×

NMB BANK
NIC ASIA

टीकापुर हत्याकाण्ड : जिल्लाले सफाइ दिएका ‘निर्दाेष’विरुद्ध उच्च अदालतमा पुनरावेदन

कात्तिक ५, २०७६

NTC
Premier Steels

धनगढी – टीकापुर घटनाको मुद्दामा जिल्ला अदालत कैलालीबाट सफाइ पाएका ‘निर्दाेष’विरुद्ध उच्च अदालत दिपायलमा मुद्दा पुनरावेदन भएको छ ।

Muktinath Bank

सफाइ पाएका ३ जनासहित २७ जनाविरुद्ध उच्च सरकारी वकिलको कार्यालयले मुद्दा पुनरावेदन गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७५ फागुन २२ गते जिल्ला अदालत कैलालीले मुद्दामा विश्राम चौधरी, रामनरेश चौधरी र तहोबर अलि (नूरल अलि जागा) विरुद्धको मुद्दामा प्रहरीको दाबी पुुष्टि नभएको ठहर गर्दै कैदमुक्त गरेको थियो । तर तिनीहरूविरुद्ध सरकारी वकिलको कार्यालयले फेरि उच्च अदालतमा रिट पुनरावेदन गरेको छ ।


Advertisment
Nabil box
Kumari

मुद्दामै ३ वर्ष कैद भुक्तान गरी रिहा भएका थरुहट नेता लक्ष्मण थारुसहित १२ जना र जन्मकैद फैसला भएका सांसद रेशमलाल चौधरीसहित ११ जनाविरुद्ध पनि रिट दायर भएको छ ।

Vianet communication

यसैबीच, जिल्ला अदालत कैलालीको फैसलाप्रति चित्त नबुझेको भन्दै २३ जना प्रतिवादीले पनि उच्च अदालतमा रिट दायर गरेका छन् । प्रतिवादीतर्फबाट बहस गरिरहेका अधिवक्ता गजेन्द्रबहादुर केसीका अनुसार दुवैतर्फबाट मुद्दा पुनरावेदन भएपछि सुनुवाइ पनि शुरू भएको जानकारी दिए ।

कात्तिक ३ गते तोकिएको पहिलो पेशीको सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश थीरबहादुर कार्की र नसरुल्लाह अन्सारीको इजलाशले जिल्ला अदालतबाट दोषी ठहरिएका नाबालक करण चौधरीको तर्फबाट रिट नपरेको हुनाले उनलाई म्याद पुगे/नपुगेको विषयमा बुझ्नका लागि सरकारी वकिललाई करण चौधरीको म्याद पुगे/नपुगेको विवरण पेश गर्न आदेश दिएको बताए । करणको विवरण पेश भएपछि मंसिर २ गते अर्को पेशी तोकिने भएको छ । 

जिल्ला अदालत कैलालीको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले सजाय थोरै भएको भन्दै र सजाय पाएकाहरूले राजनीतिक घटना भएको र आफूहरूविरुद्ध झूटा मुद्दा लगाएको दाबी गर्दै आफूहरूलाई सफाइ दिनुपर्ने भन्दै उच्च अदालत दिपायलमा पुनरावेदन गरेका छन् ।

थरुहट नेता लक्ष्मण थारुले भने, ‘टीकापुर घटना विशुद्ध राजनीतिक घटना हो । राजनीतिक ढंगले निकास खोजिनुपर्थ्यो । अर्को कुरा यो मुद्दामा भएको अति नै ढिलासुुस्तीले हामीमाथि अन्याय भएको छ । करन चौधरी अभिभावकविहीन बच्चा हो । उसको कोही नभएर उसको रिट नपरेको हुन सक्छ । त्यसैलाई आधार बनाएर मुद्दाको सुनुवाइ नै १ महिना पछाडि धकेलियो ।’

२०७२ भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलनका क्रममा ८ प्रहरीसहित १ नाबालकको ज्यान गएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x