कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौं –भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अपाङ्गता भएका सुर्खेतका कृषकलाई अनुदानस्वरुप आर्थिक सहयोग प्रदान गरेको छ ।
अपाङ्गता भएका व्यक्तिलाई कृषि पेशामा आकर्षित गर्न मन्त्रालयले रु तीन लाख ३० हजार अनुदान प्रदान गरेको हो ।
मन्त्रालय र अपाङ्ग समाज सुर्खेतबीच यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । अपाङ्ग समाजमा आबद्ध १० घरधुरीका कृषकलाई च्याउखेती गर्न चाहिने सामग्री खरीदका लागि उक्त रकम उपलब्ध गराइएको हो ।
भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले आत्मनिर्भर अर्थतन्त्रका लागि समाजका सबै वर्ग समुदाय कृषि उत्पादनमा जोडिनुपर्ने बताए। 'व्यावसायिक कृषि क्षेत्रमा सबैको आबद्धता जरुरी छ', उनले भने,'अपाङ्गता भएका व्यक्तिले आफैं कमजोर महसुस गरी बस्नु हुँदैन, सक्दो काम गर्ने हो, त्यसले आफ्नो आम्दानीको स्रोतका साथै समाजमा इज्जत पनि बढाउँछ ।'
प्रदेश सरकारले किसानलाई प्रोत्साहित गरेर खाद्यान्न उत्पादनको अवस्थामा सुधार ल्याउन योजनाबद्ध क्रियाशील रहेको मन्त्री केसीले बताए।
मन्त्रालयले चालू आव ‘मेरो किसान, मेरो अन्नदाता’ नारासहित विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारीले विकट जिल्लामा खाद्यान्न सङ्कट टार्न कृषि व्यवसायमा आबद्धता बढाउन जरुरी रहेको बताए। 'खाद्यान्न अभाव टार्न जमीन, मल, उन्नत बीउको प्रयोग समुचित हिसाबले हुन जरुरी छ', उनले भने।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...