सुडानमा अपदस्थ राष्ट्रपतिले निजी कोठामा करोडौं डलर लुकाएको खुलासा

भदौ २४, २०७६

काठमाडौं – सुडानका अपदस्थ राष्ट्रपति ओमार अल–बशिरले एउटा निजी कोठामा करोडौं डलर नगदमै राखेको अदालती सुनुवाइमा खुलेको छ ।

राष्ट्रपति निवासमा रहेको उक्त कोठामा अल–बशिरले मात्र पहुँच पाउने गरेका थिए । 


ADVERTISEMENT

उनीविरुद्धको सुनुवाइमा एक प्रत्यक्षदर्शीले लगभग १.२ करोड डलर आफैंले विभिन्न संस्थालाई दिएको बताए । 

अल–बशिरलाई अप्रिल ११ मा भएको सैन्य कूमा हटाइएको थियो । 

अहिले उनी भ्रष्टाचार तथा विदेशी मुद्रा अवैध रूपमा राखेको अभियोगमा पुर्पक्षको सामना गरिरहेका छन् ।

प्रत्यक्षदर्शी मेजर जनरल यासिर बशिरले सन् २०१५ देखि २०१८ सम्म राष्ट्रपतिको आज्ञाबमोजिम आफूले नगद बाँड्ने गरेको बताए । 

अल–बशिरले ३० वर्षसम्म सुडानमा कठोर शासन चलाएका थिए र उनलाई अहिले कोबेर कारागारमा राखिएको छ । त्यही कारागारमा उनले आफ्ना कैयौं विपक्षीहरूलाई मर्न पठाउने गरेका थिए । 

पुर्पक्ष शनिवार पनि चल्नेछ ।

एजेन्सी

भदौ २४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार