×

NMB BANK
NIC ASIA

व्यवसायमा महामारीको असर

कोरोनाको मार : सुनसान पोखराका होटल, कर्मचारीलाई बेतलबी बिदा

होटलमा कार्यरत करीब १७ हजार कर्मचारीको भविष्य संकटमा

चैत ५, २०७६

NTC
Premier Steels

पोखराको लेकसाइडस्थित दरबार इन होटल अहिले सुनसान छ । लेकसाइडको दरबारमार्ग स्ट्रिट नम्बर ९ मा रहेको दरबार होटल सञ्चालनको ५ वर्ष पुग्यो । ३ दाजुभाइ भुवन, आकाश र पृथ्वी लामिछाने मिलेर सञ्चालन गरेको होटलमा कूल ८ करोड रुपैयाँ लगानी परेको छ ।

Muktinath Bank

लगानी उठाउनै धौधौ परेको बेला यतिखेर होटलका ३३ वटा रुममध्ये मात्र २–३ वटामा मात्र ‘गेस्ट’ छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रिसेप्सनिस्ट जनु रानालाई पनि पहिलेजस्तो गेस्टसँग फेस गर्नुगरेको छैन । फुर्सदिली छन् । बिहान आयो, दिनभर गेस्टको आउँछन् भनी कुर्‍यो, साँझ फर्कियो । जनुका अनुसार २ महिनायता गेस्ट घट्दै गएकोमा केही सातायता भने स्वात्तै घटेको छ । पहिले गरिएका बुकिङ समेत धमाधम क्यान्सिल गरिएको छ । 


Advertisment
Nabil box
Kumari

दरबार इनका सञ्चालक मध्येका एक पृथ्वी लामिछानेले भने, ‘भूकम्पपछि खस्किएको पर्यटन व्यवसाय फेरि थला पर्‍यो । पोखरा घुम्नेहरूले धमाधम बुकिङ रद्द गरेपछि गेस्ट पाउनै मुस्किल छ । भोलिदेखि त गेस्ट नै छैनन् । रित्तै हुने भो ।’

Vianet communication

उनका अनुसार मार्चसहित अप्रिलसम्मको बुकिङ समेत रद्द भइसकेको हो । यहाँ कार्यरत ७ जना कर्मचारीलाई कम्तीमा १५ दिनसम्म बिदा दिइ घर पठाउने बाध्यतामा आफूहरू रहेको गुनासो उनको छ । 

लेकसाइडकै बाराहीमार्गस्थित द यात्रा कोर्टयार्ड होटल एण्ड रिसोर्ट पनि यतिखेर सुनसान छ । पर्यटकको चहलपहल हुने होटलमा केही सातायता गेस्ट अभावमा ४६ वटै रुम खाली छन् । होटलका महाप्रबन्धक अरुण गिरीले कार्यरत ५५ जना कर्मचारीमध्ये क्लीनर केही र रिसेप्सनमा केही बाँकी राखेर १ महिनाको लागि बिदा दिने योजनामा रहेको सुनाए । उनी भन्छन्, ‘तत्कालका लागि १ महिनासम्म तलब नदिने बेतलबी बिदा दिनेछौं । पछि अवस्था कस्तो हुन्छ, सोही अनुसार अर्को निर्णय गर्नुपर्नेछ ।’

विश्वभर आक्रामक रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले कारण पर्यटकीय नगरी पोखरा प्रभावित बन्दा दरबार इन र द यात्राजस्तै पोखराका सबैजसो होटलको दुर्दशा त्यस्तै छ । यहाँका पाँचतारे, तीनतारे होटलमा पनि तेस्रो मुुलुकका पर्यटक मुस्किलले भेटिन्छन् । 

कोरोनाकै कारण हवाइ उडान छेकिँदा विदेशी पर्यटक पोखरा आउन नसकेका हुन् । पर्यटन व्यवसाय यतिखेर नराम्ररी खस्किएको र बैंकको ऋण समेत समयमै बुझाउन नसक्ने अवस्था आएको पर्यटन व्यवसायीको गुनासो छ । 

द यात्राका सञ्चालक रामचन्द्र भट्टराईले सरकारले पर्यटन व्यवसायीको हितमा हुने गरी समयावधि थप गर्नुपर्नेमा जोड दिन्छन् । दरबार इनका सञ्चालक पृथ्वी लामिछानेले अब पर्यटन व्यवसाय रिकभर हुन समय लाग्ने हुँदा बैंकहरूलाई ब्याजदर घटाउन लगाउन सरकारले ध्यानाकर्षण गर्नुपर्ने बताउँछन् ।

पर्यटक आगमनको दर घटेसँगै पोखराका सानादेखि तारेहोटलमा यसको प्रत्यक्ष असर देखिन थालेको छ । यहाँको पर्यटन क्षेत्रमा समग्र ४ खर्बको लगानी गरेका व्यवसायीले कोरोनाकै कारण बैंकको किस्ता धान्न नसकेको पश्चिमाञ्चल होटल संघ अध्यक्ष विकल तुलाचनले बताए । 

होटलको अकुपेन्सी दर समेत घटेको छ । विगतका वर्षमा यो समयमा ६० प्रतिशत अकुपेन्सी हुने गरेकोमा एक्कासी सो दर घटेर मात्र १० प्रतिशत आएको छ । पर्यटन व्यवसायी यतिखेर सो अवस्थाबाट गुज्रिएसँगै कोही पर्ख र हेरको अवस्थामा छन् । चिनियाँ पर्यटकलाई लक्षित गरी खोलिएका पर्यटन व्यवसाय बन्द भएका छन् । 

व्यवसायीका अनुसार यतिखेर बुकिङ रहेका ७० प्रतिशत बुकिङ रद्द भइसकेको छ । टूर अपरेटरले बुकिङ लिन छाडेका छन् । यो संकट अवस्थाबाट कहिलेसम्म पर्यटन व्यवसायी गुज्रिने हुन् यसै भन्न सक्ने अवस्थामा कोही छैनन् ।

होटल संघका अनुसार पोखरामा पर्यटकीयस्तरका ४०० वटा होटल छन् । यहाँ ३० हजार बेड छन् । साथै होटल व्यवसायमा करीब १७ हजार जनासम्म कर्मचारी रोजगाररत रहेकोमा उनीहरूको भविष्य समेत संकटमा परेको छ ।

२०७२ सालमा नेपालमा गएको विनाशकारी भूकम्पभन्दा पनि पृथक समस्या हो । समय–समयमा प्राकृतिक विपत्ति समेत सामना गर्दै आएका पर्यटन व्यवसायीले यतिखेर बैंकिङ ऋण पुनःसरचना गरिदिन सरकारसँग आग्रह गर्दै पर्यटनसम्बद्ध संघसंस्थाका पदाधिकारी राजधानी काठमाडौं पुगेका छन् । उनीहरूले केही दिनअघि मात्रै अर्थमन्त्री डा. युवराज खतिवडा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, पर्यटनमन्त्री योगेशकुमार भट्टराई लगायतलाई भेटेर गुनासो पोखेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x