कात्तिक १९, २०८०
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...
चैत ३, २०७६
महामारी सिर्जना गर्दै फैलिएको कोरोना भाइरस (कोभिड– १९) ले विश्व समुदायलाई सन्त्रस्त बनाइरहेका बेला कोरोना संक्रमणबाट बच्नका लागि दक्षिण एसियाली राष्ट्रहरूले साझा संकल्प गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा आइतवार सार्क राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखबीच भएको भिडियो वार्ताका क्रममा सबैले कोरोनाविरुद्ध एकजुट हुने संकल्प गरे ।
भिडियो वार्ताका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्ध लड्नका लागि आपतकालीन कोष स्थापनाको प्रस्ताव गर्दै १० मिलियन अमेरिकी सहयोगको घोषणा गरे ।
अन्य राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले पनि कोरोनाविरुद्ध एकजुट भएर लड्ने संकल्प गरे ।
अस्पतालबाट डिस्चार्ज भएको ३ दिनमै प्रधानमन्त्री केपी शर्मा ओली भिडियो कन्फ्रेन्समा सहभागी भएर कोरोनाविरुद्धको लडाईंमा नेपालले पनि पहल गरेको प्रमाणित गर्ने प्रयास गरे ।
कोरोनाको बहानामा सार्कको संयन्त्र अनौपचारिक रूपमा ब्युँतिएको छ । भारत र पाकिस्तानबीचको तनावका कारण सार्कको १९औं सम्मेलन हुन सकिरहेको छैन ।
सार्क सम्मेलन हुन नसकिरहेको समयमा कोरोना नियन्त्रणका लागि भएपनि भिडियो वार्तामार्फत संवादहीनताको अन्त्य भएको छ । परन्तु मोदीको पहलमा भएको भिडियो वार्तामा पाकिस्तानका प्रधानमन्त्री इमरान खान आएनन्, उनले स्वास्थ्य राज्यमन्त्रीलाई पठाए, मोदीले उनलाई विज्ञको संज्ञा दिए ।
यसअघि सार्कको विकल्पमा बिमस्टेकलाई क्षेत्रीय संगठनका रूपमा अगाडि बढाउन खोजेका मोदीले विपतका बेला सार्क सम्झेका छन् । विपतका बेला छिमेकीको महत्त्व कति महत्त्वपूर्ण हुँदो रहेछ भन्ने मोदीले बुझेको हुनुपर्छ ।
विपतको सामना गर्न सार्कको विकल्प बिमस्टेक हुन सक्दैन भन्ने फेरि एकपटक प्रमाणित भएको छ ।
जे सुकै भएपनि विश्वव्यापी महामारीको अवस्थामा सार्क राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखबीच भिडियो वार्ताको पहल गरेर मोदीले प्रशंसनीय काम गरेका छन् ।
आगोको फिलिंगो जस्तै फैलिरहेको कोरोना नियन्त्रणका लागि सार्क जस्ता क्षेत्रीय संगठनको सहकार्य जरुरी छ ।
कुनै न कुनै बहानामा ब्युँतिएको सार्कको संयन्त्रलाई जीवन्त बनाउन कोरोनाको संक्रमण नियन्त्रणलगत्तै रोकिएको सार्क सम्मेलन आयोजना गर्न अध्यक्ष राष्ट्रको हैसियतले नेपालले पहल गर्न जरुरी छ ।
भारत–पाकिस्तान विवादका बीच सार्क सम्मेलनको पहलकदमी लिन सकेमा क्षेत्रीयस्तरमा र विश्वमै पनि नेपालको सामर्थ्य बढ्नेछ ।
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...
कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ । नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...