×

NMB BANK
NIC ASIA

यी महिलालाई मृत घोषित गरियो तैपनि बाँचिन्, दुई घन्टाको उपचारका क्रममा मृत्यु

असोज ३०, २०७६

NTC
Premier Steels

काठमाडौं – भारतमा पहिलोपटक एक महिलालाई दुईपटक दुई फरक अस्पतालले औपचारिक रूपमा मृत घोषित गरेकोमा उनी जिउँदै भेटिइन् । 

Muktinath Bank

ती ४५ वर्षीया महिलालाई पहिला अर्कै अस्पतालले मृत घोषणा गरेपछि चण्डीगढस्थित सरकारी अस्पताल–१६ को आकस्मिक उपचार कक्षमा ल्याइएको थियो । उनको नसा चलिरहेको थियो र ईसीजी गर्दा महत्त्वपूर्ण अंगहरू सुचारु पाइए । तर दुई घन्टाको उपचारका क्रममा उनको मृत्यु भयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो केस सरकारी अस्पताल–३२ का चिकित्सकहरूले हालै मात्र एक सम्मेलनमा खुलासा गरेका हुन् । 


Advertisment
Nabil box
Kumari

उनीहरूका अनुसार, अघिल्लो महिना उक्त महिलालाई सरकारी बहुउपचार अस्पताल–१६ मा मृत घोषणा गरिएको थियो । तर उनको शरीरलाई बेरबार गरेर एम्बुलेन्समा राख्दा उनका नातेदारहरूले शरीरमा जीवनका लक्षण पाए । त्यतिखेर तीन घन्टा बितिसकेको थियो । 

Vianet communication

‘उनलाई अस्पताल–३२ लगियो र आकस्मिक उपचार कक्षमा उपचार गरियो । तर उनको दुई घन्टापछि फेरि मृत्यु भयो । मेडिकल भाषामा यसलाई लाजारस फेनोमेना भनिन्छ र विश्वभरमा यस्ता ३८ वटा मात्र केसहरू रिपोर्ट गरिएका छन्,’ अस्पताल–३२ को फरेन्सिक मेडिसिन विभागका प्रमुख डा दासारी हरीशले बताए ।

स्रोतहरूका अनुसार, अस्पतालले कुनै लापरवाही गरेको हो कि भनी अनुसन्धान गर्न एक समिति समेत गठन गरिएको थियो । तर उपचारको अभाव, गलत विधि वा झूटो तरिकाले मृतक घोषणा गरेको जस्तो केही पनि पाइएन । 

‘भारतमा पहिलोपटक हामीले लाजारस फेनोमेना पायौं,’ डा हरीशले बताए । ‘यसको कुनै निश्चित कारण भेटिँदैन तर बौराउनका लागि दिइएका केही औषधिहरूको असर लामो समयसम्म रहँदा असन कुनै रोगी चाहिँ साँच्चै पुनर्जीवित हुँदा यस्तो स्थिति आउँछ र दुईतीन घन्टामा फेरि उसको मृत्यु भइहाल्छ ।’

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x