माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
काठमाडौं– चीनका राष्ट्रपति शी चिनफिङले गत शनिवार र आइतवार गरी करिब साढे २१ घण्टा नेपालमा बिताए । २३ वर्षपछि चिनियाँ राष्ट्रपति नेपालमा आएकाले यस भ्रमणलाई महत्त्वका साथ हेरियो र भ्रमण सफल पनि भयो ।
सुरुङ मार्ग, रेल्वेको सम्भाव्यता अध्ययन लगायत २० बुँदे समझदारीले त भ्रमणलाई थप महत्त्वपूर्ण बनायो । समझदारीपत्र चिनियाँ राष्ट्रपति शी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आदानप्रदान गरिएको थियो ।
विश्वशक्ति राष्ट्रको रूपमा उदाएको मुलुकका राष्ट्र प्रमुख समेत रहेका अतिविशिष्ठ पाहुनाको सुरक्षाको चुनौती निकै ठूलो थियो ।
शीको नेपाल बसाइलाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागले कुनैपनि बाधा अवरोधविना सम्पन्न गराउन सफल भए ।
प्रधानमन्त्रीको आग्रहमा गृहसचिव प्रेमकुमार राईले सुरक्षाा निकायका प्रमुखहरूलाई बोलाएर शीको भ्रमणलाई लक्षित गरी सुरक्षा व्यवस्था चुस्तदुरूस्त बनाउन निर्देशन दिएका थिए ।
रातदिन नभनी खट्न उनले निर्देशन मात्र दिएनन्, त्यसको कडा अनुगमन पनि गरेका थिए । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार भ्रमण सुरक्षाको श्रेय राईलाई पनि जान्छ ।
शीको सुरक्षाका लागि नेपाली सेनाको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग लगायतका सुरक्षा निकायको समिति गठन भएको थियो।
शीको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानको टोली, नेपाली सेनाका चिकित्सकको टोली, बम डिस्पोजल टोली, सादा पोशाकका प्रहरी लगायत गरी १६ हजार ६ सय ९९ जना सुरक्षाकर्मी खटिएको नेपाली सेनाका प्रवक्ता साहयक रथी विज्ञानदेव शर्माले लोकान्तरलाई बताए । तालिमप्राप्त कुकुरहरू पनि परिचालन गरिएको थियो ।
‘शी भ्रमणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान लगायत ४ वटै सुरक्षा निकायका कर्मचारीहरू १६ हजारभन्दा बढी खटिएका थिए,’ शर्माले भने ।
साहयक रथी शर्माले थपे, ‘हामीले अतिविशिष्ट कार्यविधि– २०७० अनुसार राष्ट्रपति शीको भ्रमणको सुरक्षाको योजना बनाएका थियौं ।’
उक्त कार्यविधिमा प्रधानमन्त्रीको सुरक्षामा कति खटिने, राष्ट्रपतिको सुरक्षामा कति खटिने, विदेशी भीभीआईपी अर्थात् राष्ट्रप्रमुखको सुरक्षामा कुन–कुन निकायका सुरक्षाकर्मी कसरी खटिने, कुन स्थानमा को बस्ने भन्ने विषयमा स्पष्ट उल्लेख गरेको शर्माले बताए ।
शीको भ्रमणका समयमा आएका २ वटा हवाइजलाई सुरक्षा दिने, होटलमा सुरक्षा दिने, सडकमा सुरक्षा दिने, अन्य गतिविधिलाई नियन्त्रण गर्ने लगायतका काम नेपाली सेनाको नेतृत्वमा कार्यविधि अनुसार नै गरिएको शर्माले बताए ।
नेपाली सेनाको नेतृत्वमा बेलायतकी राजकुमारी डायना, म्यानमारकी सर्वोच्च नेतृ आङसाङ सुकी लगायतलाई सुरक्षा दिइसकेको शर्मा बताउँछन् ।
शीको भ्रमणमा मिलाइएको सुरक्षा व्यवस्थाले नेपाल सुरक्षित देश भएको सन्देश गएको छ । नेपाली सुरक्षाकर्मी आफ्नो भूमिमा जोसुकैलाई पनि सुरक्षा दिन सक्षम छन्, भन्ने सन्देश विश्वभर फैलिएको छ ।
सुरक्षामा सेनाका अलावा नेपाल प्रहरीले ट्राफिक प्रहरी, मोबाइल भ्यान, सादा पोशाकका प्रहरी गरी ९ हजारभन्दा बढी प्रहरी परिचालन गरेको महानगरीय प्रहरी कार्यलयकी प्रवक्ता प्रहरी नायब उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले बताइन् ।
उनले भनिन्– ‘नेपाल प्रहरीबाट ट्राफिक प्रहरी, मोबाइल भ्यान, सादा पोशाकका प्रहरी लगायत गरी ९ हजारभन्दा बढी प्रहरी खटाएका थियौं ।’
सुरक्षाको हिसाबले महत्त्वपूर्ण मानिएको राष्ट्रपति शीको भ्रमण सफल भएसँगै नेपाल सुरक्षा दिन सक्षम छ भन्ने सन्देश विश्वसामु गएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरलले बताए ।
पोखरेलले भने, ‘विश्वका शक्तिशालीमध्ये एक मानिने चीनका राष्ट्रपति शी चिनफिङको भ्रमण सफल हुनु नै महत्त्वपूर्ण हो ।’
राष्ट्रपति शीको भ्रमणमा हवाई सुरक्षा, सडकमा गस्ती, अन्य गतिविधि निगारानीका लागि ३ सिफ्टमा ३ हजार ३ सय सशस्त्र प्रहरी खटिएको सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुरजकुमार श्रेष्ठले बताए ।
श्रेष्ठले भने, ‘राष्ट्रपति शीको भ्रमणमा सुरक्षा सिमितिले तोकेको जिम्मेवारीबमोजिम सशस्त्र प्रहरी बलले पनि आफ्नो जिम्मेवारी निर्वाह गर्यो । जहाज सुरक्षा लगायतमा मोबाइल गस्ती र हात हतियारसहितको गस्ती गरेका थियौं ।’
चीनका राष्ट्रपति शीको भ्रमणले विशिष्ट व्यक्तिको सुरक्षाका लागी नेपाल सक्षम छ भन्ने सन्देश विश्वभर गएको गृहमन्त्रालयका प्रवक्ता सह–सचिव रामकृष्ण सुवेदीले बताए ।
सुवेदीले भने, ‘नेपाल सुरक्षाको हिसाबले निकै सुरक्षित देश हो भन्ने कुरा राष्ट्रपति शीको भ्रमणले पुष्टि गरेको छ ।’
उनले थपे, ‘यस्ता भ्रमणले नेपालको पर्यटनलाई पनि टेवा पुर्याएको छ । नेपाल देश नचिनेका चिनियाँ नागरिकले पनि चिनेका छन्, यस हिसाबले पनि भ्रमण सफल भएको छ । सुरक्षाको हिसाबले उत्कृष्ट भएको भन्दै प्रधानमन्त्रीले पनि धन्यवाद दिइसक्नुभएको छ,’ सुवेदीले भने ।
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...