कृषि विकास बैंकको १ करोड ५६ लाख ह्याकर समूहले लुट्यो, १० जना पक्राउ

असोज ८, २०७६

काठमाडौं– प्रहरीले कृषि विकास बैंकको रकम ह्याक गरेर लुट्ने १० जनालाई पक्राउ गरेको छ ।

उनीहरुले कृषि विकाश बैंकको केन्द्रीय शाखाबाट करिब  १ करोड ५६ लाख रुपैयाँ ह्याक गरेर लुटेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

कृषि विकास बैंकको विभिन्न शाखामार्फत ट्रान्सफर गरेर केन्द्रीय शाखाबाट सो रकम निकालेको देखिएको प्रहरीको उच्च स्रोतको दाबी छ ।

यसरी ट्रान्सफर भएको रकम निकाल्ने १० जनामध्ये तीन जनालाई आइतबार काठमाडौंबाट र अन्यलाई काठमाडौं बाहिरबाट पक्राउ गरिएको प्रहरी स्रोतको भनाइ छ ।

पक्राउ पर्नेमा काठमाडौंका सुजन कार्की, निमा तामाङ, सञ्जय घले, विद्या सागर, नुवाकोटका लेमान तामाङ, लक्ष्मी तामाङ, निर्मला तामाङलगायत रहेका छन् ।

यसैगरी सिरहाबाट पुष्पराज खड्का पक्राउ परेका छन् ।

यसै  विषयमा जानकारी  दिन प्रहरीले दिउँसाे २ बजे पत्रकार सम्मेलन गर्ने जनाएकाे छ । 

असोज ८, २०७६ मा प्रकाशित

गगन अर्याल

लोकान्तर संवाददाता अर्याल सुरक्षा/अपराध तथा समसामयिक विषयमा समेत कलम चलाउँछन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस