मंसिर ११, २०८०
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
असोज ६, २०७६
काठमाडौं – सुदूरपश्चिम र कर्णाली प्रदेशका संस्कृति झल्किने गरी बुधवार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा नृत्य निर्देशक देवु वोराको एकल नृत्य साँझ आयोजना हुने भएको छ ।
हिमाल डेन्टल हस्पिटल काठमाडौंको आयोजनामा लोक नृत्यको प्रचारप्रसारका लागि नृत्य साँझ आयोजना गरिएको हो ।
हस्पिटलका अध्यक्ष डा. राजेन्द्र भट्टले साँझ ४ बजेदेखि नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा नृत्य साँझ आयोजना गरिएको बताए । ‘सुदूरपश्चिमका चम्किला प्रतिभा नृत्य निर्देशक देवु वोराको एकल नृत्य साँझको आयोजना गरिएको छ । पुर्ख्यौली थलो बैतडी भएपनि धनगढीमा जन्मे–हुर्केका कलाकार बोराको जीवन संघर्ष र प्रेरणादायी छ । उनी काठमाडौंमा बसेर नाच सिकाउँछन्, कोरियोग्राफी गर्छन्,’ अध्यक्ष भट्टद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘कार्यक्रममा उनी एक दर्जनभन्दा बढी गीतमा नाच्नेछन् । उनका अन्य शिष्यहरूले पनि नृत्यमा साथ दिनेछन् । विभिन्न जातजातिको पहिरनमा सजिएर उनले प्रतिभा पस्कने छन् ।’
स्वास्थ्य क्षेत्रमा क्रियाशील भएपनि हिमाल डेन्टल हस्पिटलले संस्कृतिको जगेर्नाका लागि नृत्य साँझ आयोजना गरेको अध्यक्ष भट्टले बताए । डा. भट्ट गीतकार समेत हुन् । उनले ‘झल्क झल्क झल्क हिमाल, कर्मभूमि जहाँ भएनि जन्मभूमि हो मेरो पश्चिम नेपाल’ लगायतका गीत लेखेका छन् । गीत, संगीत र संस्कृतिप्रति लगाव भएका भट्टले आफ्नो संस्थाको लगानीमा नृत्य साँझ आयोजना गरेका हुन् ।
नृत्य साँझमा प्रवेश निःशुल्क रहेको र सबैले सहभागिता जनाइदिन आग्रह गरिएको छ । कार्यक्रममा १६ नृत्य प्रस्तुत हुने नृत्य निर्देशक देवु वोराले बताए । उनका अनुसार ठाडी, छलिया, हुड्क्यौली, थारु सोह्र सिँगार, मध्यपश्चिमको सिँगार, धमाली, चञ्चल, बेली, क्लासिकल र आधुनिक छलिया लगायतका नृत्य प्रस्तुत हुनेछन् । ‘नृत्यमा मौलिक पहिरन र शैली देख्न पाइने छ,’ उनले भने ।
लुकेर रहेका प्रतिभालाई उजागर गर्दै सम्मान गर्न हिमाल डेन्टल हस्पिटलले ५० हजार रुपैयाँ राशीको पुरस्कार समेत घोषणा गरेको छ । ‘हरेक वर्ष पुरस्कार राशी बढाउँदै लैजाने योजना छ,’ अध्यक्ष भट्टले भने, ‘चर्चामा रहेका र स्थापित भइसकेका अनुहारभन्दा पनि लुकेर चर्चामा नआएका प्रतिभालाई सम्मान गर्ने सोचका छौं ।’
नृत्य निर्देशक वोरा निकै संघर्षशील भएर संस्कृति संरक्षणमा लागिरहेका संस्कृतिप्रेमी हेमन्त विवशले बताए । ‘उहाँले गुरु विना नै नृत्य सिक्नुभएको छ, नृत्यका नयाँ–नयाँ शैलीमा अभ्यास गर्नुहुन्छ,’ उनले भने, ‘उहाँले जोखिमयुक्त ठानिने मैनवत्ति नाच समेत देखाउनुहुनेछ ।’
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...