भदौ ७, २०८०
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
काठमाडौं – फ्रान्समा चिडियाखाना भ्रमण गरेर एक गैंडाको छालामा आफ्नो नाम कोतर्ने दुई व्यक्तिको कठोर आलोचना गरिएको छ ।
गैंडाको छालामा जुली र कमिल नाम कोतरिएको थियो । ला पाल्मीर नामक चिडियाखानाका पर्यटकले देखाएको मूर्खता र असम्मानबाट आफूहरू क्रुद्ध भएको चिडियाखानाका अधिकारीहरूले बताए ।
नौएल नाम राखिएकी पोथी गैंडाको छालामा उनीहरूले नङले कोतरेर आफ्नो नाम लेखेका थिए ।
पाल्मीर चिडियाखानका पीएर काइलले भने, ‘कसैले गैंडाको मृत छालाको माथिल्लो पत्रमा नङले कोतरेछ । यो सम्मानमा आघात हो तर पोथी गैंडाले के भएको थाहा पाइन र उसलाई पीडा पनि भएन । हामीहरू अब चिडियाखानामा स्याहार गर्ने मानिसको संख्या बढाउँछौं । यो नदोहोरिने सुनिश्चितता हामी गर्छौं ।’
यसमा कानूनी कारवाही भने नचलाइने चिडियाखानको भनाइ छ ।
चिडियाखाना आउने अधिकांश पर्यटकहरूले सम्मानपूर्वक गैंडालाई छुने गरेका छन् । फ्रान्सेली वन्यजन्तु संरक्षण च्यारिटी ल बायोमले मानिस र गैंडाबीच यसरी निकटताको अवसर दिनु मापदण्डमुनिको काम भएको बतायो ।
गैंडाको छालामा नाम कोतरिएको तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आक्रोश छ ।
एजेन्सी
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...