कात्तिक २२, २०८०
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
काभ्रेपलाञ्चोक – प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकको सङ्घीयता कुनै पनि हालतमा ‘ब्याक’ नहुने बताएका छन् ।
उनले जिल्ला समन्वय समितिद्वारा स्थानीय तहको क्षमता अभिवृद्धिका सन्दर्भमा धुलिखेलमा शनिबारदेखि आयोजित दुईदिने जिल्लास्तरीय कार्यशाला गोष्ठीलाई आज सम्बोधन गर्दै भने, “यो सङ्घीयता कुनै पनि हालतमा ब्याक हुँदैन, कसैले फेल गराउछु भनेर नसोचे हुन्छ, हामी सङ्घीयतालाई बलियो बनाउँदै संस्थागत बनाउन दृढताकासाथ लागेका छौँ ।”
मुख्यमन्त्री पौडेलले सङ्घीयतालाई बलियो बनाइ संस्थागत बनाउने जिम्मेवारी निर्वाचित जनप्रतिधिको रहेको बताए । मुख्यमन्त्री पौडेलले लामो संघर्षपछि प्राप्त उपलब्धिलाई रक्षा गर्नुपर्ने आजको आवश्यकता रहेकामा जोड दिए ।
“जसरी स्थानीय तह, प्रदेश सरकार र केन्द्रीय सरकारले केही गरेन भनेर गलत प्रचारप्रसार, ‘ब्याकबाइटिङ’ भएको छ, त्यसबाट जोगिन तपाई–हामी सतर्क रहनुपर्छ” उनले भने ।
जनप्रतिनिधिले गल्ती नगरेको अवस्थामा कोही कसैसँग नडराउनुपर्ने उनको धारणा थियो । उनले सरकारको विरोध गर्नेलाई सरकारले के गर्यो नभई के गरेन भनेर प्रश्न गर्न आग्रह गरे ।
“हामी तीनै तहका सरकारसँग समन्वय गरी काम गर्दैछौं, अबका वर्षमा विकास निर्माणका काम मात्रै देख्नुहुनेछ, सरकारले के गर्यो हैन, के गरेन भने सोध्नुस्”, उनको तर्क थियो ।
उनले भौतिक विकाससँगै मानसिकता विकासमा पनि जोड दिनुपर्ने आवश्यकता औंल्याए । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले बनाउनुपर्ने ९९ कानूनमध्ये ४५ बनाइसकेको बताए ।
सुशासन कायम, गौरवशाली विकास निर्माणको विषय पहिचान, विधि, समस्या, अवसर सम्भावना र चुनौतीको खोजी गर्ने उद्देश्यले आयोजित सो गोष्ठीमा जिल्लास्थित प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख तथा जिल्ला समन्वय समितिका पदाधिकारीको सहभागिता रहेको थियो ।
गोष्ठीको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शनिबार उद्घाटन गर्दै ‘सुखी नेपाली समृद्ध नेपाल : अवधारणा, अवस्था र चुनौती’ विषयमा प्रशिक्षण दिएका थिए ।
यसैगरी, प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले ‘राज्य पुनःसंरचनाको अवधारणा, सङ्घीय व्यवस्थामा सङ्घ, प्रदशे र स्थानीय सरकारको भूमिका तथा अन्तरसम्बन्ध एवं साझेदारीकाका क्षेत्र’, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाले ‘सरकारका नीति, कार्यक्रम कार्यान्वयनमा स्थानीय सरकारको भूमिका एवं प्रशासनिक समन्वय र अन्तरसम्बन्ध’ र प्रतिनिधिसभा सदस्य विन्दा पाण्डेले स्थानीय सरकार सञ्चालनमा लैङ्गिक सवाल तथा न्यायिक समितिको भूमिका’ विषयमा प्रशिक्षण दिएका थिए ।
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...