमेरिकालाई रेयर अर्थ्स बेच्ने गरेको थियो । तर चीनसँग व्यापारयुद्ध लम्बिँदै गएपछि त्यहाँबाट रेयर अर्थ्स नआउने भएपछि ट्रम्पको नजर ग्रीनल्यान्डमा परेको हो । चीनलाई मात खुवाउनका लागि ग्रीनल्यान्डको रेयर अर्थ्य उपयोग गर्ने ट्रम्पको रणनीति हो ।
तर ट्रम्पको यो रणनीतिलाई डेनिश प्रधानमन्त्रीले असफल बनाइदिएपछि उनी क्रुद्ध भएका हुन् ।
राजकीय भ्रमण गरेका भए ट्रम्पले प्रधानमन्त्री फ्रेडरिकसन र ग्रीनल्यान्डका प्रधानमन्त्री किम कीएल्सनलाई भेट्ने थिए ।
उनले डेनमार्क भ्रमण गर्नुअघि पोल्यान्डको वार्सामा दोस्रो विश्वयुद्ध शुरू भएको ८०औं वर्षगाँठमा आयोजित समारोहमा भाग लिने कार्यक्रम थियो ।
एजेन्सी
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...