×

NMB BANK
NIC ASIA

सामुदायिक विद्यालयमा सुधार आवश्यक : मन्त्री पोखरेल

भदौ २८, २०७६

NTC
फाइल फोटो
Premier Steels

हेटौंडा – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेता, जनप्रतिनिधि र उच्च पदस्थ सरकारी कर्मचारीले आफ्ना बालबालिकाको लागि सामुदायिक विद्यालय छनौट गरेमा शिक्षा क्षेत्रमा आमूल परिवर्तन हुने बताएका छन् ।

Muktinath Bank

शनिवार हेटौंडामा आयोजित नमूना विद्यालय हस्तान्तरण कार्यक्रममा उनले शिक्षा क्षेत्रमा सरकारले गरेको ठूलो लगानीको उचित प्रतिफल ल्याउनका लागि सामुदायिक विद्यालय सुधार कार्य आवश्यक रहेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अब सामुदायिक विद्यालयमा साधारणभन्दा पनि प्राविधिक शिक्षाको पढाइ आवश्यक छ । यसले शिक्षालाई सीप, सीपलाई रोजगारी र रोजगारीले समृद्धि सम्भव हुन्छ,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

उनले हालसम्म नेपालमा ८० प्रतिशत साधारण र २० प्रतिशत मात्र प्राविधिक शिक्षा अध्यापन गराइने भएकाले अब यसलाई उल्टाउनुपर्ने समय आएको बताउँदै अबको दिनमा सामुदायिक विद्यालयले नीजि क्षेत्रसँग प्रतिस्पर्धा गर्न सक्ने खालको शैक्षिक गतिविधि अगाडि बढाउनुपर्ने बताए ।

Vianet communication

मन्त्री पोखरेलले नेपाल सरकारले ५ वर्षभित्र विद्यालय भवनहरूको पुनर्निर्माण सम्पन्न गर्ने संकल्प लिएको उल्लेख गर्दै अब १ हजार ७०० विद्यालय पुनर्निर्माण हुन बाँकी रहेको र जग्गा लगायतका विवादका कारणले त्यो कार्य अड्किएको बताए ।

संघीय लोकतन्त्रको यथार्थ जनजनमा पुर्‍याउन शिक्षा नै उपयुक्त माध्यम भएको बताउँदै उनले अबको दिनमा हिजोको शैलीमा गराइने पठनपाठनले काम नगर्ने हुँदा पुरानो ज्ञान दिने मात्र नभएर नयाँ ज्ञान सिक्नतर्फ शिक्षक उन्मुख हुनुपर्नेमा जोड दिए ।

मन्त्री पोखरेलले विगतमा शिक्षक हुन राजनीतिक दल, ट्रेड युनियनमा जोडिएको जस्तो अबको दिनमा विद्यार्थीको परीक्षाफलमा जोडिनुपर्नेमा बताउँदै शिक्षामा क्रान्तिको आवश्यकता रहेकाले त्यो क्रान्ति सिकाइले मात्र ल्याउने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकनाथ चौलागाईंको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य मुनु सिग्देल, प्रेमबहादुर पुलामी, जुनेली श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल लगायतले बोलेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

बैशाख १३, २०८१

रूपन्देहीको तिलोत्तमास्थित शान्ति नमूना माविमा यो वर्ष कक्षा १ देखि ९ सम्म भर्ना हुन १ हजार ३६५ विद्यार्थीले आवेदन दिएका थिए । तर, विद्यालयमा ५८५ जना विद्यार्थीले मात्रै भर्ना पाए । भर्ना पाउनेमध्ये ९० प्रतिशतभन्द...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x