कात्तिक २१, २०८०
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण देश लकडाउनमा छ। सरकारले महामारीलाई नियन्त्रण गर्न तथा यसबाट सुरक्षा अपनाउन लकडाउन घोषणा गरेको एक महिना बढी भैसक्यो।
चैत १० गते राती लकडाउनको घोषणा गरेसँगै उपत्यका बाहिरका लाखौं मजदुर, विद्यार्थी र सर्वसाधरण काठमाडौंमा नै बन्धक बने । जागिर गरेर छाक टार्ने परिवारदेखि लिएर कोठा भाडामा बस्ने विद्यार्थीहरु समेत समस्यामा परे। राजधानीमा खान र बस्न सक्ने अवस्था नभएपछि लाखौं मजदुर तथा विद्यार्थी रातदिन पैदलबाटै आफ्नो घर जान बाध्य भए।
अहिले देशका विभिन्न स्थानीय सरकारले आफ्ना क्षेत्रका नागरिकलाई उपत्यकाबाट गाडिको व्यवस्था गर्दै घर फर्काउने व्यवस्था गरिरहेका छन्।
सिन्धुली तिनपाटन गाउँपालिका-४ का विनोद दुलाल भन्छन्, ‘लामो समय उपत्यकामा विभिन्न समस्या झेल्दै दिनकाटेका हामी एक मिहिना पछि गाउँ घर फर्किन पायौं। फेसबुक र टिभीमा मजदुरहरु पैदलनै घर फर्केकोे तस्बिर देखेपछी ढिलोचाँडो हाम्रो हालत पनि यस्तै होला भन्ने लागेको थियो। अहिले उक्त त्रासबाट मुक्त भएका छौं।’
राजधानीमा अलपत्र परेका मदजुर, विद्यार्थी तथा सर्वसाधारणलाई तिनपाटन गाउँपालिकाले धमाधम आफ्नो गाउँघर फर्काउन थालेको छ। गाउँपालिकालेनै आर्थिक खर्च व्यहोर्ने गरी गाडिको व्यवस्थासहित नागरिकलाई गाउँ ल्याएको हो।
तिनपाटन गाउँपालिकाको अनुसार ‘काठमाडौंमा अलपत्र परेका सर्वसाधरणलाई ९ वटा बसको व्यवस्था गरी ६५८ जनालाई सिन्धुली ल्याइएको छ। गाउँपालिका वडा नम्बर ३ झार्लङटारमा पालिका बाहिरबाट आएका नागरिकको स्वास्थ्य जाँच गरेपछि मात्रै घर पाठाउने गरिएको छ। उपत्यकाबाट आएका सर्वसाधरणहरु १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने विषयलाई गाउँपालिकाले अनिवार्य बनाएको छ। त्यसपछि स्वास्थ्यमा केही समस्या देखिए थप परिक्षण तथा उपचार गरिने व्यवस्था गाउँपालिकाको छ।’
तिनपाटन गाउँपालिका अध्यक्ष कर्ण थापाले यो आफ्नो कर्तव्य भएको बताउँदै यस्तै समस्यामा परेको कोही हुनुहुन्छ भने गाउँपालिकामा सम्र्पक गर्न समेत अनुरोध गरे।
ढिलै भएपनि स्थानीय सरकारको सहयोगमा घर आउन पाउँदा स्थानीय खुसी छन्। पिठ्युमा बच्चा बोकेकी एक महिला भन्दै थिइन्, 'गाउँ आउन पाइयो यसैमा खुशी छु। अब त साग मात्रै खाएर भएपनि बाचिँने आत्मबल जागेको छ । बिना खर्चमा सजिलोसंग आउन पाइयो यसमा झन् खुसी छु।'
नागरिकहरुमा मनोवैज्ञानिक त्रास बढ्दै जाँदा आफ्नो नागरिकलाई सहज व्यवस्थापन गर्न केन्द्र सरकारबाट उपायसहितको निर्देशन आउने अपेक्षा थियो गाउँपालिका अध्यक्ष कर्ण थापा भन्छन्, 'त्यो नपाएपछि उपत्यकामा राजनीतिक र सामाजिक क्षेत्रमा रहनुभएका साथीहरूसँग समन्वय गरेर आफ्ना नागरिक ल्याएका हौं।'
जनतालाई समस्या परेको महसुस गरेपछी हामीले कुनै यात्रुको पनि भाडा नलिने निर्णयका साथ गाडीधनी र चालक सँग समन्वय गरेर काठमाडौं पठाएका थियौं र त्यही अनुसार तिनपाटनका नागरिक आफ्नो घर फर्किएको थापाले जानकारी दिए।
अध्यक्ष थापा भन्छन्, ‘आफ्नो गाउँपालिकाको जनताको करबाट संचालन भएको सरकारले अप्ठ्यारो परेको समयमा आफ्ना नागरिकलाई निशुल्क घर ल्याउने सेवा गर्न पाउँदा हामी पनि खुसी भएका छौं। सम्पूर्ण तिनपाटनबासी आफैंले तिरेको करको पैसाले घर आए त्यसैले यो खर्च गाडीलाई गाउँपालिकाले दिन्छ। यस कार्यमा जनप्रतिनिधिको भूमिका भनेको सम्पर्क गरेर आफ्ना नागरिक ल्याउने मात्र हो।'
एक सय ५० भन्दा बढी गाउँपालिकाको सम्पर्कमा आएका पोखरामा रहेका नागरिकलाई लिन तिनपाटन गाउँपालिकाले शनिबार तीनवटा बस पोखरा पठाएको छ ।
तिनपाटनको तीन नम्बर वडाअध्यक्ष लाल बहादुर स्याङतानले काठमाडौंमा बाँकी रहेका आफ्नो वडाका नागरिकलाई उनीहरु बसिरहेको घरमा नै राहत स्वरुप खाद्यान्न पठाएका बताए। हालसम्म ५७ परिवारलाई खाद्यान्न उपलब्ध गराएकाको जानकारी समेत उनले जानकारी दिए ।
काठमाडौँ लगायत अन्य क्षेत्रमा पेशा, तथा व्यवसाय गर्न पुगेका नागरिकहरुलाई ल्याउने तयारीको विषयमा गाउँपालिकाले छलफल गरिरहेको छ।
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...