सागका लागि टेबुलटेनिस खेलाडी छनोट

असोज १२, २०७६

काठमाडौं – नेपालमा हुने १३ औं दक्षिण एशियाली खेलकूद (साग) का लागि टेबुलटेनिस खेलाडी छनोट गरिएको छ ।

पुरुष र महिलातर्फ पाँच–पाँच खेलाडी छनोट गरिएको अखिल नेपाल टेबुलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी दिए ।


ADVERTISEMENT

छनोट भएका खेलाडीमा पुरुषतर्फ नेपाल प्रहरीका विनेश खनियाँ, एपिएफका पुरुषोत्तम बज्राचार्य र शिवसुन्दर गोथे, प्रदेश ३ का संयोग कपाली तथा प्रहरीका सुनिल महर्जन रहेका छन् ।

महिलातर्फ प्रहरीकी नविता श्रेष्ठ र एलिना महर्जन, नेपाल आर्मीकी रविना महर्जन र दीक्षा तामाङ तथा एपिएफकी सिका सुवाल छनोट भएका छन् । पुरुषतर्फ शीर्ष वरियताका खेलाडी श्यान्टु श्रेष्ठ सवारी दुर्घटनामा परेका कारण छनोट प्रतियोगितामा सहभागी हुन पाएनन् ।

‘श्यान्टुले शीर्ष ५ मा छनोट भएका सुनिलसँग पुनः छनोट प्रतियोगिता खेल्न अवसर पाउने छन्,’ प्रथम उपाध्यक्ष बज्राचार्यले भने । 

भारत च्याम्पियन

भारतले तेस्रो संस्करणको दक्षिण एशियाली खेलकूद (साफ) यू–१८ फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ)को खेल मैदानमा आज भएको फाइनलमा भारतले बंगलादेशलाई २–१ गोलले पराजित गर्दै उपाधि जितेको हो । 

प्रतियोगिताको उपाधि भारतले पहिलो पटक जितेको हो । यसअघिको २ संस्करणको उपाधि नेपालले जितेको थियो । भारतका लागि विक्रमप्रताप सिंह र रविबहादुर रानाले १/१ गोल गरेका थिए ।

बंगलादेशका लागि एसिन अर्फातीले गोल गरेका थिए । खेलको २३ औं मिनेटमा दुबै टोलीका खेलाडीले अभद्र व्यवहार गरेपछि भारतका गुरकिरत र बंगलादेशका मोहम्मद फाहिमले रातो कार्ड पाएका थिए ।

असोज १२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार