जापानमा फाक्साई आँधीको कहर : १ जनाको मृत्यु, व्यापक क्षति

भदौ २३, २०७६

काठमाडौं – जापानमा फाक्साई आँधीका कारण राजधानी टोक्योमा कीर्तिमान भंग गर्ने हावा चलेपछि एकजनाको मृत्यु भएको छ । मानिसहरूलाई सुरक्षित ठाउँमा सारिएको छ, विद्युत् आपूर्ति ठप्प भएको छ र अफिस टाइममा अव्यवस्था छाएको छ । 

थुप्रै रेलवे लाइनहरू बन्द गरिएका छन् अनि उडानहरू स्थगित गरिएका छन् । 


ADVERTISEMENT

सरकारका प्रवक्ता योशिहिदे सुगाले एकजनाको मृत्यु भएको जानकारी पाइएको बताए । १२३ माइल प्रतिघण्टाका दरले चलेका हावाका कारण रुख पल्टिएका थिए अनि सामानहरू हावामा हुर्रिएका थिए । 

चिबा र कानागावा क्षेत्रका ५ हजार मानिसलाई सुरक्षित स्थानमा जान आदेश दिइएको थियो । 

सोमवार बिहान सबवे र ट्रेन स्टेसनहरू फेरि खुलेका थिए । मानिसहरू काममा जानका लागि संघर्षरत थिए । 

एजेन्सी
 

भदौ २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस